सम्पर्क

समाचार

तेक्वान्दो प्रतियोगिताको क्योरुगी र पुम्से दुबै विधामा हिराहरी प्रथम

खेलकुद, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – ५ बनदेबी मावि भुलभुलेमा प्रथम हिराहरी नगर स्तरिय क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ । क्योरुगी तर्फ १३ स्वर्ण, १ रजत, २ कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञकझ टिम प्रथम, ४ स्वर्ण, ४ रजत सहित तातोपानी तेक्वान्दो डोजाङ्ग द्वितीय र १ स्वर्ण , ७ रजत , २ कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञखझ तृतीय भएको छ । पुम्सेतर्फ भने ७ स्वर्ण , ३ रजत, १ कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञकझ टिम प्रथम, ४ स्वर्ण, १ रजत, कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञखझ द्वितीय र १ स्वर्ण , २ रजत , १ कास्य सहित तातोपानी तेक्वान्दो डोजाङ्ग तृतीय भएको छ । हिराहरी तेक्वान्दो डोजाङ्ग स्थापनाको ८ औं बार्षिक उत्सबको सु अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक सहयोग, नगर खेलकुद विकास समिति र नगर शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र हिराहरी तेक्वान...

मण्डनदेउपुरमा कृषक दिवस सम्पन्न

समाचार
काभ्रेपलाञ्चोक कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर वडा नं। ३ र ४ मा सञ्चालन भएको प्राङ्गारिक बिधिकोले सञ्चालने गरेको आइपिएम कृषक पाठशालामा आज कृषक दिवस मनाईएको छ । कृषक दिवसको अवसरमा कृषकले प्राङ्गारिक बिधिको आइपिएम कृषक पाठशालामा सिकेका ज्ञान, सीप, दक्षता र क्षमतालाई गीत, कविता, अभिनय, प्रदर्शनी लगायतका बिधी प्रयोग गरी व्यक्त गरिएको उक्त समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि मन्डन देउपुर नगर प्रवक्ता एबं नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईँले संस्थाको सहयोगले प्राङ्गारिक कृषि मार्फत स्वस्थ कृषि उपजको उत्पादन र उपभोग गर्ने कृषक तथा उपभोक्ता बृद्दी भएका छन्, वडा तथा पालिकाबाट प्राङ्गारिक कृषि उपजका लागि साझेदारी अवधारणामा काम हुन थालेको साथै उत्पादनलाई ठुला सहरमा बजारीकरणको पहल गर्न आफु...

गाउँमै उपचार पाएपछि स्थानीय खुसी

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पृथ्वीजंग पाण्डे /पिस्कर गाउँमा नै दाँत उपचार गर्न पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–४ का नागरिक खुसी भएका छन् । गाउँमा स्वास्थ्य शिविर लिएर पुगेको विशेषज्ञ चिकित्सक सहितको टोलीले दुई सय ६३ जनाको दाँतको उपचार गरेको हो । जेठ १८ गते शुक्रबार गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले निशुल्क स्वास्थ शिविर कार्यक्रमको पिस्कर स्वास्थ चौकीमा शुभारम्भ गर्नुभएको थियो । जेठ १९ गते शनिबार पालिकाको ६ वटै वडाको स्थानीयलाई सेवा दिएर बृहत स्वास्थ शिविर सम्पन्न भएको हो । साथी फाउण्डेशन नेपाल,त्रिपुरासुन्दरी गाउककंपालिका,सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकको आयोजना र समाज डेन्टल अस्पतालको प्राविधिक सहयोग र स्थानीय कार्यकुशल युवा क्लब पिस्करको स्वास्थ शिविरमा सहकार्य रहेको थियो । दुई दिने निःशुल्क बृहत् दन्त तथा स्वास्थ्य परीक्षण शिविरबाट गाउँमा नै दाँत सम्बन्धी सेवा लिन पाएको भन्दै स्थानीय राम बहादुर थामीले ...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छः मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
भक्तपुर, १९ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ ।सामुदायिक विकास तथा सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको २० औँ स्थापना दिवसको एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘सवारी दुर्घटनालाई कम गर्नका निम्ति लाइसेन्स दिँदा नै उनीहरूलाई ट्राफिक नियमका विषयमा धेरै नै प्रशिक्षित गर्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘कहाँ कसरी चलाउने ? कति छेउसम्म जाने ? कुन तर्फबाट क्रस गर्ने, ओभरटेक कसरी गर्ने ? भन्ने विषयमा एकदमै कन्ट्रोल गर्न आवश्यक छ ।’ट्राफिक प्रहरीले अहिले मापसे चेकजाँच गर्दै आएको कार्यको प्रशंसा गर्दै उहाँले नागरिकलाई असर नपर्ने गरी सहजी...

