सम्पर्क

समाचार

डडुवाको ऐतिहासिक थान्मारे डाँडामा जन्मोत्सव पार्क निर्माणको शुभारम्भ

डडुवाको ऐतिहासिक थान्मारे डाँडामा जन्मोत्सव पार्क निर्माणको शुभारम्भ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ मा शुभ जन्मोत्सव पार्क बन्ने भएको छ । नेपाल बिद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आफ्नो चौवन्नौ जन्म दिनको अवसरमा वडा नं. १४ को थान्मारे डाँडामा बिरुवा रोपेर जन्म दिन मनाउँने क्रममा सहभागीहरुले यस्तो बताएका हुन् । ९२ बर्षीय पण्डीतनी बज्यै देवकी सिग्देलले आयोगका अध्यक्ष धिताललाई आशिर्बाद दिदै माला र दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिनुभयो । स्थानीय पत्रकार नेत्र बहादुर बस्नेतको जन्मदिन पारेर गत असोज ३ गते उक्त स्थानमा बृक्षरोपण गरिएको थियो । उक्त दिन वडाअध्यक्ष उद्धब नेपालका छोरा उत्सव नेपालको पनि जन्मदिन परेको र सोही दिन उहाँले समेत बृक्षरोपण गर्नु भएको थियो । सोही स्थानमा मंसीर ११ गते धितालले पनि बृक्षरोपण गर्नु भएको हो । जन्मदिनलाई सत्कर्ममा जोडौ भन्ने अभियानका राष्ट्रिय संयोजक गोबिन्द चौलागाईको बिशेष अतिथ्यतामा भएको उक...

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

ब्रेकिङ न्युज १, समाचार
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिनुभयो । पुरातत्व विभागले पनि कोषलाई फलामका बार र फलामबाट बनाइएको आकाशेपुल हटाउन भनेको थियो । विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिनुभयो । रासस...

मेलम्चीमा दुई सामुदायिक वन नर्सरी केन्द्र वडा कार्यालयलाई हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
 मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र आज एक कार्यक्रममार्फत सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोग, सब–डिभिजन वन कार्यालय मेलम्चीको समन्वय तथा करुणा ट्रस्ट र रिड नेपालको आर्थिक–प्राविधिक सहयोगमा निर्माण भएका दुवै नर्सरी केन्द्र आजदेखि स्थानीय तहको जिम्मामा पुगेका हुन् । हस्तान्तरण कार्यक्रममा रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले नर्सरीहरूमा अम्बा, तेजपात, मसला जातका बिरुवा, सुन्तला, धुपी, बुद्धचित्त, पारिजातसहित दर्जनौँ प्रजातिका विरुवा उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरी सञ्चालनले स्थानीय प्रजातिको संरक्षण, विस्तार र आर्थिक सम्भावनासमेत वृद्धि गर्नेछ । कार्यक्रममा मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधान, वडा नं. १३ का अध्यक्ष श्रीरा...

सार्वजनिक यातायातमा लैङ्गिक तथा जेष्ठ–अपाङ्गता मैत्री सेवा निरीक्षण

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक ।  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक यातायातमा लैङ्गिक मैत्री व्यवस्था तथा जेष्ठ नागरिक–अपाङ्गता मैत्री सेवाको अवस्था बुझ्न स्थलगत निरीक्षण गरेको छ । मंगलबार गरिएको निरीक्षणका क्रममा चौताराको बसपार्क तथा टुडिखेल आसपास सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूमा लैङ्गिक हिंसा रोकथाम सम्बन्धी जनचेतनामूलक स्टिकर टाँस्ने कार्य पनि गरिएको नगरपालिका उपप्रमुख सिता थापाको भनाई छ ।  विशेषगरी सार्वजनिक यातायातमा महिलामाथि हुने दुव्र्यवहार तथा हिंसा न्यूनीकरण गर्ने उद्देश्यले स्टिकर टाँसिएको हो। यसले यात्रुहरूले हिंसा पहिचान, जानकारी तथा प्रतिकारका उपायबारे सचेतना पाउने अपेक्षा गरिएको छ। निरीक्षण तथा स्टिकर टाँस्ने कार्यक्रममा नगरपालिका उपप्रमुख थापा, महिला तथा बालबालिका शाखाका कर्मचारी, महिला संजालका प्रतिनिधि, पत्रकार तथा नेपा...

मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा अभिमुखिकरण

कृषि, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा अभिमुखिकरण गरिएको छ । मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङकाे अध्यक्षता,उपप्रमुख उमा प्रधानज्यु, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र,साइवर व्युराेका प्रहरी निरीक्षक सतेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुख,वडा अध्यक्ष,कार्यपालिका सदस्य,संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवाला हरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । मेलम्ची नगरपालिकाकाे आयाेजना र महिला आत्म निर्भरता केन्द्र, फेयरमेडकाे समन्वय र सहयाेगमा लैङ्गिक संवेदनशिलता सम्बन्धि अभिमुखिकरण, म हिंसा गर्दिनँ र हिंसा सहदिन्न भन्ने मर्मका साथ लगाइने सेताे रिवन वितरण गरि सम्पन्न भएकाे छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ ,नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ यस बर्षकाे राष्ट्रिय नारा -"प्रविधिको सहि प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं नाराका ...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पावन शुभारम्भ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
(मंसिर ९, २०८२) मा पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकमा दीप प्रज्वलनसहित शुभारम्भ गरियो। उज्यालो दीपशिखाले अन्धकार हटाएझैँ, हिंसा, विभेद र असमानताबाट मुक्ति पाउने सामूहिक प्रतिज्ञाको प्रतीक बनेको यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती सुनिता अधिकारी ज्युले आध्यात्मिक आस्था र सामाजिक उत्तरदायित्वको सन्तुलित स्वरमा अभियानको उद्घाटन गर्नुभयो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई गाउँपालिका कार्यालयका कर्मचारीहरू स्वास्थ्य चौकीका कर्मचारी, महिला तथा बालबालिकाको क्षेत्रमा समर्पित संघ–संस्था प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो। सबैले एकै स्वरमा मानवताको मूल सार—गरिमा, सुरक्षा र सम्मान—लाई संस्थागत गर्ने प्रतिज्ञा व्यक्त गरे। अभियानलाई जनमुखी र हृदयस्पर्शी बनाउन उद्देश्यसहित सडक नाटक, विद्यालयस्तरीय वृत्तचित्र प्रदर्शनी, सीपमूलक तालिम तथा व्यक...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन आह्वान

