सम्पर्क

समाचार

पूर्व मन्त्री बस्नेतद्धारा वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ स्थित मिलनचोक थापागाउँमा नवनिर्मित वडाकार्यालय भवन र स्वास्थ्य चौकी भवन समुद्घाटन भएको छ । पुर्ब स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेतले एक समारोहका बिच मंगलबार उद्घाटन गर्नु भएको हो । बाह्रबिसे नगरपालिका वडा नं ३ मा निर्मीत नयाँ भवन उद्घाटनसँगै ४०२ जनाले स्वास्थ्य सेवा लिएका छन् । माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा बागमती प्रदेसका पुर्ब मन्त्री माननीय मसिना खड्का भण्डारीको बिशेष अतिथी र बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत उपप्रमु     ख मन्जु तामाङ लगाएतको अतिथ्यतामा र वडा अध्यक्ष जिबन कुमार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा निशुल्क स्वास्थ्य शिबीर समेत सञ्चालन गरिएको थियो । दुबै भवनको समुद्धघाटन गर्नु हुँदै माननीय मोहन बहादुर बस्नेतले जनताका माझमा आएर बिकासका काम गर्न पर्छ भन्नुहुँदै नेपाली काँग्रेसले नागरिक...

पूर्वमन्त्री दुलाल र सांसद नेपालद्धारा नवनिर्वाचित पत्रकाहरुलाई स्वागत

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल र प्रदेश सांसद अमृता नेपालले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२ औँ अधिबेशनको निर्वाचनबाट निर्वाचितहरुलाई स्वागत एवं सम्मान गर्नुभएको छ । मंसिर २८ गते सम्पन्न निर्वाचनमा आगमी ३ बर्षको लागि निर्वाचित महासंघको अध्यक्ष ध्रुव दंगाल लगायतलाई स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, अग्रज पत्रकार सुरेश कसजु पनि सहभागि रहेको थियो । सांसदहरुको स्वागतमा नवनिर्वाचित महासंघका उपाध्यक्ष दिपक अर्याल, उपाध्यक्ष कमला पख्रीन, सचिव टीका सुवेदी, सहसचिव देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ, कोषाध्यक्ष दीपक खत्री र सदस्यहरु किरण थापा, निर्मल बस्नेत, दिपीन ढुंगाना, बिपना तामाङ गोले, फुलमान तामाङ, बागमती प्रदेश सदस्य सुनीता रखाल, प्रदेश परिषद सदस्य रुपक पुरी लगायतका पत्रकारहरु...

चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले निजी क्षेत्रबाट स्वास्थ्य सेवा अत्यधिक महँगो भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र एउटा गतिशील क्षेत्र भएको बताउँदै दिनहुँ यस क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान भई नयाँ–नयाँ उपचार प...

सुविधा सम्पन्न भवन मात्रै भएर हुँदैन, गुणस्तरीय सेवा दिन सक्नुपर्छः काँग्रेस नेता बिल बहादुर तामाङ

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग (NCD) परामर्श कक्षा चौतारामा स्थापना भएको छ । आज बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले जनस्वास्थ्य कार्यालय चौतारामा स्थापना भएको परामर्श कक्षाको उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले तामाङले भवन कक्षाको मात्रै स्थापना गरेर केही उपलब्धि नहुने बताउनुभयो । सुविधा सम्पन्न भवन मात्रै भएर केहि हुदैन त्यहाँ दिने सेवा सुविधा पनि गुणस्तर हुनेपर्नेमा उहाँको जोड थियो । अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नलाई आफुले सकेको सहयोग पनि गर्ने उहाँले बताउनुभयो । तामाङले विरामीहरुलाई धुलिखेल काठमाण्डांैका अस्पतालमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न अस्पतालले गुणस्तरीय सेवा जोड दिनुपर्ने समेत बताउनुभयो । चौतारामै आँखा उपचार शाखा र मानसि...

वादीस्योङ जात्रा पुर्खाको इतिहास हो ःमाओवादी नेता आशिष लामा

समाचार
नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका कोषाध्यक्ष आशिष लामाले सिङपालमा शनिबार सम्पन्न भएको वादीस्योङ जात्रा पुर्खाको इतिहास रहेको बताउनुभयो । सिङपाल युवा क्लबले आयोजना गरेको बृहत् मेला तथा सास्कृतिक कार्यक्रम लाई सम्बोधन गर्दै वादीस्योङको (सातकन्य देवी मन्दिर )जात्रा पुर्खाको इतिहास भएको बताउदै देवीदेवललाई जोगाउनु पर्ने भन्दै लामाले यो नै हाम्रो पहिचान र सस्कृती भएको बताउनुभयो । संस्कार सस्कृति मेला अनि पर्वले आफ्नो समाजको झल्को पनि दिने लामाले बताउनुभयो । इन्द्रावती –१ सातकन्य मन्दिर परिसर मा हरेक वर्ष मङ्सिर पुर्णेका दिन मेला लाग्ने गर्छ यसपाला भने सिङपाल युवा क्लबको आयोजनामा राष्ट्रिय स्तरका कलाकारले बेजोड साङगितिक एवम् साँस्कृतिक कार्यक्रम मार्फत स्थानियलाई मनोरञ्जन दिलाएका थिए ।  ...

