सम्पर्क

चौतारामा अपाङ्गता समाबेशी बिकास सम्बन्धि अभीमुखी कार्यक्रम

शुसिला श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकामा “ समुदायमा आधारित अपाङ्गता समाबेशी बिकास” सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम भएको छ।अपाङ्गताभयका ब्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन शसक्तिकरण कार्यक्रम को आयोजनामा भएको कार्यक्रम नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापाको सभापतित्व भएको हो ।  नगर पालिकामा कार्यरत बिभिन्न शाखाका कर्मचारी तथा नगर कार्यपालिकाका सदस्यहरुको उपस्थिती रहेको थियो । बौद्धिक अपाङ्गताका अभिभाबक महासघ नेपालका अध्यक्ष एवम अधिबक्ता राजु बस्नेतले कार्यक्रमको सहजिकरण गर्दै अपाङ्गता भनेको के हो यसको परिचय पत्र लिने मापदण्ड के कसरी दिने भन्ने बिषयमा जानकारी गराउँनु भएको थियो ।कार्यक्रममा अन्तरक्रियात्मक तथा समुहगत अभ्यास मार्फत बिशेस गरेर समुदायमा आधारित अपाङ्गता समाबेशी बिकासमा स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी सम्बन्धि छलफल भएको थियो. । कार्यक्रमको समापन गर्दै नगर उपप्रमुख तथा कार्यक्रमका सभापती सिता थापा ले स्थानीय सरकारको नीति नियम, प्रायोजित कार्यक्रमहरुलाई अझ बढि समाबेशी बनाउदै लैजाने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नगरापलिकाले श्रोत र साधनले भ्याए सम्म अपाङ्गता भएका ब्यक्तीहरुको सहयोगका लागी काम गरिरहेको बताउँनु हुँदै स्थानीय सरकारको नीति नियम, प्रायोजित कार्यक्रमहरुलाई अझ बढि समाबेशी बनाउदै लैजाने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । मङ्गलबार (सिबिएम) ग्लोबलकको आर्थिक सहयोग तथा सप्रोस नेपाल द्वारा संचालित ‘अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जन तथा सशक्तीकरण(समानता) कार्यक्रम अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिकाकाको सभाहलमा भएको हो । कार्यक्रममा नगर सामाजीका बिकास समितीका संयोजक एवम१३ का वडा अध्यक्ष राम प्रसाद गौतम, नगरपालिका सल्लाहकार चन्द्र प्रसाद सापकोटा, कार्यपालिकाका सदस्य हरु कार्यरत सरकारी पदाधिकारीहरु शिक्षा, स्वास्थ्य, कृषि,पशु बिकास,महिला तथा बालविकास, सामाजिक,योजना शाखा प्रमुखरप्रतिनिधिहरु, लगायत अपाङ्गता भएका व्यक्तिहरुद्धारा नेतृत्व गरेका संस्था ९इएम्क० तथा अन्य सरोकारवाला संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा उक्त कार्यक्रम भएकोृ हो । कार्यक्रममा अन्तरक्रियात्मक तथा समुहगत अभ्यास, खेल बिधि मार्फत बिशेस गरेर समुदायमा आधारित अपाङ्गता समाबेशी बिकासमा स्थानीय सरकारको भूमिका तथा जिम्मेवारी सम्बन्धि छलफल भएको थियो।