ज्यान बाहदुर तामाङको अध्यक्षतामा लोकतान्त्रीक आदीबासी जनजाती महासघं को जिल्ला कार्य समिती गठन भएको छ । जस्मा उपाअध्यक्ष निमा बोम्जन सचिवमा बिमल श्रेष्ठ,सह सचिवमा सुस्मिता तामाङ ,सदस्यहरुमा निल बहादुर तमाङ (सुमन)हरिमान श्रेष्ठ,निमा ग्याल्वो लामा र सल्लाहाकार मा अमिर बहादुर श्रेष्ठ मनोनित हुनु भएको छ ।
सिन्धुपालचोक जिल्ला सभापती जंग बाहदुर लामाको बिशेष उपस्थितीमा उक्त कार्य समितीका पदाधिकारहिरुको मनोनित गरिएको हो। कार्यक्रममा , लोकतन्त्रबादी आदीवासी जनजाति महासंघ सिन्धुपाल्चोकका लागी केन्द्रीय प्रतिनिधी एवं वाग्मती प्रदेश सभा सदस्य छत्र बहादुर बोम्जनको रोहबरमा र आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ज्यान वहादुर तमाङ को अध्यक्षतामा कार्य समितीको चयन भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकका प्रबक्ता नबराज भट्टराइले जानकरी दिनु भयो । उँहाका अनुसार नव गठीत कार्य समितीले पालिका स्तरमा समेत समिती पुनर्गठन गरी आदीबासी जनजातीहरुको हक हित र संरक्षणका लागी काम गर्ने अध्यक्ष ज्यान बहादुरले प्रतिबद्धता समेत जनाउँनु भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाको नेपाल लोकतन्त्रबादी आदीवासी जनजाति महासंघको जिल्ला कार्य समिति मा रहनु भएका पदाधिकारी सदस्यहरु सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै बागमती प्रदेस सभा सदस्य छत्र बहादुर बोम्जनले नेपाली काँग्रेस र जनजाती महासघंको निती र सिद्धान्तमा रहेर काम गर्न अनुरोध गर्नु भयो । सोही अबशरमा जिल्ला पाटी सभापती जङ्ग बहादुर लामाले आगामी निर्बचनमा नेपाली काँग्रेसलाइ सिन्धुपाल्चोक जिल्लाको १२ वटै पालिकामा बिजय गराउँन आदीबासी जनजाती महासंघको भुमिका ठुलो रहने भएकाले त्यस तर्फ ध्यान दिन अनुरोध गर्दे नागरिकको समस्या सँग नजीक रहेर काम गर्न पर्ने यसरी काम गर्न आग्रह गर्दे बिशेष धन्यबाद तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्नू भयो ।
