सम्पर्क

शिक्षिका अनिता तामाङको श्रद्धाञ्जली सभा

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ९ मुलखर्क श्री आदर्श आधारभुत विद्यालयका शिक्षिका अनिता तामाङ तितुङको ७ औ दिनको पुन्यतिथिको अवसरमा विद्यालयले शोक तथा श्रद्धाञ्जली सभा सोमवार गरेको छ । गत मंसिर ५ गतेको दिन चौतारा साँगाचोकगढी नगरपालिका ६ ब्याङजेपानी स्थित चौतारा स्याउले सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा गम्भीर घाईते तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । विद्यालयले आयोजना गरेको शोक सभामा चौतारा साँगाचोकगढी नगरपालिकाको पुर्व मेयर अमानसिं तामाङ, वडा नं. ९ का वडाध्यक्ष विमल श्रेष्ठ, पुर्व वडा अध्यक्ष विष्णु लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर तामाङ, विभिन्न विद्यालयका प्रधानाध्यापक विद्यार्थिहरु अभिभावक बुद्धिजिवी लगायत उपस्थित सबैले दिवंगत तामाङको तस्बीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सभामा बोल्नुहुँदै पुर्व मेयर अमानसिं तामाङ, वडा नं. ९ का वडाध्यक्ष विमल श्रेष्ठ, पुर्व वडा अध्यक्ष विष्णु लामा लगायतले मृतकको आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गर्नुभएको थियो । सभामा मृतक तामाङको आमा क्यान्सर पिडित सानु कान्छी तामाङ समेतको उपस्थित रहनुभएको शिक्षक अभिभावक संघका अध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनुभयो ।