सिन्धुपाल्चोक जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठ , उप प्रमुख पदम नेपाल र अस्पताल प्रमुख डा रुद्रमणी भण्डारी बिच भण्डारीकै कार्य कक्षमा अस्पातालका बारेमा छलफल भएको छ । 
सो अबशरमा अस्पतालबाट ढाड, कम्मर दुख्ने समस्या, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, मेरुदण्ड, मांसपेशी, श्वासप्रश्वास, हाड भाचिँएपछिको समस्या भएका बिरामीका लागि फिजियोथेरापी सेवामार्फत हाडजोर्नी दुखेका,बिभिन्न प्रकारका फिजियो थेरापी गर्न पर्ने बिरामी हरुलाई चौतारा बाटै सेवा प्रदान गरीएको बताउँदे भण्डारीले चौतारा अस्पताललाइ चौतारासाँगाचोकगढी नगरपालिकाले उपकरण सहीत जनशक्तीको सहयोग गरेर ठुलो सहयोग गरेको जानकारी दिनु भयो । उँहाले अस्पतालबाट प्रबाह हुने सेवामा कुनै पनी कमी हुन नदीन आफुहरु लागी परेको बताउँनु भयो ।
सोअबशरमा फिजीयो थेरापी कक्षमा गएर फिजीयो थेरापी गराइरहेका बिरामी सँग अस्पतालबाट प्रबाह गरिएको सेवाका बारेमा समेत जानकारी लिने क्रममा बिरामीहरुले भवन मात्र राम्रो भएर हँदैन यस अघी दिदै आएको फिजीयो थेरापी सेवा बन्द हुँदा आफुहरु राजधनजी जान परेको गुनासो गरेको र अहीले शुरु भएकोमा यसको स्थाइत्वका लागी अनुरोध गरेका थिए ।उँहाहरुको गुनासो सुन्नु हुँदै सम्मन्वय प्रमुख श्रेष्ठले यो सेवालाइ अस्पतालले निरन्तरता लिने बताउँनु भयो ।
