सम्पर्क

युवती मृत अवस्थामा फेला

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका –१ बर्लाङको ३३ वर्षीया स्वस्थानी खड्का थापा बारीको कान्लामुनि मृत अवस्थामा फेला परेको छ ।
बुधवार बिहान ७ बजे घाँस काट्न हिड्नुभएको थापा अबेरसम्म घर नफर्कीएपछि खोज्दै जाँदा दिउँसो करिब ४ बजे घरदेखी करिब डेड मिटर तलको बारीको कान्लामुनि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक कमल विष्टले जानकारी दिनुभयो । घटनापछि माइती पक्षलाई खबर गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।