पर्वत समाज कतारले सातौं अधिवेशन गर्दै

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/कतार, लोकप्रिय दैनिक “निस्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत“ भने मुल नाराका साथ कतारमा सनः २००३ मा स्थापना भएको सामाजिक संस्था पर्वत समाज कतारले आगामी शुक्रबार “सातौ अधिवेशन गर्ने भएको छ । समाजले आफ्नो “२२ औ स्थापना दिवसको अवसर पारेर विबिध साँस्कृतिक कार्यक्रमको साथमा अधिवेशन गर्ने भएको हो । कतारलाई कर्म थलो बनाईरहेका पर्वतबासीहरुलाई कार्यक्रममा उपस्थित भएर समाजमा आवद्ध हुन सबैलाई समाजका अध्यक्ष रघुनाथ शर्माले आग्रह समेत गरेका छन ।कतारमा स्थापित विभिन्न बैचारिक संगठन, प्रदेश समन्वय ,जिल्ला संस्था, तथा विभिन्न मातृंसंस्थाहरु,कलाकार,पत्रकार, बुद्धिजिवी, ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थित भएर अधिवेशनलाई भब्यताका साथ सफल बनाईदिन समाजले अनुरोध समेत गरेको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका ...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ । निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किल...

तामाङ समाज यूएईको अबुधाबी क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लवाङ दोर्जे

ब्रेकिङ न्युज २, समाचार
तामाङ समाज यूएईको अबुधाबी क्षेत्रीय समितिको दोस्रो अधिवेशनबाट लवाङ दोर्जे दोङ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकोे छ । शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा असरमान स्याङ्बो, उपाध्यक्षमा गिता तामाङ, श्याम तामाङ र सुकुमाया तामाङ मुख्य सचिबमा जयराम वाईबा, सचिवमा लक्ष्मी ब्लोन र सन्दिप तामाङ , सह–सचिवमा फुरु तामाङ , कोषाध्यक्षमा बिपिन पाख्रीन , सह–कोषाध्यक्षमा दया स्याङ्तान , महिला विभागको प्रमुखमा बिना मोक्तान, जनसम्पर्क समितिको सचिबमा सन्जय लोप्चान, कला सस्कृतिको सचिबमा दिलिप तामाङ, सह–कला सस्कृती सचिबमा आसा तामाङ र सदस्यहरुमा सृजना मोक्तान, बिन्दु तामाङ, प्रसान्त घिसिङ, माया वाइबा, ज्ञानेन्द्र तामाङ, लाक्पा डोल्मा लोप्चान, मन्जु तामाङ , सरिता तामाङ, अनिस सिङ्तान तामाङ, सन्दिप लोप्चान तामाङ, सबिना दोङ, चमेली मोक्तान इन्द्रजित मोक्तान, कबिता मोक्तान, मिनु मोक्तान, मिङ्मा डोल्मो स्याङ्तान, ...

सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहकारीलाई अगाडि बढाउनका लागी सबै शेयर सदस्य सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीलाई अझै अगाडि बढाउनका लागी पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष लामाले उत्पादन वृद्धि गर्न जोड दिनुभयो । अध्यक्ष लामाले उत्पादित बस्तुको बजारीकरण करण देखी आवश्यक तालिमको समेत ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा समाजवादी कार्यक्रम अन्तर्गत उज्यालो भोताङ,सफा भोताङ कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । एक घर,एकधारा कार्यक्रम,अर्गानिक वडा घोषणा गर्ने अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । अध्यक्ष लामाले पाँचपोखरीलाई पर्यटनको हब बनाउने अभियानमा गाउँपालिका ला...

सिम्पालकाभ्रे युवा क्लबले गर्याे बृहत् साँस्कृतिक मेला

ब्रेकिङ न्युज २, समाचार
  सिम्पालकाभ्रे युवा क्लबको आयोजनामा ईन्द्रावती गाउँपालिका वडा नं १ सिम्पालकाभ्रे स्थित सिम्पाल देविथान परिसरमा बृहत् साँस्कृतिक मेला(जात्रा) २०८१ गरिएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सभाध्यक्षता क्लबका अध्यक्ष मेम बहादुर तामाङले गर्नुभएको थियो । हरेक बर्ष जसो सातकन्या मन्दिरमा बत्ती बाल्ने गरिएको छ । यश बर्ष यसको संयोजन क्लबले गरेको हो । यस ठाउँको संस्कृति संरक्षण गर्न यो कार्यक्रम गरिएको क्लबका सचिव सिरे लामाले जानकारी दिनुभयो । सिम्पालमा सामुदायिक भवन अभाव रहेको र भवन बनाउन सहयोग अभियान सञ्चालन गर्ने उहाँको भनाई छ । कार्यक्रममा स्वागत मन्तब्य राख्दै पुर्व वडा सदस्य अस्टमाया तामाङले सिम्पाल भौगोलिक हिसावले पिछडिएको क्षेत्र भएको भन्दै यस ठाउँमा सडक राम्रो बनाउनु आवस्यक रहेको बताउनुभयो । दक्ष स्वास्थ्य कर्मीको अभाव ...