सम्पर्क

ब्रेकिङ न्युज २

सडक डिभिजनको अपिल ः विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, यस डिभिजनसँग सडक विभागको परिसरमा स्तरोन्नति गर्ने कामका निमित्त सम्झौता गरेको निर्माण व्यवसायीले मिति २०८०÷११÷१९ गते शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडी अतिरञ्जित गर्नु खेदजनक छ । यस्तै सो सडकको निर्माणलाई प्राथमिकतामा राखिएको र निर्माण व्यवसायी पनि समय अगावै निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिरहेको सन्दर्भमा निर्माणाधीन सडकमा आएको...

शिवराम भट्टराईको अध्यक्षता सिन्धु प्रतिष्ठान

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भट्टराईहरुको भेलाले कुलबंश प्रतिष्ठान सिन्धुपाल्चोकको प्रथम अधिवेशन गरेको छ। शनीबार मेलम्चीमा सम्पन्न अधिबेशनले शिवराम भट्टराईको अध्यक्षतामा कार्य समिती समेत बनेको छ ।  केन्द्रीय सदस्य राजेश भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिबेशनबाट शिवराम भट्टराईको अध्यक्षता नयाँ कार्यसमिती चयन गरिएको हो । नँया कार्य समितीको उपाध्यक्षमा नबराज भट्टराई,सचिवमा राजकुमार भट्टराई, कोषाध्यक्षमा कुमार भट्टराई,सह सचिवमा नेत्र प्रसाद भट्टराई सदस्य हरुमा रमेश भट्टराई, महेन्द्र भट्टराई, डिल्ली प्रसाद भट्टराई, माधव प्रसाद भट्टराई, विष्णु प्रसाद भट्टराई, शिव प्रसाद भट्टराई, गणेश भट्टराई, गोविन्द प्रसाद भट्टराई, लेखनाथ भट्टराई, बिष्णु प्रसाद भट्टराई, बेदमणी भट्टराई, भावना भट्टराई, मन्जू भट्टराई र शम्भु भट्टराई रहनुभएको छ । त्यस्तै सल्लाहकार समितिमा राजेन्द्र प्रसाद भट्टराई संयोजक, उद्धव प्रसाद भट...

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
मन्दिरा अधिकारी भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् ।भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् ।   आँखा तथा दन्त सेवा अन्तर्गत आयोजित स्वास्थ्य शिविरबाट स्थानीय ७३२ जना लावान्वीत भएका हुन् ।मातृका आई फाउन्डेसनको सहयोगमा डा।कृष्ण कुमार धनकोटीको टिमले आँखाको सेवा प्रदान गर्नुभएको आयोजक भक्तपुर विकास सहयोग सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गर्नुभएको थियो । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने उहाँले जानकारी दिनुभयो ।यस्तै डाक्टर ग्रे...

त्रिपुरासुन्दरीमा मुटु रोगीलाई निःशुल्क औषधी बितरण

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत गाउँमै बसोबास गरेका मुटुका रोगीहरुलाई निःशुल्क औषधि वितरण कार्यक्रम सुरु गरेको छ । शुक्रबार गाउँपालिकाले त्रिपुरासुन्दरी –३ धुस्कुनबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले कार्यक्रमको शुभारम्भ गर्दै जनप्रतिनिधीले सबैभन्दा पहिले आफ्ना नागरिकहरुको समस्या पहिचान गरी समस्या समाधान गर्नका लागी पहल गर्नुपर्छ, त्यसमा पनी स्वास्थ्य, खानेपानी, शिक्षा गर्दै सहयोग गर्नुपर्छ भन्नुभयो । उहाँले नागरिकलाई स्वस्थ राख्न सक्यो भने मात्र नागरकिले आयआर्जन अनि बिकास काममा सहयोग गर्न सक्छन भन्दै उहाँले पालिकाबासी सबैले पहिले आफ्नो स्वास्थ्यमा ख्याल राख्न पर्ने बताउँनु भयो । उहाँले गाउँपालिका अन्तर्गत गाउँमा नै बसोबास गरेका गाउँपालिका मुटु रोगीहरुलाई वडा नं. ३ धुस्कुनबाट निःशुल्...

