सम्पर्क

ब्रेकिङ न्युज २

नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार ः मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताउनुभएको छ । बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य प्रणाली सुधारका लागि आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले २२ वर्ष पहिले आफू स्वास्थ्य राज्यमन्त्री भएको बेला बेलायत भ्रमण गरेको स्मरण गर्दै बेलायतबाट नेपालले धेरै कुरा सिक्न चाहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर सहयोगका लागि मन्त्री बस्नेतले बेलायत सरकारलाई धन्यवादसमेत दिनुभयो । नेपालका लागि बेलायती राजदूताबासका कार्यबाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको भन्दै नेपालको ...

सुनकोशीमा कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकता

ब्रेकिङ न्युज २, समाचार
सुनकोसी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि ५३ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पेश गरेको नीति तथा कार्यक्रम यसअघि नै पारित भइसकेको थियो । बजेट पारित भएसँगै गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन गर्ने बाटो खुलेको छ । गाउँपालिकाले वडा कार्यालयहरुसँग समपूरकमा योजना कार्यान्वयन गर्ने उद्देश्यले प्रत्येक वडालाई एउटा योजनामा १० लाख बजेट व्यवस्था गरिएको छ । वडाले एउटा योजना छनोट गरेर त्यसमा १० लाख रुपैयाँ विनियोजन गरेपछि गाउँपालिकाले पनि म्याचिङ फण्डका रुपमा सोही बराबरको रकम थपिदिने नीति गाउँपालिकाले सुरु गरेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । त्यस्तै पालिकाले बजेटमा कृषि तथा पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका उपाअध्यक्ष...

फैलियो लम्पी स्किन रोगको महामारी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
हाम्रो देस नेपालमा पनी गाईभैँसी लाग्ने लम्पी स्किन रोगको महामारी फैली सकेको छ । प्राय गाउँ गाँउमा यस रोगका बारेमा जानकारी नहुादा पनी पशुपालकहरु लाइ समस्या परेको छ । हाम्रो देसको ७७जिल्ला मध्ये ७६ वटा जिल्लामा यो रोग फैलिसकेको हुँदा उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ।प्रिषदले तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउन पर्ने,प्रतिकार्यका क्रियाकलापलाई थप समन्वय तथा संयोजन गर्न सङ्घीय स्तरमा लम्पी स्किन कन्ट्रोल रूम स्थापना गर्नेसङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र पशुस्वास्थ्य प्राविधिकको टोलीसहित ¥यापिड रेस्पोन्स टीम अविलम्ब परिचालन गर्नेसङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त औषधि राख्ने ...

यस्ता छन् सिन्धुको SEE मा टप टेन विद्यार्थी विद्यालयहरु

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /चौतरा २०७९ को SEE (माध्यमिक शिक्षा परीक्षा) मा मेलम्चीघ्याङ्ग माबिका छात्र विवेक श्रेष्ठ र अस्विन तामाङले समान स्कोर ३.९५ जिपिए सहित जिल्ला प्रथम र दोस्रो हुन सफल भएका छन । जिल्ला तृतीय तथा छात्रा जिल्ला प्रथम स्थान वालशिक्षा माध्यमिक विद्यालय छात्रा संस्कृती चालिसेले ३.९ जिपिए प्राप्त गर्दा जिल्लाभरमा चौथो र पाचौं स्थान प्रगति माबिकी छात्राहरू खुसी श्रेष्ठ र सजना बस्नेतले पनि समान स्कोर ३.९ जिपिए नै प्राप्त गरेका छन । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकले जनाए अनुसार छैठौं स्थान सेतिदेवी पन्चकन्या माबिकी जेनिशा तामाङले ३.८८ जिपिए प्राप्त गरेकी छिन । वालशिक्षा माबिको राजिव न्यौपाने र सुमन खड्का, तेर्से माबिकी रनिशा देउजा तथा प्रगतिमाबिकी प्रशान्ता दुलालले समान स्कोर ३.८५ सहित सातौ ,आठौं ,नवौं र दशौ स्थान प्राप्त गर्दै टप टेन विद्यार्थी र विद्यालयहरु छनौट भएका छन ।...

मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु भएन

ब्रेकिङ न्युज २, समाचार
दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो । पहिले सडक खोलाको किनारैकिनार रहेकामा त्यस नजिकै वा अन्यत्रबाट सडक निर्माण गर्नु पर्नेछ । आयोजनास्थलका लागि मात्रै नभएर हेलम्बु गाउँपालिकाको प्रमुख आवातजावत गर्ने मार्ग यही सडक रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले स्थानीय पालिकाले नदी किनारबाट खोलेको अस्थायी सडक प्रयोग हुँदै आएको छ । क्षतिपछिको पुनःनिर्माणको योजना बनाउँदा सडकको जिम्मेवारी सडक विभागलाई दिइएको समितिका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । आयोजनाको अरु संरचनाको समितिले र सडक विभागले गर्ने सहमति भएको थियो । उहाँले भन्नुभयो, “आयोजनाको हेडवर्कलगायतका संरचना पुनःनिर्माणका लागि तयारी भइरहेको छ ।” स...