जिल्ला स्तरिय शिक्षक भलीबलको पहीलो पुस्कार जुगललाइ

खेलकुद, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जुगल गाउँपालिकाले जितेको छ ।शनीबार सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधी जितेको हो ।जुगलले उपाधीसंगै नगद ५० हजार र उपबिजेता मेलम्चीले ३० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा मेलम्चीले इन्द्रावती र जुगलले पाँचपोखरीलाई सोझोसेटमा पराजित गरेका हुन ।तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद २० हजार प्राप्त गरेको छ ।प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमर...

सिन्धुपाल्चोकमा बलेफी सबैभन्दा कम र हेलम्बु बढी बेरुजु

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तहमध्ये बलेफी गाउँपालिका सबैभन्दा कम बेरुजु रकम भएको गाउँपालिकाको सूचिमा सूचिकृत भएको छ । बलेफीले ० दशमलब ८० प्रतिशतअंक सहित कम बेरुजु रकम भएको पालिकाहरुमध्ये पहिलो बन्न सफल भएको हो ।महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षणपछि सार्वजनिक भएको प्रतिवेनद अनुसार १२ वटा पालिका मध्ये सबैभन्दा कम बेरुजु भएको पहिलो सूचिमा बलेफी गाँउपालिका छ भने सबैभन्दा बढी बेरुजु भएको पालिकामा हेलम्बु गाँउपालिका परेको छ । कम बेरुजु भएको सूचिको दोस्रो नम्बरमा त्रिपुरा सुन्दरी गाउँपालिका रहेको छ । त्रिपुराले १ दशमलब २७ अंक प्राप्त गरेको छ । हेलम्बुले ४ दशमलब ८१ प्रतिशक बेरुजु बनाउँदा जुगल गाउँपालिकाले ४ दशमलब २७ अंग सहित पछाडीबाट दोस्रो बनेको छ । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले प्रतिकूलताका बाबजुद बेरुजु रकम घटाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।...

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्याउनुभएको छ । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चाँडै सरकारले स्वदेशी वस्तुको उपभोग बढाउने धेयका साथ आगामी आर्थिक वर्षमा राष्ट्रिय जागरण थाल्ने बताउनुभयो । साना तथा लघु उद्यमीले विभिन्न समस्या झेल्नुपरिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले साना तथा लघु उद्यमीको संरक्षण सरकारले गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चाँडै उद्योग मन्त्रालयले स्वदेशी वस्तुको उपभोग सम्बन्धी नीति र कार्ययोजना ल्याउँदै छ, यो नीति लागू भएपछि जागरण अभियान सञ्चालन हुनेछ, तत्पश्चात स्वदेशी वस्तुको उत्पादन बढाउनु पनि अपरिहार्य छ, सरकारले उत्पादनकर्ता र उपभोगकर्ता दुवैलाई ...

लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने सुरेश श्रेष्ठ

समाचार
सन्जीब दुलाल लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताउनुभएको थियो । उहाँले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर हामीले बजेटमा उत्पादनलाई प्राथमिकता दिन नसक्दा जनताहरूको सङ्घीयता प्रति नै प्रश्न चिन्ह खडा भएको बताउनुभएको थियो । प्रदेशको आम्दानीको श्रोत भनेको पर्यटन क्षेत्र र घरेलु उत्पादन नै प्रमुख हो । पर्यटन क्षेत्रको विकास बिना अबको आर्थिक रूपान्तरणको पाटो सबल बन्न सक्ने अवस्था देखिँदैन तर पनि बागमती प्रदेश भित्रका सम्पदाको अवस्था बेहाल छ यिनको संरक्षण र प्रर्वदन गरी आर्थिक रूपान्तरणमा भूमिका निर्वाह गर्न बागमती प्रदेशसभा...

सुनकोशी गाउँपालिकाद्धारा १४४०० मै कृषकलाई ट्याक्टर

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले आफ्ना पालिकाका कृषकहरुलाइ १४४०० जम्मा गरेपछी नपुग १४२०० पालिकाले थप गरेर कृषकलाई मिनिटेलर(हाते ट्याक्टर) दिएको छ । कृषिमा यान्त्रिकरण गर्दै कृषिमा सुधार ल्याउने उदेश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका कृषकहरुलाई मिनिटेलर(हाते ट्याक्टर) उपलब्ध गराएको हो ।  गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिना ले गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुका लागि सहुलियतमा २ सय १० कृषकहरुलाई मिनी टेलर उपलब्ध गराएको बताउँनु भयो । उाहाका अनुसार गाउँपालिकाले मिनि टेलर खरिदका लागि विद्युती प्रणाली मार्फत इ–बिडीङ गरेको थियो । सबैभन्दा कम रकममा मिनि टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनि टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको थियो ।कुल २८ हजार ८ सय रुपियाँमा मिनि टेलर उपलब्ध गराएपछि गाउँपालिकाले त्यसको ५० प्रतिशत १४...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी 

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 'कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन । तल-तल त्यसको विषयमा जानकारी नै छैन', मन्त्री चौधरीले भन्नुभयो, 'आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू पछाडि सर्ने गरेको पाइन्छ ।'यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको ...