सम्पर्क

विचार

तस्विरमा झल्कियो अधिकार : सिन्धुपाल्चोकमा ‘हाम्रो आवाज, हाम्रो अधिकार’ फोटो प्रदर्शनी सम्पन्न

तस्विरमा झल्कियो अधिकार : सिन्धुपाल्चोकमा ‘हाम्रो आवाज, हाम्रो अधिकार’ फोटो प्रदर्शनी सम्पन्न

#, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक — आदिवासी जनजाति महिलाहरूको हक–अधिकार, संघर्ष र पहिचानलाई कलाको माध्यमबाट उजागर गर्ने उद्देश्यले आयोजित “हाम्रो आवाज, हाम्रो अधिकार” फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले समाजमा पछाडि पारिएका महिलाहरूको आवाज र अनुभवलाई तस्विरमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको हो। केन्द्रकी अध्यक्ष पानमाया तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पदम प्रसाद नेपाल हुनुहुन्थ्यो। उहाँले कला र अभिव्यक्तिमार्फत उठाइने यस्ता विषयले दबिएका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। विशेष अतिथिहरू  चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर सीता थापा र मेलम्ची नगरपालिकाको उपमेयर उमा प्रधानले महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक समानताविना समृद्ध समाज सम्भव नभएको धारणा व्यक...
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने घोषणा

निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने घोषणा

#, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीयवासीलाई प्रमोटर सेयरमा सहभागी गराउने घोषणा गरेको छ । आयोजनाका कार्यकारी अध्यक्ष मोहनविक्रम कार्की ले आयोजना प्रभावित नागरिकलाई सहज रुपमा लगानी गर्न सक्ने वातावरण मिलाईने जानकारी दिएका हुन् । उनका अनुसार आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि प्रभावित स्थानीयबाट प्रमोटर सेयर वापतको रकम संकलन गरिनेछ । यस व्यवस्थाले स्थानीयवासीलाई आर्थिक रुपमा प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । आयोजनाबाट बाह्रबिसे नगरपालिकाका वडा नम्वर ३,४,५,८ र ९ प्रत्यक्ष प्रभावित क्षेत्रका रुपमा रहेका छन् । ती वडाका स्थानीयले आयोजनामा लगानी गर्ने अवसर पाउनेछन् भने आयोजना सञ्चालनमा आएपछि लाभांशमार्फत पनि लाभ लिन सक्नेछन् । यद्यपि, आयोजना पक्षले केही बाहिरी व्यक्तिहरुले आयोजनाबारे नकरात्मक प्रचार गरिरहेको भन...
फरक शैलीमा नदी बाटै खबरदारी: कालिका हाइड्रोपावर विरुद्ध र्याफ्टिङ प्रदर्शन

फरक शैलीमा नदी बाटै खबरदारी: कालिका हाइड्रोपावर विरुद्ध र्याफ्टिङ प्रदर्शन

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
हिरा खड्का,सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा निर्माणाधीन कालिका हाइड्रोपावर क.लिमिटेड विरुद्ध बाह्रबिसे आसपासका स्थानीय तथा युवाहरूले अनौठो शैलीमा विरोध जनाएका छन्। बाह्रबिसेको खुर्सानीबारी देखि भंगेरी सम्म भोटेकोसी नदीमा र्याफ्टिङ गर्दै नदीबाटै “खबरदारी कार्यक्रम” यहि बैशाख २२ गते सप्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरूले लाइफ ज्याकेट र हेल्मेट लगाएर  (र्याफ्ट) मार्फत नदी यात्रा गर्दै ब्यानर प्रदर्शन गर्दै हाइड्रोपावर  विरुद्ध नदीमा र्यफ्टिङमा यात्रा गर्दै नाराबाजी गरेका थिए। “Go Back Kalika” लेखिएको प्लेकार्ड सहित उनीहरूले आयोजना तत्काल रोक्न र स्थानीय सरोकारलाई सम्बोधन गर्न माग गरेको स्थानिय प्रभावित क्षेत्रका युवा स्याङ्बो तामाङले बताउनु भयो । स्थानीयहरूको आरोप अनुसार हाइड्रोपावर निर्माणका कारण वातावरणीय असर,नदीको प्राकृतिक बहावमा परिवर्तन तथा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्नुका...
मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

मेलम्चीमा नगरपालिका र निर्माण ब्यवसायी बिच छलफल

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा निर्माण ब्यवसायी र निर्माण ब्यबसायी हरु बिच कामका पारदार्सीताकाबारेमा छलफल भएको छ । नगर भित्र विकास निर्माणका कामको गति र गुणस्तरबारे चासो राख्नु हुँदै नगरप्रमुख आइतमान तामाङ ले निर्माण व्यवसायी हरु सँग मंगलबार छलफल भएको हो । नगर प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न छलफलमा दुवै पक्षले आफ्ना धारणा स्पष्ट राख्दै समाधान गर्ने प्रतिवद्वता गरेका छ। नगर प्रमुख तामाङले पछिल्लो समय विभिन्न योजनामा देखिएको ढिलासुस्ती र गुणस्तरसम्बन्धी जनगुनासो प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु भयो। जनताको करबाट सञ्चालित योजनामा ढिलाइ र कमजोर गुणस्तर कदापि स्वीकार्य हुँदैन, वहाँले स्पष्ट शब्दमा भन्नु भयो, “तोकेको समयसीमा र सम्झौता अनुसार गुणस्तरीय काम सम्पन्न गर्नु निर्माण व्यवसायीको दायित्व हो। अन्यथा, कानुनअनुसार कारबाही गर्न नगरपालिका बाध्य हुने बताउनु भयो । छलफलमा स...
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास

