सम्पर्क

२३ गते चौतारामा शिक्षा सम्मान

सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी २३ गते बिश्व साक्षरता दिबश मनाउँने भएको छ । मङ्गलबार बसेको नगर शिक्षा समितिको बैठक ले यस्तो निर्णय गरेको हो । नगरप्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले शिक्षा युवा तथा खेलकुद शाखाको कार्यक्रमको कार्यतालिका अनुमोदन गर्दै ,उत्कृष्ट विद्यार्थी र बिद्यालय प्रोत्साहन कार्यक्रम गर्नै ,स्वयंसेवक शिक्षक तथा दिवा खाजाको लागि भान्सेको कर्मचारी व्यवस्था कसरी गर्ने भन्ने बिषउमा केन्द्रीत रही ,निशुल्क शिक्षाको चुनौती , विद्यालय ब्यवस्थापन खर्च सम्बन्धि बिषयमा बिभिन्न छलफल गरेको छ । बैठकले आगामी भाद्र २३ गते अन्तराष्टीय शाक्षारता दिबशका दिन नगरपालिकामा रहेका माध्यमिक बिद्यालयका कक्षा ८,१०र १२का उत्कृष्ट बिद्यार्थी र शिक्षकहरुलाइ प्रोत्साहन सम्मान तथा पुरष्कार समेत दिने निर्णय भएको शिक्षा शाखा प्रमुख बसन्त राज जोशी ले बताउँनु भयो । उँहाले उक्त दिन हरित बिद्यालय आजको आबश्यकता भन्ने बिषमा, माबी स्तरिय बक्तुत्वकला प्रतियोगिता हुने समेत बताउँनु भयो । बिद्यालयमा शिक्षा सिकाइ कसरी अझ प्रभाबकारी बनाउँन सकिन्छ भन्दै उपलब्धीमुलक शिक्षाका लागी नगरपालिका लागी परेको बताउँनु भयो ।फोटो नगरसचिवालयका रमेश सापकोटाको फेसबुकबाट लिइएको हो