ब्रेकिङ न्युज १, समाचार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशभर भव्यताका साथ मनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ । लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख तथा महिला विकास अधिकृत ममता विष्टले मन्त्रालय मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानलाई प्रभावकारी कार्यक्रमसहित मनाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार अभियानमा तीनै तहका सरकार, विद्यालय, विभिन्न सङ्घ–संस्था तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता अपेक्षा गरिएको छ। मन्त्रालयले आफ्ना संरचनामार्फत देशभर जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ । यस वर्ष अभियानको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’, र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौ...

भुम्लुमा जग्गाधनी पहिचान गर्दै लालपुर्जा दिइँदै

ब्रेकिङ न्युज २, समाचार
भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ । उनीहरुले ५० वर्षपछि लालपुर्जा पाउन थालेका छन् । यसका लागि जिल्लास्थित नापी र मालपोत कार्यालयका कर्मचारी जग्गाधनीको पहिचान गर्दै लालपुर्जा दिलाउन व्यस्त रहेका छन् । हालसम्म ५३१ जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराएको जिल्ला नापी कार्यालयले जनाएको छ । लालपुर्जाविहीन भुम्लुवासीलाई जिल्लास्थित नापी कार्यालय तथा मालपोत कार्यालयको पहलमा प्रक्रिया पु¥याएर औपचारिक रुपमा गत भदौदेखि वितरण गर्न थालिएको हो । उनीहरुलाई गत भदौ ३ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले लालपुर्जा वितरणको सुरुआत गर्नुभएको थियो । वि.सं.२०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपुर्जाको पर्खाइमा थिए । प्रारम्भिक चरणमा भुम्लु–७ र ८ का ४३१ जग्गाधनीलाई लालपु...

शिक्षा सबैको जन्मसिद्ध अधिकार, सशक्तिकरणमा कुनै कसर बाँकी रहने छैन: नगर प्रमुख तामाङ

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
मेलम्ची, सिन्धुपाल्चोक । शिक्षालाई सबै नागरिकको जन्मसिद्ध अधिकारका रूपमा व्याख्या गर्दै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले शिक्षा क्षेत्र सुदृढीकरणका लागि नगरपालिकाले आवश्यक पर्ने कुनै पनि मूल्य चुकाउन पछि नपर्ने बताउनु भएको छ । आइतबार श्री क्यौले ठाना आधारभूत विद्यालयमा आयोजित न्यानो कपडा, झोला तथा खेलकुद सामग्री वितरण कार्यक्रममा बोल्दै उँहाले शिक्षा क्षेत्रमा लगानी गर्नु दीगो विकासको आधार भएको बताउँनु भएको हो । प्रमुख अतिथीको आशनबाट बोल्दै नगर प्रमुख तामाङले विद्यालय, विद्यार्थी र शिक्षकलाई आवश्यक पर्ने सामग्री तथा सुविधालाई नगरपालिकाले निरन्तरता दिएको स्मरण गराउँदैं समृद्ध र शिक्षित समाज निर्माण हाम्रो सामूहिक लक्ष्य रहेकोले सबै अभिभावकले बालबालिकालाई पठनपाठनका लागि नियमित विद्यालय पठाउन आग्रह गर्नु भयो । कार्यक्रम विद्यालयका पूर्वविद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समिति सद...

पत्रकार महासंघ काठमाडौको रक्तदान कार्यक्रममा ५५जना

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ५५जनाले रक्त दान गर्नु भएको शाखाकी अध्यक्ष शोभा अर्यालले जानकारी दिनु भयो ।       उँहाका अनुसार कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, महासचिब राम प्रसाद दाहल लगाएत उपस्थित हुनुभएको थियो भने विविध कारणले ५५ जनाले मात्र रगतदान गर्न सक्नुभयो। छोटो सूचना हुँदाहुँदै पनि उत्साहपूर्वक सहभागी सहभागी भएको बताउँनु हुँदै अर्यालले उपस्थ्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ भन्नु भयो। यस अबशरमा छोटै समयमा पनी नेपाल पत्रकार महासघं काठमाण्डौले आयोजना गरेको रक्तदान कार्यक्रममा उपस्थित हुनुहुने एमाले नेतृ बिन्दा पाण्डे, प्रेस चौतारी अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर सचिव सुरेन्द्र चालिसे, पूर्व अध्यक्ष इश्वरी वाग्ले, युवराज बिद्रोही, निवर्तमान अध्यक्ष सूर्य सु...