मन्त्री भण्डारीद्वारा बैतडीबाट कफीखेतीको शुभारम्भ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ गर्नुभएको छ । उहाँले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । मन्त्री भण्डारीले कफीखेतीको विकास, प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन तथा गरिबी न्युनिकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कृषि, वन पैदावार र खनिज तथा खानीजन्य पदार्थको सम्भावना हुँदाहुँदै पनि संघीय सरकारले यथोचित ध्यान दिन नसकेको जिल्ला बैतडी हो, अब त्यो अवस्था बदल्न हामी लागेका छौं, अब हाम्रा जडीबुटी, कृषि तथा गैर कृषिजन्य उत्पादनका सम्भावनालाई विभिन्न तहका सरकारको समन्वयमा सदुपयोग गरी बैतडीमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको जागरणमा हामी दृढ भएर लागेका छौं ।” मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेग...
