सम्पर्क

तीजले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिकाखेलेको छ ः पुर्ब मन्त्री मोहन बस्नेत

मुलुकको संस्कार र संस्कृति संरक्षण र अनुशासित जिबनमा तीज पर्वले ठुलो सहयोग पुयाएको पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले बताउँनु भएको छ । उँहाले बुधबार भोटेकोशी गाँउपालिकामा आयोजित तिज बिशेष शुभकामना आदन प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । भोटेकोशी गाँउपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा बस्नेतले धर्म सस्कार र सस्कृती पनी एक किसिमको बिधी बिधान हो यो धार्मीक बिधी बिधान मा रहेर बसेका मानीसहरु ले गरेका हरेक कामहरु सफलताको बाटोमा रहेका आफुले महशुस गरेको बताउँनु भयो । महिलाका पीर र वेदनालाई पोख्ने पर्वका रुपमा मनाइँदै आएको तीजले पछिल्लो समय समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै विभिन्न जातजाती, भाषा, धर्म, संस्कृति भएको मुलुकलाई एक सुत्रमा बाँध्न यस्ता चाडपर्वले विशेष सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रममा बागमती प्रदेसका पुर्ब मन्त्री माननीय मसिना खड्काले तीज पर्वलाई परिवारजनसँगको भेटको चाडपर्वका रुपमा लिनुपर्ने बताउँदै सांस्कृतिक पर्व तीजले सबैलाई एकताबद्ध बनाएर अगाडि बढाउन सहयोग पुग्ने बताउँनु भयो । कार्यक्रममा भोटेकोश िगाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा ले नेपालको मौलिकता जोगाइ राख्न पनी यस्ता कार्यक्रमहरुको आयोजना गरिरहन पर्ने बताउँनु हँुदै हरेक जात जाती धर्म र सस्कारको जगेर्ना गर्न गाउँपालिका लागी परेको बताउँनु भयो । कार्यक्रममा गाँउपालिकन उपाध्यक्ष दिछेन शेर्पाले महीलाहरुको आबाजलाइ बुलन्द गर्दे मनका कुरा पोख्ने चाडको रुपमा बिकसित हुँदै आएको तिजका गितहरु केही बर्ष ओझेलोमा परेको जस्तो देखिए पनी पछील्लो बर्षहरुमा यसले गती लिदै गएको बताउँनु भयो ।कार्यक्रममा गाँउकार्यपालिकाक पदाधिकारी हरु वडा अध्यक्षहरु स्थानीय महीलाहरुको सहभागीता रहेको थियो । शुभमाना आदन प्रदान सँगै माननीय बस्नेत, खड्का लगाएतले भोटेकोशी गाँउपालिकाबाट निर्मीत भोटेकोशी नदीको बेलीबृज र पर्यटकयि स्थल तातोपानी धाराहरुको अवलोकन निरिक्षण समेत गर्नु भएको थियो । सो अबशरमा बस्नेतले स्थानीय नागरिकका समस्या समधानका लागी सबै एक भएर लाग्न निर्देशन दिनु भयो ।