नेपाल सरकारले आगामी जेठ १३ गतेदेखि बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने भएको छ ।पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउँदै गौतमले विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको बताउँनु भयो ।दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ ।
सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । यसै गरी सिन्धुपाल्चोक जिल्लामा पनी पोलियो विरुद्धको खोप १३गते देखी पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।पोलियो रोग विरुद्ध सुइबाट आ.पि.भि खोप अभियान सञ्चालन हुने लागेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाई ले जानकारी दिनु भयो । उँहाका अनुसार बालबालिकाको विवरण संकलनका लागि हरेक घर र विद्यालयमा महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, शिक्षिका, विद्यालय नर्स र स्वास्थ्यकर्मीहरुले सम्पर्क र समन्वय गरिरहेका छन् । बजगाइले २०७३ साल बैशाख १ गतेदेखि २०७५ साल असोज मसान्तभित्रको समयाअवधिमा जन्मिएका बालबालिकाहरुको नाम टिपाई सही विवरण उपलव्ध गराई सहयोग गरिदिन हुन सरोकारवालाहरुलाई अनुरोध गर्नुभयो । सिन्धुपाल्चोकको १०३वटै वडाहरुमा रहेको स्वास्थ्य कार्यलय स्वयम सेवीकाहरु, शिक्षक, स्थानीय सरकारका सबै निकायबाट यो कार्यका लागी सहयोग हुने उँहाले बताउँनु भयो ।
