शिक्षा, सम्मान र सांस्कृतिक उत्सवको अनुपम संगम चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ९क्षेत्रमा स्थापित शैक्षिक संस्था श्री आदर्श विद्या मन्दिर को २८औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री समिर तामाङज्यू ले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक श्री राम प्रसाद गौतमज्यू को गरिमामय उपस्थिति रहेको थियो। प्रमुख अतिथिको उपस्थितिले कार्यक्रमलाई थप विशेष र प्रेरणादायी बनाएको उपस्थित जनसमुदायले अनुभूति गरेका थिए। यसैगरी कार्यक्रममा विशेष अतिथिका रूपमा वडा सदस्य श्री सृजना तामाङज्यू, First Steps Nepal का अध्यक्ष श्री दुर्गा प्रसाद आरण श्री गोल्मादेवी माध्यमिक विद्यालय जितपुर का प्रधानाध्यापक श्री ज्ञानबहादुर तामाङ श्री इर्खु माध्यमिक विद्यालय का प्रधानाध्यापक श्री प्रकाश दङ्गाल श्री कालीदेवी माध्यमिक विद्यालय कदमबास का प्रधानाध्यापक श्री सञ्जीव तामाङ तथा समाजसेवी श्री भीमबहादुर तामाङ श्री पन्चबहादुर तामाङ श्री जितबहादुर राना मगर लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले विगत २८ वर्षदेखि क्षेत्रमा पुर्याएको शैक्षिक योगदानको उच्च प्रशंसा गर्नुभयो। प्रमुख अतिथि श्री राम प्रसाद गौतम ज्ले शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै स्थानीय तहले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले आदर्श विद्या मन्दिरले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रवाह गर्दै उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा आवश्यक सहयोग गर्न नगरपालिका सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष अतिथिहरूले पनि विद्यालयको निरन्तर प्रगति, अनुशासन, शैक्षिक उपलब्धि तथा सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गर्नुभयो। विद्यालय केवल पढाइको केन्द्र मात्र नभई संस्कार, अनुशासन, नेतृत्व क्षमता र सिर्जनशीलताको थलो बन्न सफल भएको धारणा वक्ताहरूले राखेका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो। विद्यालय प्रशासनद्वारा प्रस्तुत प्रतिवेदनमा चालु शैक्षिक वर्षमा हासिल भएका उपलब्धिहरू, परीक्षाफल, विद्यार्थी सहभागिता, अतिरिक्त क्रियाकलाप, सामाजिक उत्तरदायित्व कार्यक्रम, भौतिक पूर्वाधार विकास तथा आगामी योजनाबारे विस्तृत जानकारी गराइएको थियो। प्रतिवेदनले विद्यालयको व्यवस्थापन, शैक्षिक सुधार तथा समग्र उन्नतिको स्पष्ट चित्र प्रस्तुत गरेको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमले विशेष रौनक थपेको थियो। नेपाली लोकनृत्य, तामाङ सेलो, आधुनिक नृत्य, राष्ट्रभक्ति गीत, कविता वाचन, नाटक तथा सिर्जनात्मक प्रस्तुतिहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए।
बालबालिकाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता देखेर अभिभावकहरू गौरवान्वित बनेका थिए। कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिताले विद्यालयले केवल पाठ्यपुस्तकमै सीमित नभई समग्र व्यक्तित्व विकासमा जोड दिएको स्पष्ट देखिएको थियो। यस अवसरमा विद्यालयको उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने जग्गादाताहरू, पूर्व प्रधानाध्यापकहरू, तथा विभिन्न समयदेखि सहयोग पुर्याउँदै आएका संघसंस्था र सहयोगी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै विद्यालयले उनीहरूको योगदानको कदर गरेको थियो। सम्मानित व्यक्तित्वहरूले विद्यालयको प्रगतिमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यालयप्रतिको विश्वास, सन्तुष्टि तथा आगामी दिनमा अझ प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यालय र अभिभावकबीचको सम्बन्ध बलियो भए मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने धारणा कार्यक्रममा जोड दिइएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री समिर तामाङज्यू ले सभापतिको मन्तव्य व्यक्त गर्दै विद्यालयलाई यस स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तह, दातृ निकाय तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले विद्यालयलाई आगामी दिनमा अझ व्यवस्थित, प्रविधिमैत्री, प्रतिस्पर्धी र गुणस्तरीय बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयका शिक्षक-शिक्षिकाहरूले पनि विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा आफूहरू समर्पित रहेको बताएका थिए। शिक्षा क्षेत्रमा बदलिँदो समयअनुसार प्रविधिको प्रयोग, व्यवहारिक शिक्षा, नैतिक शिक्षा तथा सिर्जनात्मक सिकाइमा विद्यालयले प्राथमिकता दिने जानकारी दिइएको थियो। कार्यक्रमको समापनतर्फ उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक-शिक्षिका, विद्यार्थी, कर्मचारी तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो। विद्यालय परिवारले आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा व्यक्त गरेको थियो। २८ वर्षको गौरवमय इतिहास बोकेको श्री आदर्श विद्या मन्दिरले शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको छ। यस वार्षिकोत्सवले विद्यालयको विगतको उपलब्धि सम्झाउने मात्र नभई उज्ज्वल भविष्यतर्फ अघि बढ्ने नयाँ ऊर्जा, उत्साह र संकल्प पनि प्रदान गरेको छ।