सम्पर्क

समाचार

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदा...

उज्यालो नेपाल सिन्धुपाल्चोक -२ का उमेद्वार तामाङको घरदैलो अभियान सुरु

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
उज्यालो नेपाल पाटी सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रत्यक्ष तर्फका उमेदवार रामसिं तामाङले घर दैलो अभियान सुरु गर्नुभएको छ । जिल्लाको हेलम्बु क्षेत्रबाट उँहाले घर दैलो अभियान सुरु गर्नुभएको हो । उहाँले स्थानीयको समस्या सुन्दै पाटिका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भएका काम र अबको सरकारको नेतृत्व उज्यालो नेपाल पाटीको बनाउन भोट गर्न आग्रह गर्नुभयो ।उहाँले अबको एकमात्र बिकल्प उज्यालो नेपाल रहेको बताउदै सिन्धुपाल्चोक र देश बनाउन आफ्नो पाटिले मात्र सक्ने बताउनुभयो । सुशासन समृद्ध र सामाजिक न्यायको लागि र भावी पुस्ताहरूको भविष्यको लागि उज्यालो नेपाल पार्टी उज्यालो नेपाल बनाउन र उज्यालो सिन्धुपाल्चोक बनाउन अगाडि बढेको उहाँको भनाई छ ।...

जनजागृतीका प्रअ र शिक्षक प्रहरी नियन्त्रणमा

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ रहेको श्री जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक र एक शिक्षक पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकमा राखीएको छ । सोही बिद्यालयकी कक्षा ७ मा अध्ययनरत१२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार प्रयास भएको आरोपमा विद्यालयका प्रधानाध्यापक सहीत सोही बिद्यालयका शिक्षक पक्राउ परेको जल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो । उँहाकाअनुसार दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । पीडित पक्षकाअनुसार माघ १२ गते साँझ विद्यालय नजिकै रहेको स्टेसनरी पसलमा पेन्सिल किन्न गएकी बालिकामाथि शिक्षक जितराज गिरीले दुव्र्यवहार प्रयास गरेको आरोप लागेको छ । घटनापछि बालिकाले साथीसँग कुरा खोलेपछि माघ १३ गते विद्यालयमा घटना सार्वजनिक भएको थियो ।पीडित पक्षले प्रधानाध्यापक ध्रुवराज गिरीले घटना का...
स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
स्वास्थ्यको लागि खेलकुदको अती महत्वपुर्ण भुमिका हुने बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।उँहाले असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्नका लागी खेलको आवश्यक हुन्छ, त्यसैगरी खेलकुदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेल केटाकेटी र युवायुवतीहरूको मानसिक तथा शारीरिक विकासका लागि अती आवश्यक छ भन्नु भयो । बाह्र्बिसे नगरपालिका द्धारा आयोजित सातौ राष्टपती रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । किताबी ज्ञान सँगसँगै खेलको बिकासले नै नगरको बिकास हुने आफुले पाएको बताउँनु हँुदै बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट आफु नगर प्रमुख भए पछी भएको शिक्षाको बिकासका कारण आफुलाइ खुशी लागेको बताउँनु भयो । निशुल्क शिक्षा निशुल्क स्वास्थ्य, खानेपानीको व्यवस्था गरेर नागरिकको समस्या ...
सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आग्रहमा निर्वाचन आयोगले सदरमुकाम चौतारामा मिडिया हाउस स्थापना गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सहज रिपोर्टिङको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ १४ गते मिडिया हाउस स्थापना गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै रहेको मिडिया हाउसमा झण्डै ३० सञ्चारकर्मी सँगै बसेर काम गर्न सक्ने छन् ।मिडिया हाउसमा इन्टरनेट, टेबुल र कुर्शीको व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको नजिक बसेर काम गर्दा सही सूचना प्रवाह हुने निर्वाचन क्षेत्र नं. १ का सहायक मतदान अधिकृत हेमा पाण्डेले बताउनु भयो । आजैदेखि जिल्लाका सञ्चारकर्मीहरुले मिडिया हाउसमा बसेर काम गर्न सक्ने छन् ।खास गरी मतदानको दिनदेखि मतगणना सम्पन्न नभएसम्मको समयको रिपोर्टिङ गर्न मिडिया हाउसले सञ्चारकर्मीहरुलाई लाभ दिने विश्वास महासंघ ज...
पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा बुधबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थितमा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट विभिन्न विधेयक तथा नियमावलीहरू पारित गरिएको गाउँपालिका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।...
सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू घरदैलो र गाउँस्तरका भेटघाटमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। उनीहरूको मुख्य एजेन्डा भनेको स्थानीय विकास र रोजगारी सिर्जना हो । सिन्धुपाल्चोकमा दुई प्रतिनिधि सभा क्षेत्रका लागि १५ राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारसहित कुल ३६ जना मनोनयन दर्ता गरिसकेका छन् । यस वर्षको चुनावी मैदानमा दोहोरिएका उम्मेदवार र नयाँ अनुहार दुवै देखिएका छन् । पुराना एमालेका उम्मेदवार शेरबहादुर तामाङले ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजना विस्तार, सिँचाइ सुविधा र शिक्षा–स्वास्थ्यका अधुरा काम पूरा गर्ने योजना अघि सार्नुभएको छ । तामाङ भन्नुहुन्छ “हामीले अघि बढाएका विकासका कामलाई निरन्तरता दिनु हाम्रो मुख्य प्राथमिकता हो । गाउँलेलाई प्रत्यक्ष असर पर्...
सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

