सिन्धुपाल्चोक जिल्लाको त्रिपरासुन्दरी गाउँपालिका वडा न.ं ६ टेकानपुर स्थायी घर भई कामको सिलसिलामा राजधानी रहेका युवाहरुले सामाजिक कार्य गर्नका लागि बचत समुह बनाएका छन् ।
आफ्नो जन्मस्थल टेकानपुरको सामाजिक क्षेत्रमा काम गर्नका लागि ठमेलमा एक कार्यक्रम गर्दे समुह गठन गरिएको छ ।
भेलाले कमल भुजेल संयोजक र उप संयोजक रामभगत बोहरा रहने गरि सात सदस्य कार्यसमिति चयन गरेको छ । मोहन बोहरा, भुपेन्द्र बोहरा, दल बहादुर बोहरा(राजेन्द्र),रामचन्द्र बोहरा र सन्तोष बोहरा सदस्य चयन भएका छन् ।
प्रत्येक महिना बचत संकलन गर्ने र उक्त बचतबाट प्राप्त ब्याजले सामाजिक क्षेत्रमा परिर्वतन कार्य गर्ने नव निर्वाचित अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
हामीले हाम्रा सदस्यहरुको जीवन स्तर माथि उकास्न तथा भातृत्वको लागि साथै एक आपसमा सहयोगको भावना वृद्धि गरि बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो समुहको निर्माण गरेको कुरा सुदिप बोहराले जानकारी गराउनुभयो ।
