नेपाल भुतपुर्व सैनिक संघको क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित
मेलम्ची
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भुतपुर्व सैनिक संघ सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रिय अध्यक्षमा बोध बिक्रम पण्डित निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ को प्रथम क्षेत्रिय अधिवेशन बाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शनिवार भएको अधिवेशन बाट सचिवमा कृष्ण प्रसाद दुलाल, कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरूमा, सुदर्शन दनुवार, ईर लामा तामाङ, भक्त बहादुर श्रेष्ठ, शैलेन्द्र गीरि, सानुकान्छा तामाङ, ईन्द्र बहादुर तामाङ, शोम बहादुर तामाङ, चन्द बहादुर थापा, राजकुमार थापा, निल बहादुर खड्का र सन्च तामाङ निर्वाचित हुनुभयो । कार्यसमितिको उपाध्यक्षमा श्याम बहादुर तामाङ र राम बहादुर ठकुरी पनि आजै निर्वाचित हुनुभएको छ । उहाँहरूको आजै पदस्थापना गरिएको अध्यक्ष बोध बिक्रम पण्डितले जानकारी दिनुभयो । ...
