रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिका वडा नं १ सिम्पालकाभ्रे घर भएकी मृतक कान्छि तामाङकी श्रीमान दिल बहादुर तामाङलाइ लाई दाबी वापतको रकम हरुतान्तरण गरिएको हो । चौतारा स्थित शाखा कार्यालयमा १ लाख ३ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चौतारा शाखा कार्यालयबाट १ लाखको आजिबन जिबन बिमा असार १७ गते एक किस्ता तिरेर गरेको तर २१ दिन पुग्न नपाउदै साउन ९ गते नै कान्छि तामाङको मृत्यु भएको थियो । आफ्नो श्रीमती गुमाउनुको पिडा त छदै तर पनि रिलायबलमा थोरै भए पनि श्रीमतिको जीवन बीमा गरेको थिए अहिले मलाइ बुढेसकालको लागि खर्च पुग्ने भन्दै श्रीमान दिल बहादुरले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाइ धन्यबाद ब्यक्त गरे। रिलायबल लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक लक्ष्मण बिष्टले जीवनमा मानिसलाइ कति खेर के बिपत्ति आइपर्छ थाहा हुदैन तर जीवन बीमा गरिराखे आपत पर्दा आर्थिक रुपमा सहयोग बीमा कम्पनीले गर्ने भएकाले जिबन बीमा सबैले गर्नुपर्ने बताए
