सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका का नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षा बिनाको जीवन जिवनै होईन हरेक बिषयमा शिक्षाको आबश्यक हुन्छ जो सँग शिक्षा ज्ञान छैन उसले केही पनि गर्न सक्तैन त्यसैले नगरमा कोही पनी नागरिक लाइ शिक्षाबाट बञ्चीत हुन नपरोस भन्नका लागी नगरले बिशेष कार्यक्रम ल्याएको बताउँनु भएको छ । उँहाले १२ कक्षासम्म निःशुल्क शिक्षा ८ सम्म खाजाको ब्यवस्था गरेको शिक्षा क्षेत्रमा मात्रै नगरपालिकाले ३करोड३७लाख बजेट बिनियोजन गरेको र नपुग भए अझै थप्ने बताउनु भएको छ। उँहाले आइतबार नगर भरीका बिद्यालयका प्रअ हरु सँगको छलफलका क्रममा यस्तो बताउँनु भएको हो । कवडहल खोर्साननीबारीमा भएको छलफलमा उँहाले राम्रो पढाइ गर्ने शिक्षकलाई सबैले टोलटोलमा, राम्रो भन्छन् भन्दै नगरका सबै शिक्षित भयो भने त्यसको जस शिक्षकले लिने हो त्यसकारण उपलब्धी तर्फ लागी पर्न अनुरोध गर्नुभयो । शिक्षा बिनाको जीवन जिवनै होईन हरेक बिषयमा शिक्षाको आबश्यक हुन्छ जो सँग शिक्षा ज्ञान छैन उसले केही पनि गर्न सक्तैन भन्नू हुँदै बस्नेतले पहिले आफुले शिक्षा बिकासका लागि महत्व दियर ३ करोड ३७ लाख बजेट बिनियोजन गरेको र यसमा नपुग भय थप बजेटको व्यवस्था गरिदिने तर शिक्षामा उपलब्धिमुुलक नतिजा आउन पर्छ भन्नू भयो। नगरपालिकाभित्र स्नाकोत्तर उतीर्ण गरेकाहरुलाई नगरमा नै रोजगारको ब्यबस्था गर्नका लागि आफू लागि परेको बताउँनु भयो ।उँहाले शिक्षा बिनाको मान्छे त मान्छे नै हैन रहेछ जस्तो आफुलाई लागेको बताउँनु हुँदै शिक्षा सिकाइमा कसरी अगाडी बढ्न सकिन्छ, यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।
उहाले बालबालिकालाई पौष्टीक आहार खुवाउनका लागि नगरमा उत्पादन बढाउनका लागि गोरु,किसानलाई अनुदान दिइएको बताउदै स्थानिय स्तरमा उत्पादन भएका सामाग्रिहरुकोप्रयोग गरेर बिध्यालय दिवा खाजाको ब्यवस्था गर्न अनुरोध गर्दै कसरी हुन्छ शिक्षा सिकाईमा उपलब्धि मुलक नतिजा आउन पर्छ भन्नू भयो । उँहाले शिक्षक पेशा यति महत्वपुर्ण पेशा भएको शिक्षकको चाहाना भनेको आफूभन्दा ठुलो मान्छे भएको हेर्न चाहने शिक्षक हो, अरु पेसामा सायद कमै हुन्छ त्यसकारण शिक्षक महान हुने बताउनु भयो । आफु राजनिती गर्ने ब्यक्ति भएकाले राजनितीमा ठुलो बनेर मन्त्रि प्रन्धानमन्त्री बनाउने पनि शिक्षक हो भन््दैे निजी बिद्यालयले उपलब्धि बढी हासिल गर्ने तर सामुदायिक बिद्यालयमा किन कमि हुन्छ भन्ने बारेमा मनन गर्न पर्ने बताउनु भयो ।स्थानिय सरकारको नेतृत्व गरिरहदा स्थानिय बिकासको जिम्मेवारी रहेकोले सबै क्षेत्रलाइ समेट्न पर्ने भएता पनी शिक्षमा प्रथमिकता राखीएको छ त्यसैले शिक्षामा लगानी अनुसार उपलब्धि हुनतिर लाग्न बस्नेतले अनुरोध गर्नु भयो ।
नगर प्रमुख बस्नेतले आफु राजनीतिज्ञ भएकाले हुुदैन भन्ने हुँदैन तै पनि राज्यको नीति सञ्चालन गर्न निती निर्माण गर्दा सम्भव भएसम्म सबैलाई समेट्ने बताउँनु भयो । वडा अध्यक्षहरु सबै बराबर हो, त्यसैगरी सबै बिद्यालयका प्रधानाध्यापकहरु बराबर हो भन्दै शिक्षा सिकाइमा उपलब्धि मुलक काम गर्न अनुरोध गर्नुभयो । उहाँले कसरी शिक्षामा उपलब्धि हासिल गर्न सकिन्छ त्यस बियषयमा ध्यान दिन जरुरी रहेको बताउँनु भयो ।कार्यक्रममा प्रअ हरुले बिद्यालयमा भौतीक तथा स्टेशनरी र जाडो समयमा माथी दुर्गममा रहेका बिद्यार्थीहरुलाइ पोशाकको व्यवस्था गर्न समेत अनुरोध गरेको थिए ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ईश्वरि प्रसाद शर्माले शिक्षा सिकाईका लागि नगरपािलकाबाट गर्न पर्ने सहयोग गरिरहेको बताउँदै स्थानियअभिकावकहरुसँगआआफ्ना बालबालिकाहरुको चाल चलन बुझ्ने होमर्क गरेका छन कि छैनन हेर्न अनुरोध गर्नेछरछिमेकमा बिध्यालय नगयका कोहि बालबालिका भय त्यस्ता सबैलाई बिध्यालयमा पठन पाठनको लागि वयवस्था मिलाउन बिव्वयस ,वडाका जनप्रनिधीहरुको साथ र सहयोगमा बिध्यालयमा ल्याउने गर्न समेत उँहालेप्रअहरुलाई अनुरोध गर्नु भयो । उँहाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागि शिक्षा सिकाइका लागि बिद्यालयमा समय समयमा अनुगमनको पनि ब्यवस्था हुने र राम्रा काम गर्नेलाई प्रोत्साहन र नराम्रालाई कार्वाही गर्ने नितिका कारण विद्यालयका प्रअहरुमा पढाइ व्यवस्थापनलाई अझ बढी सहजता हुने भएको बताउनु भयो ।
बाह्रबिसे नगरपालिकाले नगरपालिकामा कसरी शिक्षामा गुणस्तियता कायम गर्ने र कसरी शिक्षा सिकाइमा शतप्रतिशत उपलब्धि हासिल गर्न सकिन्छ भनेर नगरपालिका भरिका बिद्यालय प्रधानाध्यापक नगर शिक्षा शाखाको पदाधिकारीबिच विशेष छलफल तथा सुझाव संकलन गरिएको हो । नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा भएको छलफलमा नगरपालिका अन्र्तगतका बिद्यालयका प्रधानाध्यापकहरुले आ–आफ्नो बिद्यालयको समस्याका बारेमा जानकारी दिनुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माको अध्यक्षतामा भएको छलफलमा नगरका बिद्यालय प्रअ हरुको उपस्थिती रहेको थियो ।
