मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले वर्तमान सूचना प्रविधिको युगमा सञ्चार साक्षरताको महत्व झन् बढेको बताउनुभएको छ । उँहाले मेलम्चीमा आयोजित तिन दिने पत्रकामरिता तालिमको समापन गर्दे यस्तो बताउँनु भएको हो ।नगर प्रमुख तामाङले सिप सिक्नु मात्र ठुलो कुरा होइन काम गर्नु ठुलो हो भन्नु हुँदै आफुले सिकेको सपिलाइ व्यवहारमा उतार्न पर्ने बताउँनु भयो । उँहाले “आजको समयमा सूचना हरेक व्यक्तिको पहुँचमा छ, तर सही र गलत सूचना छुट्याउन सक्ने क्षमता सबैमा हुँदैन , यस्ता तालिमले विद्यार्थीहरूलाई सही सूचना पहिचान गर्न, विश्लेषण गर्न र जिम्मेवार ढंगले आफ्नो विचार अभिव्यक्त गर्न सक्षम बनाउँछ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सचेत र जिम्मेवार युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ भन्नु भयो । 
नगर प्रमुख तामाङले यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई सामाजिक उत्तरदायित्व प्रति सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहले शिक्षा र सीप विकाससँग सम्बन्धित कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय समाज सेवी तथा मेलम्ची उज्यालो अभियानका अभियान्ता सागर श्रेष्ठलाइ बिशेष सम्मान गर्दे नगर प्रमुख तामाङले मेलम्ची नगरपालिकामा मात्र होइन यसका आसपास क्षेत्रमा पनी सागर श्रेष्ठको पहलमा धेरै बिकासका कामहरु भएको भन्दै उँहाले गरेका कामहरुको प्रशंसा गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको उपाध्यक्ष एवम तिनदिने तालिमका प्रशीक्षक कान्ती न्यौपानेले आफुले देसका धेरै स्थानमा यस्ता आधारभुत पत्रकारिता तालिम दिइरहेको र यसरी तालिम दिने क्रममा मेलम्चीमा सहभागी हरुको चाहाना, उँहाहरुले देखाउँनु भएको चासो र लगनसिलताका कारण आफुलाइ पनी थप उत्साह बढेको बताउँनु भयो ।
नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्रबहादुर बस्नेतले युवा पुस्तामा पत्रकारिताप्रतिको चासो बढ्दै गएको उल्लेख गर्दै सही मार्गदर्शन र गुणस्तरीय प्रशिक्षणको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइन, समाजलाई सही दिशा दिने सशक्त साधन पनि हो । युवा पुस्तामा पत्रकारिताप्रतिको रुचि उत्साहजनक रूपमा बढिरहेको छ । यदि उनीहरूलाई समयमै सही प्रशिक्षण, मार्गदर्शन र अवसर दिन सकियो भने भविष्यमा सक्षम, निष्पक्ष र जिम्मेवार सञ्चारकर्मी उत्पादन गर्न सकिन्छ ।”बस्नेतले सञ्चार क्षेत्रमा विश्वसनीयता, निष्पक्षता र तथ्यपरकता अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सूचना प्रसारण गर्दा जिम्मेवारीबोध अनिवार्य रहेको बताउनुभयो । उहाँले यस्ता तालिमले भविष्यका सञ्चारकर्मी तयार पार्न महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
मेलम्ची नगरपालिकाको सहयोगमा नेत्रज्योति मिडिया हाउस आयोजनामा सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची नगरपालिका–११ म रहेको होटल हेरिटेजमा सम्पन्न उक्त तालिममा माध्यमिक तहमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । तालिमले विद्यार्थीहरूमा पत्रकारिताप्रति रुचि बढाउनुका साथै सञ्चार क्षेत्रका आधारभूत सिद्धान्त र व्यवहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा समाचार लेखन, समाचारका तत्व, अन्तर्वार्ता लिने कला, रिपोर्टिङका आधारभूत सिद्धान्त, सञ्चार नैतिकता, तथ्य जाँच (फ्याक्ट–चेकिङ), डिजिटल मिडियाको प्रभावकारी प्रयोग तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दा अपनाउनुपर्ने सावधानीलगायत विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो, जसले सहभागी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सिकाइ अनुभव प्राप्त गर्न सहयोग पु¥याएको थियो ।
तालिमका सहभागीहरूले समाचार कसरी तयार गर्ने, घटनाको सत्यता कसरी पुष्टि गर्ने, सन्तुलित र विश्वसनीय रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा महत्वपूर्ण ज्ञान हासिल गरेका थिए । सहभागीहरूका अनुसार तालिमले पत्रकारिता पेशालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा सञ्चार क्षेत्रमा करियर बनाउन प्रेरणा पनि दिएको छ ।तालिममा सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । उँहाहरूले पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक पक्षबारे नयाँ ज्ञान हासिल गरेको, समाचार लेखन र प्रस्तुतीकरणसम्बन्धी सीप विकास भएको तथा सञ्चार माध्यमप्रति बुझाइ थप स्पष्ट भएको बताएका छन् ।
आयोजकका अनुसार विद्यार्थी तथा युवा लक्षित यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ । यस्ता कार्यक्रमले युवा पुस्तालाई सूचना तथा सञ्चार क्षेत्रप्रति आकर्षित गर्दै सचेत, दक्ष र जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
असार ६गते नेपाल पत्रका महासघका केन्द्रयि महासचिब राम प्रसाद दाहाललेउद्धघाटन गर्दे शुरु गर्नु भएको तालिममा नेपाल पत्रकार महासघ काठमाण्डौ शाखाका उपाध्यक्ष कानती न्योपाने, नेपाल पत्रकार महसघ सिन्धुपाल्चोकका पुर्ब अध्यक्ष तथा बागमती प्रदेस प्रेस युनियन नेपालका अध्यक्ष युवराजपुरी , पत्रकारहरु मानकाजी पाख्रीन, निशा देउजा, आइसिं तामाङले प्रशिक्षण दिनु भएको थियो ।
