सम्पर्क

ब्रेकिङ न्युज २

त्रिपुरासुन्दरीको १३औं गाउँ सभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
पृथ्वीजंग पाण्डे/पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँ सभाको गाउँ पालिका अध्यक्ष भक्तध्वज बोहराले उदघाटन गर्नु भएको थियो । त्यसै स्वागत उपाध्यक्ष गिताकुमारी नेपालले गर्नुभएको थियो । शुसासन समितिको संयोजक शिवकुमार कार्कीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास समितिबाट रमेश बोहराले पेश गर्नुभएको खानेपानी व्यवस्था विधेयक र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने ऐन संसोधन विधेयक पारित गरिएको छ । त्यसैगरि लेखा समिति बाट यादव श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पालिकाको विभिन्न वडामा अति आवश्यक स्थानमा रकम स्थान्तरण गरिएको पालिका प्रवक्ता रमेश बोहराले बताउनु भयो । जिल्लामा त्रिपुरासुन्दरी गाउँपालिकाले टोल विकास समिति मार्फत योजना सम्पन्न गर्ने रणनीति अनुसार घोर्थलीमा ४,चोकटीमा ५, धुस्कुनमा ७, पिस्करमा २ ...

समाजवादी विद्यार्थी युनियनलाई जिताउन जसपाको सर्कुलर

ब्रेकिङ न्युज २, राजनिती, समाचार
त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न क्याम्पसहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युयियनको निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई आवश्यक पहल, अभियान र सहयोग गर्न गराउन मातहतका समितिहरुलाई जनता समाजवादी पार्टी, नेपालले परिपत्र जारी गरेको छ । सोमबार जारी परिपत्रमा निर्वाचनको लागि जनता समाजवादी पार्टीसँग आवद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी यनियनलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र चुनाव जिताउनको लागि पार्टीको नगर, महानगर, जिल्ला र प्रदेश समितिले विद्यार्थी चुनाव सम्बन्धी विशेष योजना र कार्यक्रम तय गरी समाजवादी विद्यार्थी युनियनसँग समन्वय गरी व्यापक रुपमा अभियान नै सञ्चालन गनुपर्ने प्रचार बिभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिनु भयो ।...

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा झोलुङ्ग पुल निर्माण हुने भएको छ । विगत लामो समयदेखि वर्षामा पुल नहुदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका दुवै वडाका स्थानीयलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुदै आएको थियो । सुनकोशी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रम मार्फत उक्त खोला माथी स्टील बिज्र निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलन्यास गरेका छन् । सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । ५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४७ हजार ४८५ रुपिया...

शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
ईन्द्रावती गाउँपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यमिक विद्यालयले सिपापोखरेले जितेको छ । प्रतियोगितामा दोस्रो हुन सफल श्री ऐसेलुखर्क माध्यमिक विद्यालय भने तेस्रो हुन सफल इन्द्रावती –११ को श्री भिमेश्वरी माध्यमिक विद्यालयले कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व जिल्ला सभापति विकास लामा ,विशेष अतिथि पुर्व जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले विजयी टिम सहित दोस्रो ,तेस्रो स्थान हासिल गरेको टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो । नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिकाको आयोजनामा शनिवार र आईतबार प्रतियोगिता भएको प्रतियोगितामा पालिका भित्रका बिभिन्न विद्यालयका ९ ओटा विद्यालयले सहभागीता जनाएको थियो । नेपाली कांग्रेस महासमिति सदस्य वशंलाल तामाङले शनिवार उद्घाटन गर्नुभएको थियो भने खेल ऐसे...

कागेश्वरी माबिले मनायो ७० औ वार्षिकोत्सव

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.१ घर्थलीमा रहेको कागेश्वरी माबिले ७० औ वार्षिक उत्सव तथा अभिभावक दिवस सनिवार मनाएको छ।प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीले मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता नेपाल ,वडा न ६ का अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा , वडा न १ को वडा अध्यक्ष सिताराम थापा ,शिक्षा शाखा प्रमुख सालिकराम घिमिरे वडा सदस्यहरु, चन्दादाता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयको अक्षयकोषको ब्याजबाट प्राप्त रकमले विभिन्न बिधामा विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।...

पुर्व सभापति थापाको पहलमा विद्यार्थीलाई छात्रवृत्ति वितरण

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /बाह्रबिसे नेपाली काँग्रेसको पुर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापाको पहल र समन्वयमा बाह्रबिसे र त्रिपुरासुन्दरी गाउँ पालिकाको विभिन्न विद्यालयमा न्यानो कपडा ,झोला ,जुत्ता र स्टेशनरी सहिदको छात्रवृत्ति वितरण गर्नुभएको छ । लुथर वेलफेयर एसोसिएसनको सहयोगमा थापाले बाह्रबिसेको क्षमादेवी माध्यमिक विद्यालयमा ७२ जना विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति वितरण गर्नुभयो । बाह्रबिसेकै बाह्रदेबी आधारभुत विद्यालय,बागेश्वरी आधारभुत विद्यालय, नारायण आधारभुत विद्यालय, किलेश्वरी आधारभुत विद्यालय र बालुवाको गणेश आधारभुत विद्यालयमा गरि कुल ३१० जना विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो । त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्करमा रहेकोे सेतिदेबी आबिमा अध्ययनरत ३० जना सीमान्तकृत थामी जातीका विद्यार्थीहरुलाइ शुक्रबार समाजसेवी देविराज श्रेष्ठ को समन्वयमा वडा अध्यक्ष टेकबहादुर गुभाजुको उप...

ज्ञान मन्दिर ४७ औँ वर्षमा

ब्रेकिङ न्युज २, समाचार
हिरा ठकुरी चौतारा साँगाचोकगढी नगरपालिका –७ मेलचौरमा रहेको ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालयले ४७ औं बार्षिकोत्सव तथा २७ औँ अविभावक दिवस भब्य रुपमा मनाएको छ । वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले गर्नुभएको हो । दुलालले विद्यालयका भौतिक संरचना लगायत अन्य क्षेत्र सुधारका लागि प्रदेश सरकारमार्फत आफ्नो पहलबाट सकेअनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै दुलालले विद्यालयको उन्नति र प्रगतिको लागि आफुले सक्दो पहल गर्ने जानकारी गराउनुभयो । कार्यक्रमका विशेष अतिथी चौतारा नगरका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सिता थापा, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदीले वार्षिकोत्सको सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दँगालको सभापतित्वमा भएको कार...

जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिले दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ । नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार सुनकोशी गाउँपालिकाले ३८ जना यो सँग सम्बन्धी बिरामीहरुलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धीत बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत सबैलाई निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणीत हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिक...

तरकारीले उकास्यो जीवनस्तर

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बन्नुभएको छ, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिनुभएको छ । साउदी अरबको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।” त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताउनुभयो । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।” तामाङ तरकारीमा रासाय...

राष्टपती द्धारा मन्त्रीपरिषदलाइ पुर्णता नवनियुक्तलाइ सपथ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मगंलबार आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।मन्त्री परिषदमा नेकपा (((एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । माओवादीबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला...