सम्पर्क

महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया

६७ औँ प्रहरी दिवस २०७९ को अबसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यस कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले उक्त अन्तरक्रिया गर्नुभएको हो ।     बिहान ११बजेदेखी १२ बजेसम्म महिला प्रहरी कर्मचारीसँग, र१२ बजेदेखी दिउँसो १ बजेसम्म प्रहरी कार्यालय सहयोगीहरुसँग र दिउँसो ३ बजेदेखि ४ बजेसम्म पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको प्रहरी बरिष्ठ उपरिक्षक तथा बागमती प्रदेस प्रहरी कार्यलयका प्रबक्ता एवम सुचना अधिकारी दिनेस रेग्मीले जानकारी दिनु भएको छ । उँहाका अनुसार
महिला प्रहरी कर्मचारी र प्रहरी कार्यालय सहयोगी सँगको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा कार्य सम्पादनको क्रममा आईपरेका कठिनाई तथा आफ्ना व्यक्तिगत समस्या तथा पीर मर्काहरुको बारेमा प्रदेश प्रहरी प्रमुख समक्ष आफ्नो गुनासो ब्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा भौतिक रुपमा सहभागी हुन नसकेका प्रहरी कर्मचारीहरुको गुनासो प्रदेश प्रहरी प्रमुख बज्राचार्यले टेलिफोन माध्यमबाट समेत लिनुभएको थियो । मनासिव समस्याको तत्काल समाधान गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले निर्देशन समेत दिनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले प्रहरी संगठन भनेको सबैको सामूहिक प्रयासले मात्र अघि बढ्न सक्ने संस्था भएकाले संगठनका सबै सदस्य आफ्नो कर्तब्यप्रति लगनशील र ईमान्दार हुनुपर्ने बताउनुभएको थियो । कानुनले समेत महिलाको पक्राउ तथा खानतलासी गर्न अनिवार्य महिला प्रहरी कर्मचारीको व्यवस्था गरेकाले महिला प्रहरी कर्मचारीले पनि हामी संगठनका आवश्यकता हौँ भन्ने बुझ्नुपर्ने बताउनुभयो । प्रहरी कार्यालय सहयोगी भनेको संगठनको जग भएकाले जग बलियो भएमात्र संगठन बलियो हुने उहाँको भनाई थियो । कार्यालयको कामको अलावा आफ्नो फूर्सदको समयलाई प्रहरी कर्मचारीहरुले रचनात्मक कार्य गरेर बिताउनुपर्ने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यको धारणा छ ।
यसैगरी नेपाल पूर्व प्रहरी संगठन बागमती प्रदेश कार्य समिति तथा नेपाल पूर्व प्रहरी संगठन मकवानपुर जिल्ला कार्य समितिका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले पूर्व प्रहरी कर्मचारी नेपाल प्रहरीको सूचनाको स्रोत र नेपाल प्रहरीको गरिमामय ईतिहासको प्रमुख हकदार भएकाले निरन्तर समन्वय गरिरहने बताउनुभयो । यस वर्षको प्रहरी दिवसमा सबैभन्दा ज्येष्ठ पूर्व प्रहरी कर्मचारीलाई सम्मान गरिने समेत उहाँले बताउनुभयो । नेपाल प्रहरीका सदस्य सेवानिबृत्त भएपछि बिभिन्न किसिमका मानसिक समस्याहरु समेत देखिने भएकाले उनीहरुको सेवानिबृत्त जीवनलाई रचनात्मक बनाउन बिभिन्न सीप प्रदान गर्नका लागि आवश्यक प्रबन्ध मिलाउने समेत प्रदेश प्रहरी प्रमुख बज्राचार्यको भनाई छ ।बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमको सहजीकरण बागमती प्रदेश प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गर्नुभएको थियो । आगामी असोज ३१ गते नेपाल प्रहरीले प्रहरी ऐन २०१२ जारी भईनेपाल प्रहरीको विधिवत स्थापना भएको ६७ वर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रम गरी ६७ औँ प्रहरी दिवस मनाउन गईरहेको छ ।