मार्मिङ माविमा माध्यमिक शिक्षा परिक्षा (SEE ) नतिजापछि गम्भीर समिक्षा शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता
भोटेकोशी गाउँपालिका–५ स्थित मार्मिङ माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परिक्षा ( क्भ्भ्) को नतिजा अपेक्षाअनुसार नआएपछि विद्यालयको शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे व्यापक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक तथा विद्यार्थीबीच खुला छलफल गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावात्यम्बा शेर्पाले विद्यालयले सीमित स्रोतसाधनका बाबजुद विद्यार्थीको शैक्षिक सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो। उहाँका अनुसार गोल्ची, पोखरी र छ्यादी क्षेत्रका विद्यार्थीहरूलाई परीक्षा अवधिभर विद्यालयमै निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिएको थियो भने परीक्षा केन्द्र झिर्पुसम्म पुग्न आउजाउका लागि यातायात सुविधा ...








