सम्पर्क

समाचार

चौतारा अस्पतालको सेवामा स्तरियता बढ्दै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाकाको चौतारामा रहेको चौतारा अस्पतालले राजधानीको सरह सुबिधा उपलब्ध गराउँन थालेको छ । अस्पतालको नँया भवन निर्माण भए सँगै सेवामा पनी स्तरियता बढाएको हो ।चौतारा अस्पतालमा नै हाड जोर्नी, मानसिकरोग ,नसा रोग, दाँतको रोग लगाएत सबै खाले रोगको परिक्षण गरी उपचारको व्यवस्था गरिरहेको अस्पतालले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि सबै खाले बिरामीहरुको लागी उपचारमा सहज भएको छ । यस अघी सामान्य हाड सम्बन्धी उपचारको लागी धुलीखेल धाँउन पर्ने र मिर्गौला रोगीका लागी काठमाण्डौ धाउँन पर्ने बाध्यता हटेको छ भने उपचार पनी छिटो छरितो र सेवामुखी भएको छ । नियमित उपचार आवश्यक पर्ने र सर्वसाधारणको पहुँचभन्दा निकै महंगो मानिने मिर्गौला रोगका बिरामीका लागि जिल्लामै निःशुल्क डायलाइसिस सेवा भएकोमा जिल्ला बासीहरुमा ठुलो राहत भएको छ ।चौतारा अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा रुद्रमणी ...

चौताराका होटल र खाजाघरमा अनुगमन, धेरैमा विना लाइसेन्स मदिरा बिक्री

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा होटल र खाजाघरमा अनुगमन गरिएको छ । अनुगमनमा प्राय होटलहरुमा अनुमती बिना मदिरा बिक्री गरेको भान्छा कोठामा सरसफाइमा ध्यान नदीएको पाइएको थियो । दशैं–तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा बजार अनुगमन तीव्र भएको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले १९ वटा होटल र खाजाघरमा गरेको अनुगमनमा अधिकांशले बिना लाइसेन्स नै मदिरा बिक्री गर्दै आएको पाइएको थियो ।जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा धेरै होटल तथा खाजाघरले नियमविपरीत मदिरा बिक्री गरिरहेका पाइएको थियो ।उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले अन...

एक तोला सुनको मूल्य दुई लाख पाँच हजार नौ सय

ब्रेकिङ न्युज १, समाचार
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न उतारचढावका कारण सुनको मूल्य बढेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...

जग्गा वर्गीकरण : अलमलमै स्थानीय सरकार

ब्रेकिङ न्युज २, समाचार
चण्डीका नेपाली भूउपयोगको क्षेत्र परिवर्तन गर्न झन्झटिलो हुने भएपछि सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । सरकारले स्थानीय तहलाई दुई वर्षअगाडि नै जग्गाको वर्गीकरण गर्न आग्रह गरे पनि अहिले मेलम्ची नगरपालिका रसुनकोशी गाउँपालिकाले मात्रै जग्गाको वर्गीकरण गरेका छन् । सरकारले गत जेठ २३ गते भूउपयोग नियमावली जारी गरेयता सिन्धुपाल्चोकमा जग्गा कित्ताकाट र अंशबन्डाको काम पूर्ण रुपमा रोकिएको हो । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्रै जग्गाको कित्ताकाट हुने व्यवस्था रहेको र जिल्लाका अधिकाँश स्थानीय तहले जग्गाको वर्गीकरण नगरेको मालपोत अधिकृत बाृगराज शर्मा कट्टेललले जानकारी दिनुभयो । ‘सुरुमा ६ महिनाको समय अवधि तोकेर स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न भनिएको थियो, तर अहिलेसम्म मेलम्ची नगरपालिका र...

लडेर घाइते भै उपचाररत दर्जिलाई पर्वत समाजको १ लाख बढी सहयोग

बिदेश, समाचार
 दर्शन सुनार/लोकप्रिय दैनिक, कतार पर्वत समाज कतारले पर्वत जिल्ला फलेबास नगरपालीका वार्ड नं १० कुर्घाका तिल वहादुर दर्जीलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत साउन ८ गते साझ दाउरा काट्ने क्रममा रुख बाट खसेर मेरुदण्डमा गम्भीर चोट लागी पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई समाजले एक लाख दुइ हजार तीन सय एक्काइस रुपैया प्रदान गरेको हो । स्थापना देखि नै मानवीय सेवामा सक्रिय संस्थाले संस्थाका सह–सचिव सुधा परियार(अञ्जली) का कान्छो बुबा दर्जीको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो । अझै पनि अस्पतालमा उपचाररत रहेका दर्जिलाई उपचारमा ठुलो रकम आवश्यक परेको हुँदा पर्वत समाज कतारका सह–सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो । साथै समाजले अभियानमा सहभागी...

