सम्पर्क

ब्रेकिङ न्युज २

चुनौती सामना गर्दै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना 

ब्रेकिङ न्युज २, समाचार
 इलेक्ट्रो पावर कम्पनी (साविक शैलुङ्गपावर कम्पनी) द्धारा प्रवर्धित भोटेकोशी–१ जलविद्युत आयोजना (४० मे.वा.)को सम्पूर्ण संरचना भोटेकोशी गाउँपालिका वडा नं ३ र ४ मा निर्माणधीन अबस्थामा रहेको छ । उक्त आयोजना विद्युतऐन २०४९ को दफा ४ को उपदफा २ र विद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको २०७४/९/११ को निर्णय अनुसार विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि निर्माणको चरणमा रहेको छ । सो आयोजनाले निर्माण कार्य सुरु भए संगै आयोजनाका लागि आवस्यक अनुमति तथा स्वीकृती सबै सरकारी निकायहरुबाट लिइसकेको छ । सुरुवाती चरणमा आयोजनाले भोटेकोशी गाउँपालिकाका स्थानीयहरुलाई विशेष प्राथमिकतामा राखि रोजगार सृजना गरिरहेको छ । हाल आयोजनामा कार्यरत कर्मचारीहरु मध्ये ९० प्रतिशत कर्मचारी स्थानीय स्तरका नै छन् । आयोजनाका लागि आवस्यक स्थानीय कर्मचारीहरु नियुक्त गर्दा योग्...

सामूहिक आमरण अनशनसँगै संयुक्त संघर्ष समितिको मौन जुलुस,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा सामूहिक सत्याग्रह सुरु गरेका छैटौं दिनमा कालो पट्टी बाँधी कलंकी चोकमा मौन जुलुस गरेको छ ।अनशन बसेको आज छैटौं दिन सम्म पनी सरकारका तर्फबाट कुनै उपस्थिति भएको छैन ।   अनशनकारीको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको अवस्था छ । जनताको पिडा र आम नागरिकको समस्यामा सहन नसक्ने भयो भन्दै कलंकी चोकमै आन्दोलनकारीले रुँदै आफ्नो पिडा व्यक्त गरेका थिए ।अन्धो सरकार आँखा खोल, कलंकीमा बसेका आमरण अनशनकारीको मागहरू पुरा गर , युवा बेच्न बन्द गर जस्ता पम्पपेलेट टासी आँखामा कालो पट्टी बाँधेर गरिएको मौन जुलुस कलंकी चोकमै कोड सभामा परिणत भएको हो ।स्वर्ग जस्तो देशका नागरिक आज बाच्नकै लागी बिदेशिनु पर्ने, आफ्नै देशमा केहि गरेर खान्छु भन्दा काम गरि खाने वातावरणा नदिने, दिनप्रतिदिन नेपाली नागरिक पलपलमा मर्नुपरेको आन्दोलनकारीको  आरोप छ । ह...

चित्रकार रन्जु यादव डेनमार्कको बालबालिकालाई मिथिला चित्र सिकाउँदै

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, समाचार
काठमाडौं, बैशाख २९ गते । युरोप भ्रमणमा रहनु भएकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिनु भएको अमनेन्द्र यादवले जानकारी दिनु भएको छ । प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिनु भएको हो । चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए । त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो । युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला...

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २९ वैशाख : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि कानुन र प्रशासनिक विधि चाहिन्छ, कानुनको शासन स्थापित गर्नैपर्छ, तर कानुन र राज्य संयन्त्रद्वारा मात्रै पनि धेरै विषय हल गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “राज्य संयन्त्रका जिम्मेवार व्यक्ति तथा आम नागरिक राष्ट्रप्रति इमान्दार होउन्, कानुन र प्रशासन मात्रै लगाउनुपर्ने नहोस्, आफैँले राम्रो आचरण अपनाउने अवस्था आओस्, यति हुन सकेमा मात्र भ्रष्टाचार, अनियमितता न्यूनीकरण भएर सुशास...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने

ब्रेकिङ न्युज २, समाचार
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदानस्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका सात वटा सवारी साधन स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले त्यस्तो जानकारी दिनुभएको हो । बैठकले चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माण गर्न करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र सैनिक गट्टाघर, भक्तपुरका लागि मध्यपुर ठिमी नगरपालिकामा करिब सात सय ६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यस्तै, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड–सेती–बुढीगङ्गा दोभान सडकखण्ड निर्माणका लागि रा...

प्रभावकारी बन्दै चौताराका थेरापी सेवा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ , उप प्रमुख पदम नेपाल र अस्पताल प्रमुख डा रुद्रमणी भण्डारी बिच भण्डारीकै कार्य कक्षमा अस्पातालका बारेमा छलफल भएको छ । सो अबशरमा अस्पतालबाट ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत हाडजोर्नी दुखेका,बिभिन्न प्रकारका फिजियो थेरापी गर्न पर्ने बिरामी हरुलाई चौतारा बाटै सेवा प्रदान गरीएको बताउँदे भण्डारीले चौतारा अस्पताललाइ चौतारासाँगाचोकगढी नगरपालिकाले उपकरण सहीत जनशक्तीको सहयोग गरेर ठुलो सहयोग गरेको जानकारी दिनु भयो ।   उँहाले अस्पतालबाट प्रबाह हुने सेवामा कुनै पनी कमी हुन नदीन आफुहरु लागी परेको बताउँनु भयो । सोअबशरमा फिजीयो थेरापी कक्षमा गएर फिजीयो थेरापी गराइरहेका बिरामी सँग अस्पतालबाट प्रबाह गरिएको सेवाका बारेमा समेत जा...

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न, वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, साहित्य
गिता अधीकारी काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत÷संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो । ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्मपन्न भएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ नगद दश हजार राशिसहित प्रदान गरिए...

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  काठमाडौँ, २६ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उहाँले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभएको हो । चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उहाँले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिनुभयो । 'यहाँ (भृकुटी मण्डप)मा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोला', मन्त्री चौधरीले प...

आफ्नै पाठ्यपुस्तक पढाउँदै जुगल गाँउपालिका

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
दुर्गा श्रेष्ठ जुगल, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन शुरु गरेको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा ‘हाम्रो जुगल ’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभएको छ । उँहाले गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको बताउँनु भयो । उँहाले ‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यपुस्तक तयार गरी लागू गरेका छौँ’, भन्नु भयो । उँहाले राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक...

आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप लगाउँने सबैलाइ सहयोग गर्न बजगाइको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
नेपाल सरकारले आगामी जेठ १३ गतेदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने भएको छ ।पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउँदै गौतमले विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको बताउँनु भयो ।दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । यसै गरी सिन्धुपाल्चोक जिल्लामा पनी पोलियो विरुद्धको खोप १३गते देखी पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।पोलियो...