सम्पर्क

युनियन स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमाचौतारामा रहेको बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।नेपाल निजामती कर्मचारी युनियनन सिन्धुपाल्चोकले बृद्धाश्रमलाई चामल, दाल, तेल , चिउरा लगायतका खाद्य सामग्री सहयोग गरेको हो ।नेपाल निजामती कर्मचारी युनियनका निर्वतमान केन्द्रीय उपमहासचिव यज्ञराज अर्याल र जिल्ला अध्यक्ष तम्बर लामाले सँयुक्त रुपमा खाद्य सामग्री हस्तारन्तण गर्नु भएको हो।
कार्यक्रममा निवर्तमान उपमहासचिव अर्यालले कर्मचारी युनियनले समग्र निजामती प्रशासनमा नेतृत्वदायी भुमिका खेल्दै अग्रणी राष्ट्रीय स्तरको ट्रेड युनियन रहेको बताउदै यसले निजामती कर्मचारीका पेशागत हकहितका अतिरिक्त नागरिक मैत्री सार्वजनिक सेवा प्रवाह र सामाजिक कार्यहरुमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको बताउँनु भयो ।
२०६४ सालको परिवर्तन पश्चात नेपालको निजामती प्रशासनमा कार्यरत लोकतन्त्रमा आस्था राख्ने कर्मचारीहरु सिर्जनशिल कर्मचारी समाजको नामबाट सँगठीत भई नेपाल निजामती कर्मचारी सँघ हुँदै २०५९ साल भदौ २९ गते नेपाल निजामती कर्मचारी युनियनको विधिवत रुपमा स्थापना भएको थियो ।