सम्पर्क

सिन्धु तेक्वान्दो संघको साधरण सभा सम्पन्न नगरप्रमुख बस्नेतद्धारा सहयोग रकम हस्तान्तरण

कुमार बस्नेत (अधिराज )

सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम बहादुर भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख बस्नेतले खेल र खेलाडीले आफ्नो नगर जिल्ला र देशलाई चिनाउने भएको हुँदा विशेष गरि तेक्वान्दो खेलको र खेलाडीको बिकासको लागि सँधै लागि रहने तेक्वान्दोका लागि कुनै कसुर बाँकि नराख्ने बताउनुभयो ।
उहाँले मंसिर १९ र २० गते भएको तेस्रो सिन्धु राष्ट्रिय प्रतियोगिता भब्य भएको बताउदै तेक्वान्दो संघ जिल्ला कार्समिति र सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम भण्डारीलाई धन्यवाद दिदै आफ्नो कार्यकाल भरि तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता बर्षेनि गरि रहने बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापतित्व गरिरहनुभएको भण्डारीले सिन्धुपाल्चोकमा तेक्वान्दो स्थापित गर्न जति दुख गरे त्यसको प्रतिफल आफुले पाएको बताउदै सबै कार्यसमिति सदस्य र खेलाडीहरू आ–आफ्नो ठाउँबाट तेक्वान्दो बिकासको लागि लाग्न आग्रह गर्दै सचिनु पर्नेमा सबै सचिनु पर्छ । तर तेक्वान्दोको हित बिपरित आफुखुसि गर्नेलाई कुनै पनि छुट दिईने छैन भन्दै बताउनुभयो । उक्त कार्यक्रममा नगर प्रमुख बस्नेतद्धारा रु १५००० हजार, सिन्धु तेक्वान्दो संघ जिल्ला कार्यसमिति परिबार र अन्य अतिथीबाट १८००० हजार जिल्ला कार्यसमिति बाट रु १७००० हजार गरि जम्मा रु ५०,०००÷–पचास हजार उपाध्यक्ष गंगा तामाङलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको उपाध्यक्ष बलदेव सिवाकोटी, गाति गाँउबिकास समितिका अध्यक्ष जीवन श्रेष्ठ, सिन्धुपाल्चोक तेक्वान्दो संघका सम्पूर्ण पधादिकारी, डोजाङ्ग प्रमुखहरू सिनियर खेलाडीहरू लगायतको उपस्थितिमा रहेको थियो ।