सम्पर्क

समाचार

राजनीतिक विकृति विरुद्ध मेरो उम्मेदवारी ः स्वतन्त्र उम्मेदबार खनाल

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
    दमक । सामाजिक अभियान मार्फत आफ्नो छुटै पहिचान बनाउँनुभएका रेवतीरमण खनालको परिचय यतिबेला फेरीएको छ । खनाल यतिबेला झापा क्षेत्र न. ५ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । राजनीतिक विकृति विरुद्ध आफूले उम्मेदवारी दिएको बताउने खनालको चुनाब चिन्ह भने घण्टाघर रहेको छ । नेपाली राजनीति विकृति बढदै गएकाले त्यसलाई चिर्न आफूले राजनीतिमा होमिएको र स्वतन्त्र उम्मेदवारी दिएको खनालको भनाई छ । लामो समय सञ्चार क्षेत्रमा काम गरेर सामाजिक अभियानमा जोडिनुभएका खनालको झापा क्षेत्र नं ५ मा राम्रो प्रभाब रहेको छ । एमाले अध्यक्ष केपी ओलीसँग उनको चुनाबी भिडन्त हुदैछ । झापा जिल्ला गौरादह नगरपालिकाका बडा ५ का स्थायी बासिन्दा खनालले नेपाल सरकारको अस्थायी जागिरको अनुवभ का साथै शिक्षण पेशामा समेत काम गर्देै रहँदा शिक्षा बाड्नु पर्छ र यो सबैले पाउनु पर्छ भन्ने मान्यता राख्ने खनालले ...

निर्वाचन नजीकीदै गर्दा दलहरुका कार्यक्रममा तिब्रता

अन्तर्वाता, ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मंसीर ४ गते को दिन नजीकीदै गर्दा चुनावी प्र्तिस्पर्धामा रहेका दलहरु ले बिभिन्न कार्यक्रम गर्दै मतदातालाइ आफ्नो पक्षमा तान्न थालेका छन । नेपाली काँग्रेस सहीत नेकपामाओबादी, नेकपा समाजबादी, राष्ट्रीय जनमोर्चा ले सयुक्त रुपमा गठबन्धनका उम्मेद्वारलाइ जिताउँन अपील गरे सँगै गठबन्धन दलहरुले शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाइ तिब्रता दिइरहेका छन । यसै सन्धर्भमा गठबन्धनका तर्फबाट बिहीबार राजधानीमा एक कार्यक्रम भएको छ। कर्यक्रममा प्रमुख अतिथीको तर्फबाट शुभकामना दिदै पुर्ब मन्त्री नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिनिधी सभा क्षेत्र न २का उम्मेदवार मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा बिकासका लागी आफुले निर्वाचन लडेको बताउँदै टुरीष्ट भनेको केहो? स्पष्ट हुन पर्ने बताउँनुभयो । आफु समग्रमा दुखी पिडीतलाइ सहयोग गर्दे आएको, बिकासका काममा आफुले गरेका कामहरुको नागरिकले मुल्याकंन गरिरहेको बत...

नेपाल ज्योतीष परिषद जिल्ला कार्यासमिती गठन

#, ब्रेकिङ न्युज २, समाचार
नेपाल ज्योतीष परिषद सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिबेशन बुध बार सम्पन्न भएको छ । नेपाल ज्योतीष परिषद केन्द्रीय उपाध्यक्ष लेखनाथ न्यौपानेको प्रमुख आतित्थ्यतामा चौतारामा सम्पन्न भएको हो । परिषदका केन्द्रीय सदस्य शिबलाल पौडेल,बिशेष अतिथी र बागमती प्रदेश का अध्यक्ष बिष्णु प्रसाद तिमिल्सीना लगाएत बरिष्ठ ज्योतिषहरुको उपस्थितीमा भएको सभाले ज्योतीष परिषद जिल्ला कार्यासमिती समेत चयन गरेको छ । गणेश प्रसाद पौडेल को अध्यक्षतामा गठीत कार्य समितीमा उपाध्यक्ष तेज नारायण सापकोटा सचिव सुर्य पौडेल सहसचिव हरिप्रसाद सापकोटा कोषाध्यक्ष बाबुराम नेपाल रहनु भएको छ । यसै गरी सदस्यहरुमा शम्भु प्रसाद नेपाल, भुपेन्द्र भट्टराई, याम प्रसाद शर्मा चयन हुनु भएको छ । स्वस्तीक मन्त्र वाचन गर्दै मैन बत्ती बालेर प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष लेखनाथ न्योपानेले एकसमारोहका बिच कार्यक्रम उद्धघाटन गर्नु भएको थियो । कार्यक्रमको...

भोटेकोशी आसपास केन्द्रविन्दु भएर भुकम्प

ब्रेकिङ न्युज १, समाचार
बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भुकम्प मापन तथा सुचना केन्द्रका मुकुन्द भट्टराईका अनुसार सिन्धुपाल्चोक जिल्ला र चिनियाँ सीमा क्षेत्र आसपास केन्द्र भएर भूकम्प गएको हो । काठमाडौं उपत्यका, रामेछाप ओखलढुङ्गा लगायत चिनियाँ सीमा क्षेत्रसँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ ।...

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन ३३ दिन बाकीे छ । निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती, मधेश र प्रदेश–१ का...

तापक्रम घटेसँगै चिसो बढ्दै

ब्रेकिङ न्युज २, समाचार
मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रह...

बिभिन्न कार्यक्रम गरी मनाइयो ६७ औ प्रहरी दिवस

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सोमबार नेपालमा देसैभर ६७ औं प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यसरी दिबस मनाउँने सिलसिलामा सिन्धुपाल्चोकमा पनी प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको प्रमुख अतिथ्यतामा दिबस मनाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्राङ्गणमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बेदनिधि खनालको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यलयको कार्यालय प्रमुख प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव सभापतीत्वमा दिबस मनाइएको हो । अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गर्नु हुँदै प्रमुख अतिथी खनालले आफ्नो कर्तब्य पालना गर्ने सिलसिलामा बिभिन्न मितीमा ज्यानगुमाएकाहरुको अत्मा शान्तीको कामना गर्नु भयो । कार्यक्रममा टेबुल टेनिस, प्रतियोगितामा प्रथम र द्धितिय हुने प्रहरी कर्मचारीहरूलाई प्रमाण(पत्र वितरण र यस कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत रहेका उत्कृष्ट कार्य गर्ने प...

सङ्कटमा मादल व्यवसाय

ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ...

हाम्रो नेपालपाटीलाइ आयोगको स्पस्टीकरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ । ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ । स्पष्टीकरण सोधिएकामा पहिलो हुने निर्वाचित हुने तर्फ काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्...

मेलम्चीमा अनलाईनबाटै योजना सम्झौता

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाईन शिष्टमबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्ता मार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरुवात भएपछि अनलाईन विधिबाट सुरुवात गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले जानकारी दिनुभयो । उहाँका अनुसार २० लाख भन्दा मुनिका योजनाहरुको उपभोक्ता मार्फत अनलाईन शिष्टमबाट सम्झौता गरिएको हो । ‘उपभोक्ता मार्फत गरिने योजनाहरुको पारदर्शिता कायम गर्नका लागि सबै योजनाहरु अनलाईन मार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख आईतमान तामाङले बताउनुभयो । उहाँका अनुसार सबै वडाहरुमा यो प्रक्रिया थालिएको छ । १० लाख भन्दा माथिका योजनाहरुमा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नु पर्ने प्रावधान समेत राखिएको तामाङले बताउनुभयो । नगरपालिकाले १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिसकेको छ । ...