दि सिन्धुपाल्चोक विजनेश क्लवको चौथो अधिवेशन सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
दि सिन्धुपाल्चोक बिजनेश क्लबको अध्यक्षमा नयनबहादुर पण्डित क्षेत्री चयन हुनु भएको छ । शनिबार डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरमा सम्पन्न चौथो अधिबेशन तथा ११औं साधारणसभाबाट अध्यक्षमा क्षेत्री लगायत सम्पूर्ण सञ्चालक समिति निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिबक्ता प्राणनाथ न्यौपानले जानकारी दिनुभयो । समितिको प्रथम उपाध्यक्षमा अमृतकुमार खड्का, द्धितिय उपाध्यक्षमा डोरबहादुर भण्डारी, महासचिवमा रत्नप्रसाद पराजुली र कोषाध्यक्षमा रामचन्द्र पराजुली सहित १३ सदसिय समिति चयन गरिएको उहाँले जानकारी दिनुभयो । सदस्यहरुमा शम्भु विक्रम थापा, हरिओम मकाजु, रामनाथ मैनाली, राजकुमार तिमल्सिना, राजेन्द्रवहादुर रिजाल, मुके शेर्पा हुनुहुन्छ । कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठले क्लव स्थापना र क्लवको उद्देश्यको वारेमा जानकारी गराउनुभयो । सिन्धुपाल्...

थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित यु –३२ विद्यालय बिच भगिनी सम्बन्ध स्थापित गरिएको छ । हेल्प संस्थाको पहलमा विद्यालयमा बिहिबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरि भगिनि सम्बन्ध सुरुवात गरिएको हो । सम्झौतामा यु –३२का प्रिन्सिपल स्टीवन डेलिंगर–पेट र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्तरास्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब बिस्तारै पुराहुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले यस पाकिकाको शिक्षा सुधार...

जुगलबाट सामुदायिक बिद्यालयले सिक्नुपर्छ – उपप्रमुख थापा

ब्रेकिङ न्युज २, विचार, समाचार
निर्मल बस्नेत –चौतारा त्रिभुवन विश्वबिद्यालय (टियु) मा बिद्याबारिधी गरेपछि गरिने दिक्षान्तको झल्को दिनेगरि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको जु्गल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच दिक्षित गरेको छ ।बुधबार जुगल बोर्डिङ हाईस्कुलको कक्षा युकेजीबाट कक्षा एकमा प्रबेश गर्ने ४२ जना बिद्यार्थीहरुलाई गाउन र दिक्षान्त टोपीमा सजाएर कक्षाबृद्धिको कुरा उल्ललेख गर्दै फोटोसहितको मायाको चिनो र मार्कसिट प्रदान गरि दिक्षित गरेको छ । उँहाहरुलाई चौतारा साँगाचोकगढी नगरपासलकाका उपप्रमुख सीता थापाले दिक्षीत गर्नू भएको हो । साथै कक्षा नर्सरीबाट एलकजी ३६ र एलकेजीबाट युकेजीमा ५१ जना बिद्यार्थी कक्षाबृद्धि गराएको छ ।कार्यक्रमका प्रमुख आतिथी नगर उपप्रमुख सीता थापाले दिक्षान्त समारोहमा बोल्दै जुगल बोर्डिङले पछिल्लो समयमा सिकाई उपलब्धीको संगै भौतिक, शैक्षिक व्यवस्थापन...

राष्ट्रिय बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।२ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताउँनु भयो । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको बताउँनु भयो ।मेलामा कक्षा ८ देखि माथि अध्ययनरत विद्यार्थीहरुले ...

फटकशिला माविले मनायो ६४औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका –१३ मा रहेको फटकशिला माध्यमिक विद्यालयको ६४औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुर्व विद्यार्थी (एसईइ/ एस.एल.सी) पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरले ७ जनालाई प्राबिधिक पढ्न छात्रवृत्ति व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिक्षण सिकाइ राम्रो बनाउन प्रधानाध्यापक बैठक गरि छलफल गरिएको उहाँले बताउनुभयो । उच्च शिक्षाका छात्रवृत्तिका लागि रु १५ लाख बजेट व्यबस्थापन गरिएको बताउदै उहाँले शिक्षाको लागि ९ करोड बजेट बिनियोजन गरिएको बताउनुभयो । स्थानीय पाठ्यक्रम लागू , दिवा खाजा अहिले १० कक्षा सम्म ब्यबस्था गरेको बताउदै अब स्रोतले भ्याए सम्म ११ र १२ मा पनि खाजा ब्यबस्था गरिने प्रतिबद्धता जनाउनुभयो । स्काउट, खेलकुद लगायतमा पनि नगरले उचित ध्यान दिरहेको उहाँले बताउनुभयो ।...

कृषकलाइ कृषी चुन बितरण गर्दै वडा अध्यक्ष नेपाल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ वडा कार्यलयले कृषकको लागी कृष्ी चुन निशुल्क बितरण गरेको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिकाले नगरपालिकाको १४वटै वडाको माटो परिक्षणगरेको थियो र माटो परिक्षणका लागी नगरका १४वटै कृषकलाइ आह्वान गरेकोमा ३३४जनाले मात्र माटो परिक्षण गराएका थिए । यसरी माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको थियो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा ३३४ मध्य २७२ अम्लीएको पाइएको थियो ।   माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ्र कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो । धेरै अम्लीय माटो मा कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ्र।कृषि चुनको प्रय...