सम्पर्क

विचार

यात्री सँग २मिनेट प्रहरी बाह्र्रबिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलयले यात्री सँग दुइ मिनेट कार्यक्रम सञ्चालन गरेकोछ ।   दुर्घटनालाइ शुन्यमा झार्ने सवारी साधन सँधै चेक जाँच गरेर मात्र सञ्चालन गर्ने, यात्रीलाइ राम्रो व्यवहार गर्न लगाएतका बिषयमा केन्द्रीत रहेर सडकमा नै सचेतना कार्यक्रम गरिएको हो । यो कार्यक्रम गर्ने क्रममा शुक्रबार ट्राफिक प्रहरी प्रमुख उत्तम राज आचार्य सहीतको टोली बाह्र्बिसे पुगेको थियो । यसरी बाह्र्बिसे मा बलेरो चालकहरु, बसमा यात्रागर्ने यात्रीहरु , बाटो हिड्ने बटुवाहरुलाइ समेत जम्मा पारेर छुट छुट्रै गरी सम्झाइएको थियो । बाह्र्रबिसेबाट तातोपानी जाने सबारीमा यात्रा गरिरहेका यात्रीहरुलाइ बस भित्रै गएर ट्राफीक प्रमुखले यात्रा गर्दा कुनै समस्या भएमा तोकीएको भन्दा बढी भाडा लिएको पाइएमा वा कुनै प्रकारका अमानबीय व्यवहार भएमा नजीकको प्रहरीकार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गर्नू भयो ।  ...

बाह्रबिसे नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले कुनै पनी कर्मचारी माथी कुनै पनी दवाव सृजना नगरेको जनाएको छ । बाह्रबिसे नगरपालिकाका सुचना अधिकारी ज्ञानबहादुर महतले एक विज्ञेप्ती जारी गरी प्रकाशीत समाचारहरुमा कुनै सत्यता नभएको जनाएको छ । बिहिबार जारी विज्ञेप्तीमा भनिएको छ । मिति २०८० असोज ३ गते नेपाल प्रेसबाट यस नगरपालिका तथा नगर प्रमुखको सम्बन्धमा प्रकाशित कपोकल्पित एवं भ्रामक समाचार प्रति यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ।पत्राकारिता जगतले सत्य–तथ्य समाचार प्रकाशित गर्नुपर्नेमा यस नगरपालिकाको कपोकल्पित एवं भ्रामक समाचार प्रेसित गरेर नगरपालिका तथा नगर प्रमुखको चरित्र हत्या गर्ने दुष्प्रयास प्रति नगरपालिका घोर आपत्ति एवं खेद प्रकट गर्दछ।समाचारमा उल्लेखित कुनै पनि समाचार सत्य–तथ्यमा आधारित नभएको नगर प्रमुखद्वारा कुनै पनि कर्मचारीलाई दबाव सिर्जना नभएको, व्यक्तिगत प्रयोगका लागि खरिद गरिएका...

सरकारकै कारण भयो शिक्षक आन्दोलन ःसुबेदी

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउँनु भएको छ । उँहाले देशभरका लाखौ शिक्षकहरुले आआफ्नै ठाँउबाट शिक्षकका कुरा सुन्न आबज निकाल्दा नसुनेको हुँदा यसरी राजधानीमा आएर सरकार बसेको ठाँउमा आएर आफ्नो आबज सुनाएको बताउँनु भयो । उँहाले आफुहरुबाट विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने बताउँदै माग परा भए पछी आआफेना बिद्यालयमा गएर छुटेका दिनहरुलाइ समेत लाइ समाबेश हुने पढाइ सञ्चालन गरिने बताचउँनु भयो । यसैगरी आन्दोलनको पहिलो दिन हिजो लाखौको सख्यामा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए । यो संख्या आन्दोलनको दोश्रो दिन झन बढ्ने महासचिव सुवेदीको बताउँनु भयो । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको ‘जति कार्यदिन बन्द हुन्छ , त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन’ महासचिव सुवेदीले...

संविधान दिवसमा सुनकोशीलगाएतका पालिकाहरुमा राष्ट्रिय झण्डा

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै संविधान दिवसको अवसरमा सुनकोशी गाउँपालिकाले राष्ट्रिय झण्डा फहराएको छ । सुनकोशी गाउँपालिकाको प्राङ्गणमा गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाद्वारा संविधान दिवसको अवसरमा झन्डोत्तोलन गर्दै सम्बीधान दिबस मनाइएको हो ।  झण्डा फहराउदै गाउँपालिका अध्यक्ष तिमल्सिनाले नेपाल सरकारले जारी गरेको संविधानको अधिनमा रही सबले काम गर्नु पर्ने बताउनुभयो । उँहाले स्थानीय तहबाट प्रदान गरिने सेवा र सुविधामा सम्पूर्ण नागरिकको समान हक प्रदान गरिरहेकोे बताउँनु हुँदै संविधानले सबैको हकहित सुनिश्चित समेत गरेको उहाँले बताउनुभयो । राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा वडाका वडाध्यक्षहरू, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, खेलकुदकर्मी, स्थानीय भद्रभलाद्मी, पत्राकारहरू तथा कर्मचारीहरूको उपस्थितिमा रहेको थियो । उक्त अवसरमा सिन...

