सम्पर्क

ब्रेकिङ न्युज २

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : मन्त्री डा महत

बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
मनहरी (मकवानपुर), ३ पुस : अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उहाँले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गर्नुभयो ।मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताउनुभयो । कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले तिर्न थालिसकेको उहाँको भनाइ थियो । सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताउनुभयो । जलविद्युत्, प्रविधिमैत्री कृषि, पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उहाँले उल्लेख गर्नुभयो ।“देशको अर्थतन्त्र सुधार हुँदैछ, मौद्रि...

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छ : राष्ट्रपति पौडेल

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, २ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाविनाको समाज कल्पना पनि गर्न नसकिने भएकाले लगानीअनुसारको प्रतिफल प्राप्त हुनुपर्ने बताउनुभएको छ । शैक्षिक विकासमा सरकारले गरेको लगानीअनुसार प्रतिफल प्राप्तिका लागि विद्यार्थीहरू केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षामा नेपाल सरकारको लगानी पर्याप्त नभए पनि सक्दो प्रयास देखिएकाले मुलुकको भाग्य र भविष्य जनशक्तिको उत्पादनसँग जोडिएको बताउनुभयो । “राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । यसर्थ यहाँहरूको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरू चुक्नुहुने छैन भन्नेमा म आशावादी छु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र प्रविधि राष्ट्र निर्माणका ला...

बलेफी – ७ को प्रशासनीक भवन उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
बलेफी गाउँपालिका वडा नम्बर ७ को प्रशासनिक कार्यालय भवनको उद्घाटन गरिएको छ । आईतबार एक समारोहका वीच गाउँपालिकाको अध्यक्ष गंगाबहादुर तामाङले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तामाङले सबै वडामा सुबिधा संपन्न भवन निर्माण गरि नागरिकलाई चुस्त दुरुस्त सेवा दिन पालिका लागिपरेको बताउनुभयो । २०५४ सालमा मांखा गाविसको कार्यालयको रुपमा निर्माण भएको भवन वषौं देखि जिर्ण थियो । १६ लाख ५४ हजार लगानीमा निर्माण सपन्न भएको भवनमा सोमवारदेखि वडाको प्रशासनीक कार्य संचालन हुने वडा अध्यक्ष गृविन्द्र चौलागाईले बताउनुभयो । यस अगाडि बजारमा मासिक १५ हजार भाडामा बस्दै आएकोमा हाल आफ्नै भवनमा कार्यालय संचालनमा ल्याउन पाउँदा अध्यक्ष चौलागाईले खुसि ब्यक्त गर्नुभयो । गाउँपालिकाको ८ लाख र तामाकोशी काठमाडौं प्रशारण लाईन आयोजनाको झण्डै ५ लाख बराबरको सहयोग प्राप्त भएपनि भवन निर्माण स...

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको सचेतना

ब्रेकिङ न्युज २, समाचार
सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रम गरेको छ । सवारी दुर्घटना बढी हुने स्थानहरुमा सवारी चालक लगायत यात्रुहरुको ध्यान केन्द्रित गर्न साङ्केतिक चिन्हहरु राखिएको ट्राफिक प्रहरी कार्यालय मेलम्चीका ट्राफिक हवल्दार बासुजङ रायमाझीले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्तर्गत सडकमा साङ्केतिक चिन्हहरु राखिएको हो । ईलाका प्रहरी कार्यालय मेलम्चीको आयोजनामा जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष ज्ञवालीको उपस्थितिमा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक प्रहरीले चलाएको अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले लापरबाही तरिकाले सवारी चलाउने हरुको कडा निगरानी गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक नियमको सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । ट्राफिक प्रहरी प्रमुख ज्ञवालीले दुर्घटना न्यूनीकरणक...

सिन्धु तेक्वान्दो संघको साधरण सभा सम्पन्न नगरप्रमुख बस्नेतद्धारा सहयोग रकम हस्तान्तरण

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम बहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख बस्नेतले खेल र खेलाडीले आफ्नो नगर जिल्ला र देशलाई चिनाउने भएको हुँदा विशेष गरि तेक्वान्दो खेलको र खेलाडीको बिकासको लागि सँधै लागि रहने तेक्वान्दोका लागि कुनै कसुर बाँकि नराख्ने बताउनुभयो । उहाँले मंसिर १९ र २० गते भएको तेस्रो सिन्धु राष्ट्रिय प्रतियोगिता भब्य भएको बताउदै तेक्वान्दो संघ जिल्ला कार्समिति र सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीलाई धन्यवाद दिदै आफ्नो कार्यकाल भरि तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता बर्षेनि गरि रहने बस्नेतले प्रतिबद्धता व्यक्त गर्नु...

