सम्पर्क

भ¥याङको सिढीबाट लडी पुरुषको मृत्यु

सिन्धुपाल्चोकमा आत्महत्या प्रयास गरेकी श्रीमतीलाई बचाउन माथिल्लो तलाबाट झर्दै गर्दा भ¥याङबाट लडेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बिहिबार बेलुका ८ः४५ बजेको समयमा बलेफी गाउपालिका–५ माथिल्लो बजार बस्ने बर्ष ४५ को शेर बहादुर श्रेष्ठको श्रीमती बर्ष ४६ की केशरी श्रेष्ठ आफ्नै २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डिने प्रयास गरेको अवस्थामा श्रीमान शेर बहादुर श्रेष्ठले देखि हल्लाखल्ला गर्दै श्रीमतीलाई के भयो भनि हेर्न माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा सिढीबाट लडी गम्भिर घाईते भएकोमा उपचारको क्रममा सोही दिन राती १०ः०० बजेको उहाँको निधन भएको छ । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने समेत बुझिन आएको छ । साथै झुण्डी आत्महत्या प्रयास गर्ने श्रीमती केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भई रहेको, निजको अवस्था समेत गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।