सम्पर्क

समाचार

१८ वर्षपछि हरि खत्री परिवारसँग पुनर्मिलन बाह्रबिसे नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक, बाह्रबिसे–७ डाँडागाउँका हरि खत्रीको परिवारसँग पुनर्मिलन भएका छन् । ‘बिचारी’ उपनामले चिनिने खत्रीलाई सामाजिक अभियन्ता अर्जुन भुसालले परिवारसँग भेट गराउनुभएको हो । गरिबी र कठिन जीवनका कारण परिवार टुटेका खत्रीका छोराछोरी आश्रममा हुर्केका थिए । उहाँहरूले १८ वर्षपछि बाबुसँग भेट्ने अवसर पाउनुभएको छ । आर्थिक र सामाजिक कठिनाइ झेलिरहेका खत्रीलाई बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले घर निर्माण, तत्काल दुई लाख रुपैयाँ सहयोग, रोजगारीको व्यवस्था, खाद्यान्न तथा लत्ताकपडालगायतका सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यससँगै नागरिकता नहुँदा समस्या झेलिरहेका खत्रीका सन्तानलाई पनि नगरपालिका आफैंले नागरिकता उपलब्ध गराउने भएको छ ।...

बिनोद नेपाल स्मृति फाउण्डेसनको सहयोगमा इन्द्रेश्वरीमा इन्जिनियरिङ अध्ययन गरेका २ विद्यार्थी सम्मानित

ब्रेकिङ न्युज १, समाचार
बिनोद नेपाल स्मृति फाउण्डेसनको छात्रवृत्तिमा मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गरेका २ जना विद्यार्थीलाई सम्मानपत्र द्धारा सम्मान गरिएको छ । कक्षा ९ देखि १२ सम्मको प्राविधिक संकाय अन्र्तगत सिभिल इन्जिनियरिङ्ग तर्फको सव इन्जिनियर कोर्ष सफलतापुर्वक सम्पन्न गरेका विद्यार्थीलाई थप सफलताको कामना सहित आज सम्मान गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । सम्मानित हुनेमा मेलम्ची १०का राजु दनुवार र मेलम्ची ६की निरुता आचार्य रहेको फाउण्डेशनका सचिव रोहिणिराज नेपालले बताउनुभयो । फाउण्डेशनले अहिले इन्द्रेश्वरीमा ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । भने आगामी बर्षबाट कक्षा ९मा अध्ययन गर्नेलाई समेट्न नसकिने उल्लेख गरिएको छ । समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालक...

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

ब्रेकिङ न्युज २, समाचार
नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । उक्त स्थानको यात्रु सहायता कक्ष भोलिदेखि सञ्चालनमा आउनेछ । “यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु ...

आज देशभर सार्वजनिक बिदा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
काठमाडौँ, १ असोज : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” रासस...

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, १ असोज : आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी बिहीबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख...

असोज १ गते शोक दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

ब्रेकिङ न्युज १, समाचार
मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्वपूर्ण निर्णय गरेको छ । आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ । घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय...

मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

कृषि, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ३० भदौः नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई आइतबार साँझ नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुनुहुन्छ । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा...

माओवादी ,राप्रपाकाकार्यकता लगाएतले आगजनी गरे ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अधिराजकुमार बस्नेत नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजीको आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताउँनु भएको छ ।पूर्वमन्त्री बस्नेतले आइतबार आफ्नो बालकोटस्थित घरमा उपस्थित कार्यकर्ताहरुको भेटमा यस्तो बताउँनु भएको छ। उँहाले आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि चोखो नदेखिएको स्पष्ट पार्नु भयो । ’जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ। राप्रपा पनि चोखो देखिएको छैन। ‘सिसिटिभी फुटेजहरु बाहिर आइरहेका छन् भन्नु हुँदै ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ। मेरै घर तिनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ। रास्वपा पनि सक्रिय भएको देखिन्छ। स्वदेशीमात्र छैन। विदेशी पनि देखिएका छन् भन्नु भएको छ । भदौ २३ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित निवास र बालकोटस्थित निवास आगजानी भ...

‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेलाई सहिद घोषणा, सरकारद्वारा प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति

ब्रेकिङ न्युज २, समाचार
सरकारले भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । साथै, मृतकका परिवारलाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति दिने घोषणा गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि प्रदर्शनमा ज्यान गुमाउने परिवारलाई आर्थिक क्षतिपूर्ति दिने निर्णयमा मैले हस्ताक्षर गरेकी छु ।” त्यसैगरी, सरकारका तर्फबाट घाइते भएकालाई उपचार खर्च उपलब्ध गराउने, मृतक परिवारलाई काठमाडौँमा बस्दा लाग्ने खर्च व्यहोर्ने तथा शवलाई स्थानीय तहसम्म पु–याउने व्यवस्था गर्ने निर्णय भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनका...

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक...