जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले स्थानीय तहहरुले बितरण मुखी भन्दा पनी उत्पादनमुखी मा बजेट को व्यवस्थ ागर्न पर्ने बताउँनु भएको छ ।
उँहाले स्थानीय तहहरु वितरणमुखी बजेट बनाउने क्रमबाट पछि नहटेको दृष्टान्त दिनुहुँदै कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन आग्रह गर्नुभयो । 
कृषी विकास कार्यालयले सोमबार सदरमुकाम चौतारामा गरेको जिल्लास्तर प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा आफ्नो भनाइ राख्दै श्रेष्ठ ले यस्तो बताउँनु भएको हो ।
उहाँले कृषिमा दिँदै आएको अनुदानको विरोध गर्दा बास्तविक कृषक समस्यामा पर्ने भएकाले आवश्यकताका आधारमा अनुदान दिने प्रणाली विकास गर्दै व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भयो । साहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले खेतीयोग्य जमिन र कृषि उत्पादन वर्षेनी घट्दो क्रममा रहेको र उत्पादन समेत खान योग्य नभएको भन्दै सुरक्षित खाद्य उत्पादनमा सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।कार्यक्रममा उपस्थित स्थानिय तहका जनप्रतिनिधी तथा स्थानिय सरोकारवालाहरुले स्थानिय तह र जनप्रतिनधिीहरु मिलेर कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।
कृषी विकास कार्यालयले सोमबार सदरमुकाम चौतारामा गरेको जिल्लास्तर प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।

संघ, प्रदेश र स्थानीय तहको कार्यमूलक समन्वय र सहकार्यका लागि चालु आ.वको प्रगती समीक्षा तथा अगामी आ.व को कार्यक्रम र योजना तर्जुमाको सिलसिलामा आयोजना गरिएको जिल्ला स्तर प्रगती समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा कृषी बिकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले समग्र कृषि प्रसारको अवस्था र संचालनमा रहेका कार्यक्रमहरुको प्रगती समीक्षा र आगामी आ.वका लागि सम्भाव्य कार्यक्रमहरुको बारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कुष्ण प्रसाद सापकोटा ,
त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहरा, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने, भोटेकोशी गाउँपालिका उपाध्यक्ष दिछेन शेर्पा, बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा एवं सबै स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुले आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेटमा समेटिनु पर्ने विषयवस्तुहरुबारेमा चर्चा गर्नुभएको थियो । कृषी ज्ञान केन्द्रबाट नाम बाट कार्यक्राहरु सञ्चालन हुँदै आएकोमा यस बर्ष देखी कृषी बिकास कार्यलय को नामबाट कार्यक्रमहरु सञ्चालन हुँदै आइ रहेको छ ।
