सिन्धुपाल्चोक जिल्लामा एकै दिन बिभीन्न घटना भएको छ ।
जिल्लामा घटेको घटनाका कारण दूइ जनाको निधन भएको छ भने एकजना चिन्ताजनक अबस्थामा रहनु भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार जिल्लाकोबलेफी गा.पा.५ माथिल्लो बजार बस्ने बर्ष ४५ को शेर बहादुर श्रेष्ठ र बाह्रबिसे नगर पालिका २का मिन ब. तामाङको निधन भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीका अनुसार बलेफी गा.पा.५ माथिल्लो बजार बस्ने बर्ष ४५ को शेर बहादुर श्रेष्ठ को श्रीमती बर्ष ४६ की केशरी श्रेष्ठ मिति २०७९पौष ०८ गते साँझ २०;४५ बजे आफ्नै २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा शेर बहादुर श्रेष्ठले देखि हल्लाखल्ला गर्दै श्रीमतीलाई के भयो भनि हेर्न माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा शेर बहादुर श्रेष्ठ सिँढीबाट लडी गम्भिर घाईते भएकोमा उपचारको क्रममा . २२ः०० बजेको समयमा शेर बहादुर श्रेष्ठको मृत्यु भएको हो । निज मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने समेत बुझिन आएको प्रहरीले जनाएको छ ।
साथै झुण्डी आत्महत्या प्रयास गर्ने श्रीमती केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भई रहेको, निजको अवस्था समेत गम्भिर रहेको , थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।यसै गरी २०७९पौष०५ १८ः०० बजे बाह्रबिसे न. पा. २डाँडाटोल बस्ने वर्ष २९ को मिन ब. तामाङले मा.प.से. गरी ऐ.ऐ.बस्ने वर्ष १८ की पासाङ लामा शेर्पा लाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर पासाङ लामा शेर्पा र निजको श्रीमान राजु लामा तामाङले निज मिन ब. तामाङलाई गम्भिर घाईते हुने गरि कुटपिट गरेकोमा घाईतेको उपचारको क्रममा ९गते ४ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ । कुटपिटमा सग्लग्न पासाङ लामा शेर्पा र निजको श्रीमान राजु लामा तामाङलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय वाह्रविसेमा राखिएको , थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार पौष ९ गते शनीबार . बिहान ३ः१५ बजे भोटेकोशी गा.पा. वडा न.४ चारकिलो स्थित सडक किनारमा पार्कीङ गरी राखेको ना ३ ख ७६२६ न.को डिब्बा गाडिको डिजल चोर्न बा.४.च ४०५१ न.को बोलेरो गाडीमा चार जना व्यक्ती आई डब्बा गाडीको ढिजेल ट्याङकीको ताला फुटाई चोरी गर्न लागेको समयमा स्थानीयवासीले देखि नियन्त्रणमा लिन खोज्दा फरार भएको भन्ने स्थानीयबासीले ४ः५० बजे टेलीफोनमार्फत जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटि गई उक्त बोलेरो गाडी गाडीमा राखेको २० लिटरको ५ वटा र ५० लिटरको १ वटा गरी जम्मा ६ वटा खाली ग्यालिन समेत नियन्त्रणमा लिई ई.प्र.का.बाह्रविसे ल्याईएको , चोरीमा संलग्न फरार भएकाहरुको खोजी.कार्य भईरहेको,थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।यसै गरी पौष ८ गते बिहान ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरी टोलीले जिल्ला बाह्रविसे न.पा.वडा नं.५ खोराङ्ग दोभान स्थित भोटेकोशी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी रहेको अवस्थामा बा २ क ५५४६ नं. को चेनवाला स्काभेटर बा २ क १०७३ र बा २ क १०७० नं.को टिपर फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको प्रकृया अगाडी बढाईएको समेत प्रहरीले जानकारी दिएको छ।