बाह्रबिसे नगरपालिकामा नै राष्ट्रिय परिचय पत्र दर्ता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा अस्थायी पोष्ट सञ्चालन गरेर राष्ट्रिय परिचय पत्रको व्यवस्था मिलाइएको छ । बाह्रबिसे नगरपालिकाले नगरपालिकामै प्राबिधिक टोली बोलाएर राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाउँने काम गरिरहेको छ । बाह्रबिसे नगरपालिका मात्र नभई चौतारा आउँन जान भन्दा बाह्रबिसेमा पाइक पर्नेहरुको लागि सहजता भएको छ भने गाडी नै रिजर्भ गरेर असाय जेष्ठ नागरिकहरुलाई चौतारा लाने बाध्यताबाट हटेको छ । सोमबार परिचयपत्रको फोटो खिचाउँनका लागी जम्मा भएका जेष्ठ नागरिकहरुले नगरप्रमुख बालकृष्ण बस्नेतले पहल गरेर बाह्रबिसेमा नै यो सुबिधा उपलब्ध गराई दिएकोमा धन्यबाद दिदै फोटो खिचाएका थिए । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा बाह्रबिसे नगरपालिकाको आयोजनामा परिचय पत्र बनाउँन छुटेका हेर्दा छुटेकाहरुलाई सोमबारबाट राष्ट्रिय परिचय पत्र बनाउने कार्य नगरपालिकामा भइरहेको र यसरी सेवा लिन...

रिहान शंकरको अभिनयमा “जानि बेलैमा” सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । मोडल रिहान शंकरले "जानि बेलैमा" बोलको नया गित सार्वजनिक गरेका छन । गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्। गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोल्छन् भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ। भिडियोको निर्देशन चर्चित निर्देशक निसान बानियाले गरेका छन । भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्। दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ। गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...

नेपाल आइडल सिजन ६ को विजेता सिन्धुपाल्चोकको गंगा सोनाम

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
लोकप्रिय रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको उपाधि सिन्धुपाल्चोकको गंगा सोनामले जित्नुभएको छ । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिएर उहाँले उपाधि हात पार्नुभएको हो । यस सिजनको फस्र्ट रनर–अप बबिता थापा मगर बन्नुभएको छ । त्यस्तै, दर्शना गान्धारी सेकेन्ड रनर–अप बन्दै चौथो र पाँचौं स्थानमा क्रमशः अभिनव खाती र मृनल मानन्धर पर्नुभएको छ । गायनमा आफ्नो दमदार आवाज र शैलीका कारण दर्शक र निर्णायकको मन जितेकी गंगा सोनामलाई सामाजिक सञ्जालमा समेत व्यापक बधाई र शुभकामनाको ओइरो परेको छ । शोको यात्रामा उहाँले विभिन्न चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध पानुभएको थियो । नेपाल आइडलको यो सिजनलाई दर्शकले अत्यधिक रुचाएका थिए, जसमा देशभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूको पनि व्यापक सहभागिता र समर्थन देखिएको थियो । नेपाल आइडलको छैटौँ सिजनको अडिसनमा गंगा सोनामले...

कतारमा रहेका लुम्बिनी बासीहरुले भब्य रूपमा मनाए तिज

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
  दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रहेका लुम्विनी प्रदेश बासीहरुले भब्य रुपमा तिज मनाएका छन् । लुम्विनी प्रदेश समन्वय परिषद कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा “तिज विशेष तथा दरखाने कार्यक्रम” भब्य रुपमा मनाएका हुन् ।लुम्बिनी प्रदेश समन्वय परिषद कतारकी काःवा अध्यक्ष मनिषा खडकाको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्वंघाटन गरिएको कार्यक्रममा कतारमा रहेका आधा दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । तीज लहर आयो बरिलै,घन्काईदेउ मादलु ताल, सबैले भन्छन पातली नाच्छे, आहै मेरो बलमा,लाहुरेले लैन केरे,जस्ता एक दर्जन भन्दा बढी गितहरुमा रातो, साडी, हरि...

दशैं–तिहारका लागि भदौ २९ देखि असोज १० सम्म नयाँ नोट साट्ने व्यवस्था

ब्रेकिङ न्युज १, समाचार
दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था मिलाएको छ । बैँकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैँकका प्रदेश कार्यालय र सबै बैँक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न पाइने आईतबार एक सूचना जारी गरेर जनाएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) तथा देशभरका सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट नोट साट्न सकिने छ । चाडपर्वमा पाँच, १०, २०, ५० र १०० दरका नोटको माग बढी हुने भएकाले केन्द्रीय बैंकले मेला र फाटेका नोट संकलन गरी नयाँ नोट वितरण गर्दै आएको हो । आर्थिक वर्ष २०६७/६८ मा ‘सफा नोट नीति’ लागू गरेपछि राष्ट्र बैंकले कारोबारमा सफा नोट मा...