सम्पर्क

समाचार

अरनिको राजमार्ग लगाएतका क्षेत्रहरुमा सवारी आबत जाबतमा रोक

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यलय सिन्धु पाल्चोकले असोज १७ गतेदेखि २० गतेसम्म साँझ ७ बजे देखी बिहान ५ बजे सम्म अरनिको राजमर्ग साहयक मार्ग हरुमा एम्बुलेन्स, शबबहान,दम्कल र सुरक्षा निकायका साधन बाहेक अरुलाइ रोक लगाएको जिल्ला स्थित सुरक्षा समितीको बैठकले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको आकस्मीक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नदी किनारा छेउ छाउ बस्नेलाइ सुरक्षित स्थानमा राख्ने , बिपदका कारण कुनै घटना घटेमा तत्काल स्वास्थ्य उपचार का लागी सबै तैयारी अबस्थामा राख्ने सबै सुरक्षा निकाय, सामाजीक सघ सस्था,रेडक्रस सबै तैयारी अबस्थामा बस्ने लगाएतका निर्णय हरु भएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन सतर्क रहन सबैमा अनुरोध गरेको छ । यसै बिच जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजद...

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
धरान (सुनसरी), १७ असोजः यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनुभएको छ । उहाँले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहुनभएको हो । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।” धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुना...

विपी राजमार्गमा रातिमा सवारी सञ्चालनमा रोक

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, १६ असोजः बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन भनेको हो । राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धूलीसीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी...

हराउँदै मौलिक संस्कृति, भेटिन छाडे दसैँमा लिङ्गे पिङ

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
ढोरपाटन (बागलुङ), १५ असोजः दसैँ पर्वसँग लिङ्गेपिङको नजिकको साइनो छ । पहिले पहिले दसैँका बेला गाउँ, सहर जताततै लिङ्गेपिङ बनाइन्थ्यो । अझ गाउँकाडाँडा र चौतारामा त झन् एकै ठाउँमा धेरै पिङ हुन्थ्ये । तर पछिल्लो समय गाउँमा एउटा पनि लिङ्गेपिङ भेट्याउन मुस्किल पर्छ । बाँसका बाला र बाबियोको लठारो बाटेर बनाइएको पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्म मच्चीमच्ची खेल्ने पिङ नहुँदा दसैँ अल्ली खल्लो जस्तो हुन थालेको बुढापाका बताउँछन् । चौतारामा बनेका पिङ वर्षौँदेखि छुटिएका गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा हुने माध्यम बन्थ्यो । अहिले ती डाँडा र चौतारा सुनसान छन् । पहिले पिङका बला गाडेका डोब पनि पुरिइसकेका छन् । अचेल गाउँमा पिङ बनाउन छोडेपछि बाँसघारी झाँगिदै छन् भने भिरको बाबियो पनि प्रयोग हुन छाडेको छ । कोही पनि वनमा पुगेर बाबियो ल्याएर डोरी पनि बाट्दैनन् । गाउँमा पिङका लागि लठारो बाट्ने सीप भएका पनि...

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोज: जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ । विभागकी मौसमविद् विनु महर्जनले रासससँग भन्नुभयो, “हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।” उहाँले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट द...

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाडौँ, १४ असोज : हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी...

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १३ असोजः राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो । फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती ...

आज घर घरमा फूलपाती भित्र्याइँदै

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ असोज : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी...

वडा स्तरिय अध्यक्षकप पुरुष भलिबलको उपाधि भुमेस्थान आधारभुतलाई

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
दोस्रो मेलम्ची -१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभुत विद्यालयले जितेको छ ।सितलादेवी माबिमा आज सम्पन्न फाइनलमा काफ्लेखोला युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै भुमेस्थानले लगातार दोस्रो बर्ष पनि उपाधि जितेको हो । प्रतियोगितामा वडाका ७ टिम सहभागी रहेका थिए ।बिजेतालाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।कलाकारहरु प्रतिमा अर्याल, प्रदिप रोक्का, निमेश दाहाल लगायतको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक प्रल्हाद ढुंगेलले जानकारी दिनुभयो ।पहिलोले २५ दोस्रोले २० र तेस्रो नबज्योतिले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।...

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १२ असोजः गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ । आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनु...