इलेक्ट्रो पावर कम्पनी (साविक शैलुङ्गपावर कम्पनी) द्धारा प्रवर्धित भोटेकोशी–१ जलविद्युत आयोजना (४० मे.वा.)को सम्पूर्ण संरचना भोटेकोशी गाउँपालिका वडा नं ३ र ४ मा निर्माणधीन अबस्थामा रहेको छ । उक्त आयोजना विद्युतऐन २०४९ को दफा ४ को उपदफा २ र विद्युत नियमावली २०५० को नियम ८ बमोजिम नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको २०७४/९/११ को निर्णय अनुसार विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि निर्माणको चरणमा रहेको छ । 
सो आयोजनाले निर्माण कार्य सुरु भए संगै आयोजनाका लागि आवस्यक अनुमति तथा स्वीकृती सबै सरकारी निकायहरुबाट लिइसकेको छ । सुरुवाती चरणमा आयोजनाले भोटेकोशी गाउँपालिकाका स्थानीयहरुलाई विशेष प्राथमिकतामा राखि रोजगार सृजना गरिरहेको छ । हाल आयोजनामा कार्यरत कर्मचारीहरु मध्ये ९० प्रतिशत कर्मचारी स्थानीय स्तरका नै छन् । आयोजनाका लागि आवस्यक स्थानीय कर्मचारीहरु नियुक्त गर्दा योग्यता तथा दक्षताका आधारमा छनौट गरि वडा तथा पालिकाको सिफारिसमा पारदर्शी तवरले नियुक्त गरेको सो आयोजनाले बताएको छ ।
साथै आयोजनामा प्रयोग हुने अधिकांश मेसिन तथा गाडीहरु स्थानीयहरुकै प्रयोग गरिरहेको छ । यसरी आयोजनाले स्थानीय स्तरमा रोजगारको अवस्था सृजना गरि बेरोजगारी न्यूनिकरणको लागि टेवा पु¥याईरहेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयको सिफारिसमा विकास निर्माणको विभिन्न कार्यहरु पनि गर्दै आईरहेको छ । आयोजनाले स्थानीयहरुलाई रोजगारी प्रदान गरिरहेका, निर्माण सामाग्री तथा उपकरणको प्रयोग गरी आयआर्जन वृद्विमा उल्लेख्य योगदान पुर्याइरहेका, स्थानीय उपभोग्य वस्तुको बजारीकरणमा सहयोग पुर्याई रहेको तथा गाउँपालिकाको आय बजेटमा मुख्य योगदान पु¥याइरहेको अवस्थामा केही व्यक्तिको नीजि स्वार्थ पुरा गर्न आयोजनालाई पटक पटक विभिन्न प्रकारका दुःख दिने गरेको जनाईएको छ ।
आयोजनाले २०७८/१२/१६ मा भोटेकोशी गाउँपालिकाका स्थानीयहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम राखि आयोजनाको बारेमा सबै जानकारी सार्वजनिक गरि आवस्यक प्रकृया पुरा गरि लिनुपर्ने सरकारी निकायका अनुमती र स्वीकृती लिई काम सुरु गरेको अवस्थामा भोटेकोशी गाउँपालिका वडा नं ४ बस्ने देवीबहादुर बुढाथोकी नेतृत्वको समूहले आफ्नो नीजि स्वास्र्थका लागि दुख दिदैं आएको आयोजनाले जनाएको छ । नीजि स्वार्थ पुरा नुहने अवस्था देखेपछि बुढाथोकीले अनेकौँ प्रपन्च रचि गाउँका सोझा सिधा जनताहरुलाई विभिन्न प्रलोभनमा पारी, डर धम्की देखाई उनीहरुको कागजात मागी उच्च अदालत पाटनमा मुद्दा दायर गरेकोमा उच्च अदालत पाटनको संयुक्त ईजलासले २०८०/७/१६ गते सो मु्द्दा खारेज गरि आयोजनाको पक्षमा निर्णय गरेको आयोजनाले जनाएको छ । 