#, ब्रेकिङ न्युज १, विचार, समाचार
भक्तपुर, २१ वैशाखः काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ । भक्तपुरको खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । यहाँ ल्याइएका सुकुमवासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरेको छ । खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ भने यहाँ राखिएकाहरुलाई होस्टेलमा परिवार–परिवार छुटाएर फरक कोठामा राखिएको छ । यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो । त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्न...
श्री आदर्श विद्या मन्दिरको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न :

श्री आदर्श विद्या मन्दिरको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न :

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
शिक्षा, सम्मान र सांस्कृतिक उत्सवको अनुपम संगम चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ९क्षेत्रमा स्थापित शैक्षिक संस्था श्री आदर्श विद्या मन्दिर को २८औँ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री समिर तामाङज्यू ले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा चौतारा साङ्गाचोकगढी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक श्री राम प्रसाद गौतमज्यू को गरिमामय उपस्थिति रहेको थियो। प्रमुख अतिथिको उप...
बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा अघि नै बिग्रियो, यात्रुलाई सास्ती

बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा अघि नै बिग्रियो, यात्रुलाई सास्ती

खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
हिरा खड्का – बाह्रबिसे–तातोपानी सडक खण्ड वर्षा सुरु हुनुअघि नै ठाउँ–ठाउँमा बिग्रिएको छ भने कोदारी स्थीत इकु पहिरो २०७२ मा गएको महाबिनासकारी भुकम्प देखि शुरु भई भुकम्प पश्छात बर्षेनी अबरोध भैई रहने इको पहिरोले यसपटक पनि तातोपानी नाका ठप्प गरि दिएको छ । सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का सम्झौता गरेर धमाधम निर्माणको काम गरिरहेको थियो तर परराष्ट्र मन्त्रालयबाट पत्र आएपछी निर्माण कार्य रोकिएको छ । पत्रअनुसार इको पहिरोको नियन्त्रण र सडक निर्माण चिनियाँ कम्पनीले गर्नेछ भनिए पनि हालसम्म चिनियाँ कम्पनी निर्माणस्थलमा आइपुगेर काम शुरु गरेको छैन । गत बर्षमा पनि इकु पहिरोले निकै लामो समय सडक अबरुद्ध गरे पछी सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको पहपकदमीमा सरोकारवाला निकायहरुको सहयोग र सहभागीतामा चुनौतीका बापजुत सडक खुलाउन सफल भएका थिए । आर्यत गरिएका विभिन्न सामग्री खासामै अड्क...
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, २० वैशाख : विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रता अवस्था वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अङ्ग भएकाले त्यसको हनन् भएमा आयोग रक्षार्थ उभिने बताउनुभयो । महासङ्घका अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएकाले कुण्ठित नहुने धारणा राख्नुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै अवरोध वा अड...
पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाँचपोखरी थाङ्पालमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा महिलाहरूको प्रजनन स्वास्थ्य, नसर्ने रोग तथा क्षयरोग पहिचान लक्षित तीनदिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ३५३ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविर वैशाख १८ गते वडा नं। ५ स्थित गुन्सा स्वास्थ्य चौकीबाट सुरु भएको थियो, जहाँ ७६ जनाले सेवा लिएका थिए। त्यसैगरी, वैशाख १९ गते वडा नं। ३ को भोताङ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १५० जनाले सेवा प्राप्त गरे भने अन्तिम दिन वैशाख २० गते पाँचपोखरी प्राथमिक अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १२७ जनाले सेवा लिएका थिए। शिविरबाट सेवा लिएकी स्थानीय देवकी खड्काले यसपटकको कार्यक्रम अघिल्ला शिविरहरूको तुलनामा अझ व्यवस्थित, प्रभावकारी र सेवामुखी भएको प्रतिक्रिया दिएकी छिन्। स्वास्थ्य शाख...
फस्ट स्टेप नेपालको १०औँ साधारण सभा सम्पन्न

फस्ट स्टेप नेपालको १०औँ साधारण सभा सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सामाजिक सेवा, शिक्षा, जनचेतना अभिवृद्धि तथा समुदाय विकासका क्षेत्रमा निरन्तर सक्रिय संस्था फस्ट स्टेप नेपाल को १०औँ साधारण सभा भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दुर्गा प्रसाद आरणको सभापतित्व तथा सामाजिक विकास समितिका संयोजक एवं चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। १३ का वडा अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, शिक्षक, युवा प्रतिनिधि, महिला अगुवा, स्थानीय व्यक्तित्व तथा संस्थाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा, सामाजिक चेतना, स्वास्थ्य, वातावरण संरक्षण, सशक्तीकरण,युवा परिचालन तथा विपद् व्यवस्थापनका क्षेत्रमा भएका गतिविधिहरुको समीक्षा गरिएको थियो। संस्थाले विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा अवसरबा...