सम्पर्क

समाचार

आज श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो ...

सरकार र शिक्षक महासंघबीच सहमति

ब्रेकिङ न्युज १, समाचार
सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ । अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने जनाइएको छ । प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्...

भन्सार विधेयक बहुमतले पारित

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ  प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेयकमा भएको व्यवस्थाले सीमा क्षेत्रको जनतालाई दुःख दिने बताउनुभयो । अवैध रुपमा चोरी पैठारी भएका सामान समाउने नाममा व्यक्तिको निजी सम्पत्ति जफत गर्ने व्यवस्था विधेयकमा राख्न नहुने सांसद साहको धारणा थियो । सांसद हेमराज राईले छिमेकी मुलुकसँगको खुला सीमानाका कारण भन्सार प्रशासनका कामको प्रभावकारिता कमजोर भएको बताउनुभयो । पर्याप्त जाँच उपकरणहरु राख्नुपर्ने र सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाउने कुरामा पनि उहाँले जोड दिनुभयो । सांसद गङ्गा कार्कीले व्यापार व्यवसाय गर्नेलाई परेका समस्या समाधान गर्न विध...

‘द बेटर ड्राइभ इनिसिएटिभ’ कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य, शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्वजस्ता विषयमा ज्ञान र सीप प्रदान गरिएको थियो । यस पहलको उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माण गर्न चालकहरूलाई आवश्यक मनोबल र सीप विकास गर्नु रहेको इनड्राइभले जनाएको छ । सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षाका सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा सम्बन्धी प्रशिक्षण दिइएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित सत्रमा सडक सुरक्षा र नियम पालना सम्बन्धी जानकारी प्रदान गरिएको थियो । आर्थिक साक्षरताका लागि आईएमईका चिफ ग्रोथ अफिसर संजीव...

बाह्रबिसेमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएको समाचार प्राप्त भएको छ। ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् । घाइतेहरुको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताउँनु भयो ।उँहाका ’ अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको थियो दुर्घटना बलेरोको ब्रेक फेल भएका कारण भएको घाइतेहरुको भनाइ रहेको छ । बोलेरो चालकलाइ भने प्रहरीले नियन्त्रणका लिएको छ । &n...

पालिका–पालिकामा राष्ट्रिय परिचय पत्र बितरण गर्दै प्रजिअ थापा

अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत ,सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोक जिल्लाका हरेक नागरिकले आ–आफ्नै स्थानबाट प्राप्त गरुन भन्ने उद्धेश्यले हरेक पालिाकहरुलाई परिचय पत्र बितरणका लागी ब्यवस्था मिलाइएको बताउँनु भयो ।उहाँले चौतारा साँगाचोकढी नगरपालिकाको कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्र बितरण गर्दै यस्तो बताउँनु भएको हो । उहाँले बिभागबाट टोली खटाएर वडा कार्यालयहरु मार्फत् परिचयपत्रको फोटो खिचेका नागरिकहरुलाई परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा आउँनभन्दा सम्बन्धित पालिकाको कार्यालयमा सहज हुने भएकाले पालिकाहरुबाट नै परिचयपत्र दिने व्यवस्था मिलाइएको बताउँनु भयो । प्रजिअ थापाले भोटेकोशी गाउँपालिकामा माननीय परराष्ट्रमन्त्री आरजु राण देउवाको प्रमुख अतिथ्यतामा र माननीय पुर्बमन्त्री मोहन बहादुर बस्नेतको बिशेष अतिथ्यतामा परिचयपत्र बितरण सुरु गरिएको र सोमबार चौतारा साँग...

नगर प्रमुख सापकोटाद्धारा चस्मा वितरण

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
फागुन २० गतेदेखी बैशाख १५ गते सम्ममा नगरका १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरेको छ भने ८० जनाको आँखाको सल्यक्रिया गरिएको छ । गत फागुन २०, २१, र २२ गते तिन दिनसम्म चलेको निःशुल्क आँखा शिबीरमा नगरपालिकाका १४ वटै वडाका नागरिकहरु गरी जम्मा ७ सय २५ जनाले सेवा लिएका थिए । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव पुरीका अनुसार शिबिरमा सल्यक्रिया गर्न पर्ने आँखाका बिरामीहरुलाई नगरपालिकाबाटै सबै खर्च ब्याहोेरिएको र चस्मा नगरपालिकाबाटै बितरण गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका नागरिकहरु कुनै समस्यामा नपरुन र हरेक समस्याको समधानका लागी स्रोत र साधनले भ्याएसम्म समाधान गरेर नागरिकलाई सहयोग गरिने बताउँनु भयो । कार्यक्रममा नगर उप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले चस्मा बितरण गर्दै नागरिकको स्वास्थ्यको लागी नगरपालिका लगाएतका आँखा...