पाटन उच्च अदालतको उक्त निर्णय पश्चात देवीबहादुर पटक पटक उस्तै प्रकृतिको माग राखि आयोजनालाई ज्ञापनपत्र बुझाउने गरेको र सो प्रकृयामा पनि अधिकांश व्यक्तिको किर्ते हस्ताक्षर गरेर बुझाउने गरेको सो आयोजनाले बताएको छ । आयोजनाको तर्फबाट सो माग पुरा गर्न भोटेकोशी गाउँपालिकाको रोहबरमा आयोजना प्रभावित स्थानीय सरोकारवाला बीच २०८०/९/५ गते विस्तृत रुपमा छलफल गरि सम्पूर्ण माग पुरा गरेको अवस्थामा आयोजनाबाट कुनै सुनुवाई नभएको भन्दै बुढाथोकीले केही व्यक्तिहरुलाई प्रलोभन देखाई २०८०/१२/०७ मा जिल्ला अदालत सिन्धुपाल्चोकमा मुद्दा दायर गर्न लगाएर आयोजनाको काममाबाधा पु¥याएका आयोजनाको दाबी छ । साथै जिल्ला प्रशासन कार्यालयमा पनि सोही विषयमा निवेदन पेश गरेको पाईएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकमा परेको मुद्दा तथ्य तथा आधारहिन भएको भन्दै जिल्ला अदालत सिन्धुपाल्चोकले निषेधआज्ञा फुकुवा गरेको थियो । सो पश्चात आयोजनाबाट जग्गा र पैसा असुली गर्ने भन्दै सोझा सिधाजनतालाई छलकपट गरि ललाईफकाई मुद्दाको विषय नलिई कागतपत्र जम्मा गर्ने, झुक्याएर तथा किर्ते सहिछाप गरी सम्मानित सर्बोच्च अदालतमा २०८१÷१÷६ मा मुद्दा दायर गरी न्यायिक प्रकृयामा रहेको मुद्दाको टुङ्गो नलाग्दै आफ्नो व्यक्तिगत स्वस्र्थ पुरा गर्नका लागि बुढाथोकीले सोझा सिधा जनताहरुलाई उक्साएर, ललाई फकाई गरेर आयोजना तथा स्थानिय सरकारको विरुद्धमा नाराबाजी गराई, गालीगलौज गरि अनावस्यक र औचित्यहिन विषयको ज्ञापनपत्र ब्ुझाउने कार्य गरेको प्रति सवै कुरा नियाली रहेका नजिकका स्थानीय जनतालाई वाक्कदिक्क् बनाएको सो आयोजनाले जनाएको छ ।
उनले स्थानीय क्षेत्रको विकासको लागि बाटो निर्माण गर्न परेको बजेटलाई समेत फ्रिज गराउन बुढाथोकीले पटक पटक अदालतमा मुद्दा दायर गरेको र विकास निर्माणलाई अवरोध पुर्याईरहेको स्थानीयहरु बताउँछन् । उनले सर्बोच्च अदालतमा दायर गरेको मुद्दामा पनि सम्मानित सर्वोच्च अदालतबाट २०८१÷०१÷२८ गते शुक्रबार आयोजना को पक्ष्यमा निर्णय भए संगै आयोजनाको सुरुङ निर्माण को कार्य पुनः सुचारु भएको छ ।
विभिन्न समयमा दायर गरेका मुद्दा, ज्ञापनपत्र तथा निवेदनहरुमा किर्ते हस्ताक्षर गरि बुझाउने गरेकाले बुढाथोकीसंग स्थानीयहरु रुष्ट देखिएका छन् । उनले सर्बोच्च अदालतमा दायर गरेको मुद्दामा पनि सोही तवरले किर्ते हस्ताक्षर गरेको पाईएपछि भोटेकोशी गाउँपालिकाका स्थानीयले जिल्ला अदालत सिन्धुपाल्चोकमा किर्ते जालसाँझीको मुद्दा दायर गरेका छन् । प्रचलित कानून र प्रकृया पुरा गरेर स्थानीयहरुसँग समन्वय गरी विद्युत आयोजना निर्माण गर्छु र स्थानीयहरुको विकास तथा उन्नतिमा हातेमालो गर्छु भनी आएका जलविद्युत आयोजनाहरुलाई पटक–पटक मुद्दा हाली हैरान बनाउने र स्थानीयमा जलविद्युत आयोजनाप्रति नकरात्मक भावना पैदा गर्नमा बुढाथोकी उद्दत रहेको आयोजनाले बताएको छ । जलविद्युत आयोजना निर्माण गर्नु भनेको नै मानव विरोधी कार्य गर्नु हो भन्ने सुगा रटाईबाट बुढाथोकी अघि बढिरहेको र यसले देवीबहादुर बुढाथोकीलाई समाजबाट एक्लो बनाउदै जाने कुरामा बुढाथोकी अनभिज्ञ बनेको मुद्दा दायरकर्ता र स्थानीयको भनाइ छ ।फोटो क्याप्सनः भोटेकोशी गाउँपालिका–३ र ४ मा निर्माणधीन ४० मेगावाटको इलेक्ट्रो हाइड्रोपावर कम्पनी
