सम्पर्क

६५ दिने सिलाई तालिम सम्पन्न, सहभागीलाई व्यवसायिक जीवनको शुभकामना

 

चौँसागढी, असार २३। वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय (प्रदेश ऋत्भ्ख्त्) र चौँसागढी नगरपालिकाको आर्थिक सहयोग तथा नगर महिला सञ्जालको आयोजनामा सञ्चालन गरिएको ६५ दिने सिलाई तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ।नगर महिला सञ्जालकी अध्यक्ष चमेली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २० जना महिलाले तालिम सफलतापूर्वक पूरा गर्नु भएको छ । का महिलाहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आत्मनिर्भर तथा स्वरोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले सिलाईसम्बन्धी व्यावहारिक तथा व्यवसायिक ज्ञान हासिल गरेका थिए। समापन कार्यक्रममा प्रमुख अतिथि चौँसागढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कसापकोटाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिदै सीप सिकेर मात्र नहुने, त्यसलाई उत्पादन र व्यवसायसँग जोडेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताउँनु भयो ।कार्यक्रमका बिशेष अतिथी नगर उपप्रमुख सीता थापाले अबको समय सीपको परीक्षण र व्यवसायिकताको भएको बताउँनु हुँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार तथा उद्यमशीलताको क्षेत्रमा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गर्नु भयो । कार्यक्रममा वक्ताहरूले महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा आत्मनिर्भरता विकासका लागि यस्ता सीपमूलक तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नु भएको थियो ।आयोजकले कार्यक्रम सफल बनाउन आर्थिक तथा अन्य विभिन्न माध्यमबाट सहयोग पु¥याउने वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय, चौँसागढी नगरपालिका, प्रशिक्षक, सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।समापन अवसरमा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई सफल व्यवसायिक जीवनको शुभकामना व्यक्त गर्दै सिकेको सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गरिएको थियो।