सिन्धुपाल्चोक–२ मा १८ उम्मेदवारः शिक्षादेखि अनुभवसम्मको चुनावी चित्र

Uncategorized, कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
रुपक पुरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहोल तातिँदै गएको छ । गाउँ–बस्ती, चिया पसल र चौतारीमा उम्मेदवारका नामसँगै उहाँहरूको पृष्ठभूमि र क्षमताबारे चर्चा चल्न थालेको छ । यसपटक यहाँ १८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसले चुनावलाई बहुपक्षीय र प्रतिस्पर्धात्मक बनाएको छ । निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक–२ बाट १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र तीन जना स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा रहनु भएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न पाएपछि सबै उम्मेदवार मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त रहनु भएको छ । आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरणले उम्मेदवारहरूको शैक्षिक र सामाजिक पृष्ठभूमि उजागर गरेको छ । यस सूचीमा एसएलसीदेखि पीएचडीसम्मका शैक्षिक योग्यता भएका उम्मेदवार छन् । केही उम्मेदवार गाउँकै जनजी...
४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

४५ वर्षदेखि भाँडाको भारी बोकेर व्यापार गर्दै सिन्धुपाल्चोकका व्यापारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
गलेश्वर (म्याग्दी), १३ माघः सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आउनुभएका छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का फूलबहादुरसहित अन्य तीन जना व्यापारीले भाँडा बिक्री गर्न ४५ वर्षदेखि घुमन्ते जीवन बिताइरहनुभएको हो । धादिङका चेतबहादुर विक र विसु गुरुङ पनि तामाङसँगै पिँठ्यूमा डोकाभरि भाँडा बोकेर बिक्री गर्न म्याग्दीको सदरमुकाम बेनीसहित यहाँका छवटै स्थानीय तह सबै बस्तीमा पुग्ने गरेका विसु गुरुङले बताउनुभयो । उहाँहरूले पर्वतको अर्मादीमा भाँडाभण्डारण गरेर राख्नुभएको छ । गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने यकीन छैन । तर, पनि बाबुबाजेको पालादेखि यही पेसा गर्ने गरेकाले आफूले पनि निरन्तरता दिएको फूलबहादुरले बताउनुभयो...
मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

मेलम्चीमा ३ दिने CoPoMIS तालिम सुरु

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
देबराज सुबेदी,मेलम्ची नगरपालिका आयोजनामा नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूका लागि सहकारिता तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (CoPoMIS) सम्बन्धी तीन दिने आवासीय तालिमको सुरु भएको छ । मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको तालिममा प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल लगायतको उपस्थिति रहेको थियो। तालिममा मेलम्ची नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी गरी जम्मा २७ जना सहभागी रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने यस तालिममा सहकारी ऐन, नियमावली, सहकारी सुशासन, CoPoMIS प्रणालीमार्फत तथ्यांक प्रविष्टि तथा व्यवस्थापनका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमका प्रशिक्षक नविन मैनाली रहनुभएको छ। नगरपालिकाले सहकारी क्षेत्रको क्षमता विकास, सुशासन र प्रविधिमैत्री व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश...