सम्पर्क

त्रिपुरासुन्दरीको १३औं गाउँ सभा सम्पन्न

पृथ्वीजंग पाण्डे/पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिवेशन मंगलबार सम्पन्न भएको छ । गाउँ सभाको गाउँ पालिका अध्यक्ष भक्तध्वज बोहराले उदघाटन गर्नु भएको थियो । त्यसै स्वागत उपाध्यक्ष गिताकुमारी नेपालले गर्नुभएको थियो । शुसासन समितिको संयोजक शिवकुमार कार्कीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास समितिबाट रमेश बोहराले पेश गर्नुभएको खानेपानी व्यवस्था विधेयक र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने ऐन संसोधन विधेयक पारित गरिएको छ । त्यसैगरि लेखा समिति बाट यादव श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पालिकाको विभिन्न वडामा अति आवश्यक स्थानमा रकम स्थान्तरण गरिएको पालिका प्रवक्ता रमेश बोहराले बताउनु भयो । जिल्लामा त्रिपुरासुन्दरी गाउँपालिकाले टोल विकास समिति मार्फत योजना सम्पन्न गर्ने रणनीति अनुसार घोर्थलीमा ४,चोकटीमा ५, धुस्कुनमा ७, पिस्करमा २ तौथलीमा २ र टेकानपुरमा ३ टोलविकास समिति गठन गरेको छ । पहिला उपभोक्ता समितिको नाममा खाता खोलेर बजेट दिने गरेकोमा अब टोलबिकास समितिको नाममा खाता संचालन हुने छ । जसको कार्यकाल दुई बर्ष रहने र बजेटको सहि सदुपयोग हुने पालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनु भयो । योजनाको काम निर्माण समितिले गर्ने छ भने टोलविकास समिति ,जनप्रतिनिधि हरुले अनुगमन गर्नेछन् । पहिला घोर्थली ,चोकटी,टेकानपुर तौथली बाट सबै उपभोक्ता समिति योजना सम्झौता गर्न,खाता खोल्न र रकम झिक्न कम्तीमा तीन पटक पालिका धाउनु पर्दा खर्चिलो र झन्झटिलो थियो । स्थानीय तहको स्व मुल्यांकनमा ६८.२५ अंक प्राप्त गरेर सफल भएको छ भने यस अगाडि ३५ अंक थियो । पालिका प्रवक्ता रमेस बोहराका अनुसार सरसफाइमा टेकानपुर स्वास्थ चौकी र विद्यालयमा कागेश्वरी माबी हालसम्मको अनुगमन गरिएको संस्थामा उत्कृष्ट भएको छ । प्रवक्ता बोहराका अनुसार पालिकाको शैक्षिक गुणस्तर अभिबृद्धी गर्न अनुगमन गरिएको र त्यसको रिपोर्टको आधारमा शैक्षिक गुणस्तर कमजोर भएकोमा गुणस्तर बढाउने योजना बनाइ कार्यन्वयन गर्नेछ ।