ज्यान बाहदुर को अध्यक्षतामा सिन्धु लोकतान्त्रीक आदीबासी जनजाती महासघ

#, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
ज्यान बाहदुर तामाङको अध्यक्षतामा लोकतान्त्रीक आदीबासी जनजाती महासघं को जिल्ला कार्य समिती गठन भएको छ । जस्मा उपाअध्यक्ष निमा बोम्जन सचिवमा बिमल श्रेष्ठ,सह सचिवमा सुस्मिता तामाङ ,सदस्यहरुमा निल बहादुर तमाङ (सुमन)हरिमान श्रेष्ठ,निमा ग्याल्वो लामा र सल्लाहाकार मा अमिर बहादुर श्रेष्ठ मनोनित हुनु भएको छ । सिन्धुपालचोक जिल्ला सभापती जंग बाहदुर लामाको बिशेष उपस्थितीमा उक्त कार्य समितीका पदाधिकारहिरुको मनोनित गरिएको हो। कार्यक्रममा , लोकतन्त्रबादी आदीवासी जनजाति महासंघ सिन्धुपाल्चोकका लागी केन्द्रीय प्रतिनिधी एवं वाग्मती प्रदेश सभा सदस्य छत्र बहादुर बोम्जनको रोहबरमा र आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ज्यान वहादुर तमाङ को अध्यक्षतामा कार्य समितीको चयन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकका प्रबक्ता नबराज भट्टराइले जानकरी दिनु भयो । उँहाका अनुसार नव गठीत कार्य समितीले पालिका स्तरमा स...

सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यन्वयन नगर्न आदेश

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ, उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नदिने काठमाडौँ महानगरपालिकालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । आज उच्च अदालत पाटनका न्यायधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको सयुक्त इजलासले काठमाडौँ महानगरको सुर्तीजन्य पदार्थमा बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न÷नगराउन भनिएको छ । “निवदेकले रीतपूर्वक उद्योग व्यवसाय सञ्चालन गरी कर तथा राजस्व नियमित तिर्दै बुझाउँदै आएको अवस्थामा हाल काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ एवम् काठमाडौँ महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ लाई आधार मानी निवेदकको बिक्री विवरण समेतमा पूर्ण प्रतिबन्ध लगाएको छ”, भन्ने सूचनाले निवेदकले कानुन बमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकुल असर परी अपू...

काठमाडौंको ह्याम्स अस्पतालद्वारा खाडीचौरमा एक दिने निःशुल्क ओपीडी सेवा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौंको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकको खाडीचौरमा एक दिने निःशुल्क ओपीडी सेवा सम्पन्न गरेको छ । खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पताल प्रालिसँगको सहकार्यमा बुधबार ह्याम्सले ओपीडी सेवा सम्पन्न गरेको हो । शिविरमा जनरल फिजिसियन, बाल तथा शिशु रोग, हाडजोर्नी सम्बन्धी, स्त्री रोग सम्बन्धी ओपीडी सेवा निशुल्क प्रदान गरिएको थियो । उक्त शिविरमा ह्याम्स अस्पतालका जनरल फिजिसियन डा. गुञ्जन खड्का, डा. रोहेन्द्र पाण्डे, हाडजोर्नी विशेषज्ञ डा. सुरेश बहादुर थापा, स्त्री रोग विशेषज्ञ डा. करिश्मा पाण्डेको टोलीले निशुल्क ओपीडी सेवा प्रदान गरेको थियो । शिविरमा विशेषज्ञ डा. सुरेश बहादुर थापा र एनेस्थेसियोलोजिस्ट डा. सुरज लामिछानेको नेतृत्वमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया समेत गरिएको छ । बिहान ११ बजे बाट सञ्चालन भएको सो शिविरमा १५० भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएको ह्याम्सले जनाएको छ । साथै इमर्जेन...

कोरियाबाट फर्केपछि स्वदेशमा कागती खेतीमा रमाउँदै तनहुँका राजु रेग्मी

#, ब्रेकिङ न्युज २, समाचार
तनहुँ पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् ।नौ वर्षसम्म कोरियामा रहनुभएका व्यास नगरपालिका–१३ आसपानीका राजु रेग्मी स्वदेश फर्किएर व्यावसायिक कागती खेतीतर्फ लाग्नुभएको हो । मासिक रु तीन लाखको नोकरी छाडेर कृषि पेसा अगाँल्नु भएका उहाँले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत गर्नुभएको छ । स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो आम्दानी छाडेर घर फर्किएको रेग्मी बताउनुुहन्छ । पुख्यौली घर स्याङ्जाबाट विसं २०७३ मा रेग्मीका परिवार तनहुँमा बसाइँसराई गरिआएको थियो । बसाइँसराई गरेर आएको केही वर्षपछि व्यावसायिकरूपले कागती खेती सुरुवात गरिएको उहाँकी पत्नी सिर्जना कोइराला जानकारी दिनुुहन्छ । कागती खेतीबाट...

काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारा...