सम्पर्क

जल्केनी मोडमा मोटरसाइकल दुर्घटना १ जनाको मृत्यु, एक घाईते

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका ८ स्थित स्थित दियाले भन्ने स्थानमा मोटर साइकल दुर्घटनामा परी वडा ७ को ईन्दिरा अधिकारीको मृत्यु भएको छ । वनदेउ चौतारा सडक खण्डस्थित जल्केनी दियाले मोडमा चौतारा तर्फबाट बन्देउ तर्फ जाँदै गरेको टिपर विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा भेट हँुदा मोटरसाईकल अनियन्त्रीत भइ पल्टिँदा अधिकारीको मृत्यु भएको जनाइएको छ । वनदेउबाट चौतारातर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प. ९५३९नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख. २७१६ नं. को टिपर भेट हुँदा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ भने टिपर चालक चौतारा साँगाचोक गढी न.पा. ११का मनोहरी गिरी लाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।प्रहरीकाअनुसार मृत्यु हुने अधीकारी मोटरसाइकलको पछाडि सवार रहनु भएको थियो भने उहाँका श्रीमान् सन्तोष दुलालले मोटरसाइकल चलाउँनु भएको थियो ।