सम्पर्क

सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको सचेतना

सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रम गरेको छ । सवारी दुर्घटना बढी हुने स्थानहरुमा सवारी चालक लगायत यात्रुहरुको ध्यान केन्द्रित गर्न साङ्केतिक चिन्हहरु राखिएको ट्राफिक प्रहरी कार्यालय मेलम्चीका ट्राफिक हवल्दार बासुजङ रायमाझीले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्तर्गत सडकमा साङ्केतिक चिन्हहरु राखिएको हो । ईलाका प्रहरी कार्यालय मेलम्चीको आयोजनामा जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष ज्ञवालीको उपस्थितिमा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक प्रहरीले चलाएको अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले लापरबाही तरिकाले सवारी चलाउने हरुको कडा निगरानी गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक नियमको सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । ट्राफिक प्रहरी प्रमुख ज्ञवालीले दुर्घटना न्यूनीकरणका लागी सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।