
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले २९औं स्थापना दिवस मनाएको छ । संघले आफ्नो स्थापना दिवस अवसरमा बाह्रबिसे नगरपालिका रहेको सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बिद्यार्थीहरुलाई शैक्षिक पोषाक र खाद्यन्न सहयोग गरिएको संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमारले बताउनुभयो ।
यसै अवसरमा संघका अध्यक्ष बस्नेतले स्कुल व्यवस्थापनका लागी ५१०००/– (अक्षेरुपी एकाउन्न हजार) नगद सहयोग गर्नुभएको थियो । उहाँले बिद्यालयलाई अन्य कुराको आवश्यक परे संस्थागत अथवा ब्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्तगर्नु भयो ।
संघका पूर्व केंन्द्रिय सदस्य कमलकुमार श्रेष्ठले बिद्यालयको लागी आवश्यक सहयोग गर्ने बताउनु भयो ।
संघ स्थापना दिवसको अवसरमा मूख्य कार्यालय बाह्रबिसेमा केक काटेर सिन्धु बहिरा आधारभूत बिद्यालयका विद्यार्थीहरुलाई समेत सहभागि गराई उत्सव मनाएको थियो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केंद्रीय सदस्य कमल कुमार श्रेष्ठ, पूर्व अध्यक्ष अर्थलाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य यादव दाहल, संघका उपाध्यक्ष सुर्य बहादुर कार्की, महासचिव शम्भु बहादुर तिमल्सिना, सचीव ईश्वर गुभाजु, सह कोषाध्यक्ष बिचारी पराजुली र कार्यसमिति सदस्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