जिल्ला प्रशासन कार्यालयमा पनि सेवा दिदै चौतारा सँगाचोकगढी नगरपालिका

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सगुन बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरपालिकाको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा कर्मचारी परिचालन गरी जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामा निःशुल्क परामर्श तथा निबेदन अनालाइन भरिदिने ब्यवस्था मिलाएर सेवा दिन सुरु गरेको छ । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सोमबार बिधिवत रुपमा सेवाको शुभारम्भ गर्नु भएपछी यो सेवा नियमित हुने भएको हो । जिल्ला प्रशासन कार्यालयको गेटमा १४ नं. कोठामा नगरपालिकाले कर्मचारीको व्यवस्था गरेर सेवा सुरु गरिएको छ । सेवा सुरु गर्दै नगर प्रमुख सापकोटाले आप्राबासी श्रोतकेन्द्र मार्फत् राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भरिदिने ई–पासपोटको अनलाइन निबेदन लेखिदिने जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरुको निबेदन लेख्न नजान्नेका लागी लेखिदिने ब्यवस्था मिलाइएको बताउँनु भयो । उहाँले अहिलेको समयमा पनि धेरै नागरिकह...

तमु गुरुङ समाज कतारले शुक्रबार ११औं अधिवेशन गर्दै

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक कतारमा रहेका तमुहरुको साझाँ संस्था तमु गुरुङ समाज कतारले आगामी शुक्रबार अधिवेशन गर्ने भएको छ । “तमुहरुको एकता आजको आवश्यकता“ भन्ने मुल नाराका साथ समाजले “११ औ अधिवेशन गर्ने भएको हो । एघारौ अधिवेशनलाई सम्बोधन तथा प्रमुख अतिथीको भुमिका निर्वाह गर्न नेपालबाट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपालका उपाध्यक्ष रेशम गुरुङ बिहिवार राती कतार आईपुग्ने समाजले जानकारी दिएको छ । कतारलाई कर्म थलो बनाईरहेका तमुहरुलाई अधिवेशनको अवसरमा समाजमा जोडिन समाजकी अध्यक्ष टौमाया गुरुङले आग्रह समेत गर्नुभएको छ । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने अधिवेशनमा कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, प्रदेश समन्वय जिल्ला संस्था बुद्धिजीवी, समाजसेवी, कलाकार पत्रकारहरुलगायत दोहाबासी सम्पुर्णलाई समाजले उपस्तिथिको लागि अनुरोध समेत गरेको छ ।...

शिक्षकको आन्दोलनउग्र प्रहरी सँगको भिडन्तमा पचासौ घाइते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
बिद्यालयमा पढाउँन छाडेर बिभिन्न माग राखी आन्दोलन गरिरहेको शिक्षकको आन्दोलनको २६ औं दिनमा आएर शिक्षकहरुले निषेधित क्षेत्र तोड्दै हात हातमा ढुंगा लिएर प्रहरी सँग भिडन्त गर्न पुगेका छन । यसै क्रममा प्रहरीले पानीको फोहारा सहीत लाठी चार्ज पनी गरेको छ । यस क्रममा पत्रकार र आन्दोनकारीहरु घाइते भएका छन। आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसको जवाफमा शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बानेश्वर तनावग्रस्त बनेको थियो । घटना पछी आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्ती पुर्ण रुपमा भएको आन्दोलनका आन्दोलनकारीलाई भड्काउन सरकारले घुसपैठी पठाएर नाङ्गोपनारुप देखायो भन्दै आन्दोल अझ सशस्त्ररुपमा अगाढी बढाउँने बताउँनु भयो । उँहाले ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्द...