ज्यामिरे साना किसानको साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न
पाण्डब अधिकारी
मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को चौथो बार्षिक साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न भएको छ । साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारीको शेयर पूँजी बढाउन अनुरोध गर्नुभयो । रासायनिक मलको अभाव देशभर भएकोले यो राष्ट्रिय समस्या रहेको बताउँदै प्रमुख अतिथि तामाङले नगरपालिकालाई आवश्यक मल आपूर्ति गर्न आफूले भरपूर पहल गर्दै आएको बताउनुभयो । उहाँले किसानले बाँदरबाट दुख कष्ट झेल्नु पर्ने समस्यालाई मध्यनजर गर्दै नियन्त्रण गर्न नगरले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । प्रमुख अतिथि मेयर तामाङले सहकारीको माध्यमबाट किसान आत्मनिर्भर भइ आम्दानी बृद्दि गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि वडा अध्यक्ष किरणदीप खड्काले वडाभित्र धेरै सहकारी दर्ता भएर नियमित संचालन हुन नसक्नुका व...
