सम्पर्क

ब्रेकिङ न्युज २

जनप्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रमा सदैव सेवा र सहयोगमा लागिरहने छुः सांसद तामाङ

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काङ्ग्रेसका युवा नेता ,सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद कृष्णकुमार तामाङ (समीर)ले दुवईमा निधन भएका मेलम्ची –२, निवासी स्व. शिशिर खतिवडाको परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा दुवइ जानुभएका खतिवडाको २०७९ मंसिर १० गते निधन भएको थियो । उहाँको निधन भएपश्चात् शव ल्याउनको लागि धेरै खर्च लागेको र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्व .खतिवडाको परिवारजन, स्थानीय समाजसेवीको आग्रहमा सांसद तामाङले सहयोग हस्तान्तरण गर्नुभएको हो । सांसद तामाङ र नेपाली काँग्रेसका नेता प्रकाश सापकोटाको पहल र आग्रहमा हाल अमेरिकामा रहनुभएका सिन्धुपाल्चोकबासी समाजसेवी राम श्रेष्ठ र उहाँको धर्म पत्नी पार्वती श्रेष्ठ मार्फत प्राप्त नगद १ लाख शनिबार सांसद तामाङले स्थानिय समाजसेवी र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितमा स्व .खतिवडाको घरमा पुगि उहाँको ब...

सुनकोशी गाउँपालिकाले लागू ग¥यो स्थानीय पाठ्यक्रम

ब्रेकिङ न्युज २, समाचार
स्थानीय सरकारले विद्यालय तहमा स्थायी पाठ्यक्रमसहितको पाठ्यपुस्तक कार्यान्वयनमा जोड दिएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजी विद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । गाउँपालिकाभरका विद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरु गरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गर्नुभएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले सबै विद्यालयहरुमा लागु गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो वर्षमा नै शैक्षिक क्षेत्रमा स्थानीय विषय बस्तुलाई समेत समावेश गर्नका लागि स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयहरुमा कार्यन्वयनका ल...

सहज तरिकाले बिरामिलाई उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रूपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ । काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको शुक्रबार अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रूपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । का हुन् । उहाँले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यसअघि पनि विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताउनुभयो । उहाँले उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी समेत गर्नुभएको थियो ।...

बख्खु बुन्ने काममा पाँचपोखरीका महिला

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् । भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता सामग्री बुन्नमा व्यस्त हुन्थे । विसं २०७२ को भूकम्पपछि आर्थिक अभाव र विभिन्न कारणले यो पेसा छाड्ने बढे पनि अहिले घरमै बसेका महिलालाई गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत सीप विकास तालिम दिएर फेरि पुरानै व्यवसायमा फर्काएको छ । तालिम पाएपछि महिला पनि हौसिएका स्थानीय लेखकुमारी गुरुङ बताउनुहुन्छ । भूकम्पपछि बेरोजगार रहेकामा अब पालिकाले सहयोग गरेपछि आयआर्जन गर्न सकिने उहाँको विश्वास छ । बजारमा अहिले तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग भने घट्दै गएको छ । युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीप...

उत्पादनमुलक काममा सहयोग गरिने ः आइतमान तामाङ्ग

ब्रेकिङ न्युज २, समाचार
कृषि तथा पशुपालनजस्ता उत्पादनमुलक काममा मेलम्ची नगरपालिकाले बिशेष योजनाका साथ सहयोग गर्ने काम गरिरहेको नगर प्रमुख आइतमानले बताउँनु भएको छ । मेलम्ची नगरपालिका– ३ हैबुङको प्रशासनिक भवन उद्घाटन गर्दै उहाँले स्थानीय स्तरमा रोजगारको ब्यवस्थाका साथै उत्पादनमा पनी बृद्धी हुने भएकाले कृषी उत्पादनमा जोड दिइएको बताउँनुभयो । नगर प्रमुख तामाङ्गले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने सो अबसरमा बताउँनु भयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त ...
सिन्धुपाल्चोक बजेटमा ४अर्ब ६४ करोड ७५ लाख

सिन्धुपाल्चोक बजेटमा ४अर्ब ६४ करोड ७५ लाख

ब्रेकिङ न्युज २, समाचार
  आर्थिक वर्ष २०८०÷८१ को लागी सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) समेत गरी ४अर्ब ६४ करोड ७५ लाख रहेको छ ।जसमा स्थानीय तहहरुले पाएको रकम यसप्रकार रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड मेलम्ची नगरपालिका – ६१.६४ करोड बाह्रबिसे नगरपालिका – ३८.१३ करोड बलेफी गाउँपालिका – ३१.०२ करोड जुगल गाउँपालिका – ३३.८६ करोड इन्द्रावती गाउँपालिका – ४२.८ करोड त्रिपुरासुन्दरी गाउँपालिका – २९.२८ करोड पाँचपोखरी गाउँपालिका – ३४.१२ करोड भोटेकोशी गाउँपालिका – २७.६४ करोड लिसंखु पाखर गाउँपालिका – ३१.१३ करोड सुनकोशी गाउँपालिका – ३६.६० करोड हेलम्बु गाउँपालिका – ३२.१९ करोड...

गाँजा खेतीबारे बजेटमा सम्बोधन भए पछी तामाङ्ग खुशी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सरकारले प्रस्तुत गरेको आब २०८०÷८१को बजेटमा गाँजा खेतीलाइ गाँजाको औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकोमा नेकपा एमालेका नेता पुर्ब मनत्री शेरबहादुर तामाङले बजेटमा खुसी व्यक्त गर्नु भएको छ । आफ्नो सामाजीक सञ्जाल मार्फत हरेक वर्ष रू २० देखि ४० खर्ब आम्दानी गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको मा सरकारलाई धन्यवाद भन्नु भएको छ । उहाँले ‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो म खुसी छु । सरकारलाई धन्यवाद,’ भन्दै पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै “गाँजाको औषधीय प्रयोजनको लागि सम्भाव्यता अध्ययन गर्ने“ भनेर बजेट भाषणमा नितीगत रुपमा बोलेकोमा अर्थ मन्त्री लाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले अब हामी सबै भएर लागौं । हाम्रो अभियानले सार्थकता पाउने तर्फ अगाडी बढेकोमा सबैलाई बधाई भन्दै संसदमा मैले दर्ता गरेको “गाँजा खेतीलाई नियमन तथा ब्यबस्था...

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।बजेट बक्तव्य, २०८० Final अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनुभयो । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।rss...

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २
रासस सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ । बजेटको पूर्ण पाठ यसप्रकार छ: संघीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, 1. यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। 2. यस अवसरमा लोकतन्त्र प्राप्ति तथा संघीय लोकतान्त्...

स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्साहन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सरकारले स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्सा हनदिने भएको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालमा वर्न सेन्टर विकास गर्न आवश्यक पूर्वाधार बनाइने बजेट ब्यावस्थापन गरिएको बताउँदै आगामी आवमा कोभिड १९ लगायतका विभिन्न महामारी तथा सरुवारोगलाई रोकथाम गर्न योजना बनाइएको छ। त्यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा ३०० शैय्यामा स्तरोन्नति गरिने जानकारी दिनु भयो । गुणस्तरीय स्वास्थ्य उपचार जनताको अधिकार भन्ने नाराका साथ अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नु हँुदै उक्त जानकारी दिनु भयो । बजेटमा आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइने जस्ता विषय बजेटमा समेटिएको छ।विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने जस्ता विषय समेटिएको छ। उ...