हरितालिका ब्रत कथा
पृथ्वी जंग पाण्डे
२०८१ शालको हरितालिका व्रत÷तीज पर्व यही भाद्रशुक्ल तृतीया अर्थात् २०८१/५/२१ गते शुक्रवार पर्न आएको छ । यो पर्व सम्पूर्ण नारीहरुको महान पावन पर्वहो।यसको व्रत वस्नुको मूख्य अर्थ अखण्ड सौभाग्य प्राप्ति समृद्धि प्रगाढ दाम्पत्य प्रेम सुयोग्य सन्तान तथा पतिको दीर्घायुको कामनानैहो ।
पुराणहरुमा वर्णन गरिए अनुसार हरितालिका ब्रत भाद्रमासको शुक्ल तृतीयाका दिन हिन्दू नारीहरुले भगवान शिव पार्वतीको पूजा अर्चना ब्रत उपवास वसी मनाउने गर्नु हुन्छ । यो व्रत विशेष गरी सधवा महिलाहरुले अखण्ड सौभाग्य प्राप्ति,सुख सम्पत्ति प्राप्ति तथा पति पुत्रको आरोग्य एवं आयुवृद्धिको कामना गर्दै ब्रतवस्न हुन्छ भने कन्या कुमारीहरुले असल पतिको कामना गर्दै ब्रत वस्नु हुन्छ ।
संक्षेपमा कथा–
पौराणिक कथन अनुसार परापूर्वकालमा दक्षपुत्री सतीदेवीले आफ्ना पिताद्वारा आफ्ना पतिश्रीमहादेवको अपमान गरेको हुनाले सतीदे...
