सम्पर्क

आज देशै भरी उम्मेदवारी दर्ता,आयोगमा जुलुस लान नपाइने

आगामी मंसीर ४ गते हुने प्रत्यक्ष निर्वाचनका लागी प्रतिनिधीसभा र प्रदेस सभाको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने दिन आज देसको ७७वटै जिल्लाका निर्वाचन कार्यलयहरुले उम्मेद्वारी दर्ता गर्ने समय १० बजे देखी ५ बजे सम्म तोकेको छ । सिन्धुपाल्चोकमा पनी १०बजे देखी ५ बजे सम्मको समय तोकीएको छ । जिल्ला निर्वाचन सुरक्षा समितीले उम्मेद्वारी दर्ता गर्न जाँदा राजनिती दल,स्वतन्त्र जुन भए पनी २५जना भन्दा बढी ब्यक्ती लिएर निर्वाचन कार्यलय जान पाइने छैन भने निर्वाचन कार्यलय भित्र उम्मेद्वार,समर्थक,र प्रस्तावक गरी जम्मा तिन जना मात्र लान पाइने ब्यवस्था भएको छ । सिन्धुपाल्चोकमा आगामी मंसीर ४ गते हुने निर्वाचनका लागी ५ दलिय गठबन्धनको तर्फ बाटसंघीय निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्यका लागी नेकपा माओबादी केन्द्रका तर्फबाट माधव सापकोटा (सुबोध) निर्वाचन क्षेत्र नं. १ को बागमती प्रदेशमा ‘क’ मा नेपाली काङ्ग्रेसको तर्फबाट मन कुमारी खड्का बागमती प्रदेश ‘ख’ मा नेकपा माओवादी केन्द्रको तर्फबाट सरल सहयात्री पौडेल संघीय निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट मोहन बहादुर बस्नेत संघीय निर्वाचन क्षेत्र नंं २ को ‘क’ प्रदेश मा नेकपा माओबादी केन्द्रको तर्फबाट युवराज दुलाल (शरद)संघीय निर्वाचन क्षेत्र नं. २ को ‘ख’ प्रदेशमा नेपाली काँग्रेसको तर्फबाट निमा लामालाई उम्मेदवारी बनाउँने भएको छ । तर संघिय उम्मेदवारमा भने मोहन बहादुर बस्नेत र माधब सापकोटा बिच क्षेत्र परिवर्तन हुन सक्ने भनिएता पनी यो समाचार तैयार पार्दा समेत आधिकारिकता आएको छैन । त्यसै गरी नेकपा एमालेका तर्फ बाट १ नं क्षेत्रमा शरेस नेपाल, प्रदेस ‘क’ मा कमल नेपाल, प्रदेस ‘ख‘ मा होमनारायण श्रेष्ठ, त्यसै गरी २ नं क्षेत्रमा संघीय तर्फ शेर बहादुर तामाङ र प्रदेस ‘क’ मा अमानसिंह तामागं र प्रदेस ‘ख’ मा हस्त बहादुर पण्ंडीतले उम्मेदवारी दिनुहुने भएको छ । यस निर्वाचन क्षेत्र २ बाट नेकपा माओबादीका खम्बा मानिने ध्रुब पराजुलीले स्वतन्त्र लड्ने घोषणा गर्नु भएकोे छ । त्यसै गरी नेपाली काँग्रेसका बद्री प्रसाद चौलागाइले पनी स्वतन्त्र उम्मेदवारी दिने जनाउँनु भएको छ । त्यसो २ न.ं क्षेत्र बाट राष्ट्रिय स्वतन्त्र पाटीबाट माँया गुरुङले र १ बाट दिनेश श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको छ । यसैगरी राप्रपाले २ नं क्षेत्रको प्रतिनिधी सभामा गोपाल श्रेष्ठ, प्रदेस ‘क’ मा बाबुराम खड्का र प्रदेस ‘ख’ मा गोबीन्द गुरुगंलाइ अगाडी सारेको छ भने क्षेत्र नं १मा प्रदेस सभाको लागी छलफल गर्देै रहेको र प्रदेस क मा तिर्थ खत्री र ‘ख’ मा दिपक थापालाई उम्मेदवार बनाउँन लागेको श्रोतले जानकारी दिएको छ । दलहरुले बिहान १० बजे सम्म उम्मेदवारको टुगों लगाई सक्न पर्ने भएका कारण छलफलमा रहेका छन ।