पहरी बस्तीमा प्रहरी सहित नेत्रज्योती

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ को पहरी वस्तीमा बालविवाह बिरुद्धको सचेतना तथा सशक्तीकरण कार्यक्रम भएको छ । सुनकोशी गाउँपालिकाको आर्थीक सहयोग र नेत्रज्योती मिडीया हाउस प्रालीद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक हरीबोल केसीले २० बर्ष उमेर नपुगी बिवाह गर्नेलाई वालविवाह भनिन्छ भन्नुहँुदै उमेर नपुगी गरिएका विवाह स्वतः बदर हुने व्यवस्था छ । कानुनले बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिवानाको गरिने बताउँनुभयो ।    त्यसैगरी अधिबक्ता नबीन घिमिरेले वालविवाह गर्नेलाई कँही कतैबाट पनी छुट नहुने हूँदा यसो गर्न त के सल्लाह समेत दिन नहुने बताउँनु भयो । पहरी बस्तीको बालशिक्षा आधारभुत बिद्यालयमा भएको कार्यक्रममा सहभागहिरुलाई वडा सचिब कुल प्रसाद सापकोटाले शब्दद्धारा स्वागत गर्नु भएको थियो भने कार्यक्रमका प्...

आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको हिमाली जडीबुटीबाट निर्मित औषधिलाई विश्वमा ब्राण्ड गरी लाभ लिन सकिने बताउनुभएको छ । नेपाल आयुर्वेद चिकित्सक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आयुर्वेद क्षेत्र बहुआयामिक भएको र यसको सदुपयोगले मुलुक समृद्धिमा योगदान पुग्ने उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रमा अथाह सम्भावना रहेको र यसको बृहत् विकासका लागि कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राकृतिक चिकित्सा विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको र प्राकृतिक चिकित्सा प्रणालीको विकासले निरोगी समाज बन्न सहज हुने भएकाले यसलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको उहाँको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प...

विपदमा सतर्क रहन फाउण्डेसनको ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
मदन भण्डारी फाउण्डेसन सिन्धुपाल्चोकले मनसुनजन्य विपद्को पूर्व तयारी तथा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । आईतवार फउण्डेसनले प्रमुख जिल्ला अधिकारी मार्फत विपद्ग्रस्त जिल्लाको पूर्वतयारीमा लाग्न सबै निकायलाई अनुरोध समेत गराएको छ । फाउण्डेसनका अध्यक्ष बालकृष्ण देउजाले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षण पत्रमा जिल्लाले शिलशिलेवार ढंगले भोगेका विपद् औल्याउँदै आगामी दिनमा जोखिमपूर्ण वस्ती स्थानान्तरण, खाद्य तथा औषधीको सुरक्षित भण्डारण, अक्सिजन तथा प्राथमिक उपचारको तयारी, स्थानीय समुदायलाई जनचेतना प्रवाहलगायतका विषय उल्लेख गरिएको छ । पत्रमा विभिन्न सममयमा भएका प्राकृतिक विपद्बाट भएका क्षतिको उल्लेख गर्दै पूनस्थापना र पूननिर्माणमा ध्यान दिन सरकार समक्ष आग्रह समेत गरिएको छ । फाउण्डेसनले गराएको ध्यानाकर्षण पत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले उपलब्ध स्रोत तथा शक्ति परिचालनको ब्यवस्था...

श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विषयक अन्र्तक्रिया

ब्रेकिङ न्युज २, समाचार
श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको सँयोजनमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामहरी कार्कीले श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले ऐन कार्यान्वयनकाक्रममा देखिएका चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी वरालले समसामयीक राजनिति र डिजिटल विस्फोट विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा क्रियाशिल पत्रकारहरुले सिन्धुपाल्चोकको पत्रकारिताको अवस्था, यहाँका चुनौतिहरु र श्रमजिवी प...

विपत् न्यूनीकरणका लागि मेलम्चीको पूर्वतयारी

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार दुई वर्षअघि २०७८ असार १ देखि निरन्तर आएको बाढीले मेलम्चीमा दुई सय ७३ व्यक्तिको घर तथा १८ सय रोपनी जग्गा बगाएको थियो । १२ सय रोपनी सार्वजनिक जग्गा, दुई वटा मोटरेबल पुल, एउटा झोलुङ्गे पुल र एउटा विद्यालय बगायो । अन्य चार वटा झोलुङ्गे पुलमा पनि क्षति पु¥यायो । उहाँले भन्नुभयो, “त्यो बेलाको मूल्याङ्कन अनुसार व्यक्तिगत र सार्वजनिक गरेर करिब ५७ अर्ब क्षति भएको थियो । पीडितलाई स्थानीय सरकारले राहत तथा पुनर्वासका लागि पहल गरिरहेको र दुई सय ७३ जनालाई पुनर्निर्माण लाभग्राही घोषणा गरिएको छ । ३० जनालाई पुनस्र्थापनाका लागि पहल भइरहेको छ ।” उहाँले क्षतिका आधारमा पुनर्निर्माणका लागि पाँच लाख र पुनस्र्थापनाका लागि आठ लाख रुपियाँ उपलब्ध गराइने बताउनुभयो । अधिकांशलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइएको उहाँको भनाइ छ । “प्रदेश तथा सङ्घीय ...