सम्पर्क

जेष्ठ तथा असक्त नागरिकलाई ज्याकेट

मुलुकभर चिसो बढेर नागरिकहरु प्रभावित हुँदै गर्दा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का ज्येष्ठ तथा असक्त असहाय नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । नेकपा एमाले बलेफी–६ नंम्वर वडा कमिटिको आयोजना र समाज सेवी तथा नेकपा एमालेका नेता भरत पराजुलीको ब्यवस्थापकीय सहयोगमा ३ सय भन्दा बढि जेष्ठ नागरिकलाई ज्याकेट वितरण गरिएको हो । ‘जेष्ठ तथा असक्त असहाय नागरिकको सेवा र सहयोगको लागि सबै तयार हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘आमा÷बुवालाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म हुने हो ।’ जेष्ठ नागरिकको हक हितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको भन्दै पराजुलीले आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो । स्थानीय सङ्घ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद सहित ज्येष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले बलेफी–६ का वडा कमिटीका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिनुभयो । चिसोका कारण आफूहरूलाई विभिन्न स्वास्थ्य समस्या हुने गरेको ज्येष्ठ नागरिक सुनमाया तामाङले बत्ताउनुभयो ।