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ३ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताउनुभएको छ । कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गर्नुभएको छ । “यस संविधानले...

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

#, अन्तर्वाता, विचार
काठमाडौँ, २ असोज : लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ । संविधान जारी भएको लामो समयसम्म पनि केही महत्वपूर्ण कानुन निर्माण हुन सकेका छैनन् । यद्यपि, सरकारले केही महत्वपूर्ण कानुन निर्माणको कामलाई अगाडि बढाएको छ । संविधानसँग जोडिएको शान्ति प्रक्रियाको कामले पूर्णता पाउन सकेको छैन । त्यसलाई अन्तिम रुप दिने तयारी भइरहेको छ । प्रस्तुत छ, संविधान दिवस, सरकारको काम कारवाहीलगायतका विषयमा नेपाल सरकारको प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग राष्ट्रिय समाचार समिति (रासस) का आलेख शाखा प्रमुख कृष्ण अधिकारी र समाचारदाता रमेश लम्सालले गरेको अन्तर्वार्ताको सम्पादित अंश : नेपालको संविधानको कार्य...

सिन्धुपाल्चोकका लामा र नेपाल सम्मानीत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल पुरस्कृत सहीत देशभरबाट १६७ जना सम्मानित हुनु भएको छ। यसरी सम्मानीत हुनुहुनेमा हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक गोपाल लामा र बलेफी गाउँपालिकाका वडा नं ७मा रहेको बालशिक्षा माविमा माध्यामिक शिक्षक हरेराम नेपाल सम्मानीत हुनु भएको हो । सार्वजनिक विद्यालयका शिक्षकको तर्फबाट सम्मानित हुनु भएका सिन्धुपाल्चोक बलेफी ४, बिञ्जेलका नेपाल बालशिक्षा माविमा माध्यामिक शिक्षकको रुपमा गणित विषयको अध्यापन गराउँदै आउँनु भएको छ ।यसै गरी गोपाल लाइ सो बोर्डिङमा गरेको योगदानका आधारमासम्मान प्रदान गरिएकोजनाइएको छ । लामाले सो बोर्डिङमा निशुल्क रुपमा उच्च मावि तहमा होटल म्यानेजमेन्ट र पर्यटन विषयमा अध्यापन गराइरहनु भउको छ भने उँहाले ...

पठनपाठन सार्बजनिक बिदाको दिन नभनि पुरा गर्ने छौ,खतीवडा

ब्रेकिङ न्युज २, विचार
असोज ३ देखि विद्यालय बन्द हुँदैछ , विद्यालय किन बन्द गर्ने अवस्था सिर्जना भयो भन्ने बिषयमा नेपाल शिक्षक महासघं सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतीवडाले निम्न कुरा अध्ययन गरिदिन अनुरोध गर्दछु भन्दै आन्दोलनमा सहभागी हुन सबैमा अनुरोध गर्नू भएको छ ।आदरणीय अभिभावक ज्युहरु, बिद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन गर्न काठमाडौ जाने कुरा सुनेपछि तपाइहरुको मनमा केहि खुलदुल्दुलि हुदै छ। आन्दोलन गरेर तलब खाने? हाम्रा छोराछोरीको पढाई बिगार्ने? यस्को क्षेति कस्ले बेहोर्ने? जस्ता प्रस्नहरु उठ्नु स्वभाबिक हो ।यहि कुरालाइ म प्रष्ट पारी दिन्छु। पहिलो कुरो त हजुरहरुले हाल सम्सदमा पेश भएको शिक्षा बिधेयक पढ्नु भएको छ कि छैन? मलाई लाग्छ छैन। पढि हाले पनि कतिको बुझ्नु भाको छ थाहा छैन। हजुरहरुले आफ्नो सन्तानको शिक्षाको चासो लिनु सकारात्मक कुरा हो। यस्को लागि धन्यवाद । आन्दोलन गर्नुपर्ने कारण यस्ता छन । १. अहिले माध्...

सिन्धुपाल्चोकका शिक्षकहरु आन्दोलित असोज ४ देखी विद्यालय ठप्प हुने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  संसद्मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबारदेखि सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको छ। विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासंघले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। गत शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले असोज ३ गतेबाट देशभर विद्यालय बन्द गरेर सडक आन्दोलनमा जाने चेतावनी दिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार महासंघलाई वार्तामा आउनका लागि पत्र लेखेको थियो। तर महासंघले सरकारको वार्ता प्रस्ताव समेत अस्वीकार गरेको छ। मन्त्रालयसँग यसअघि पटक–पटक वार्ता बसेको र निकास ननिस्किएको भन्दै आन्दोनल जारी राख्ने चेतावनी महासंघले दिएको हो।सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभर...

नेत्रज्योतीकृषी सहकारीको११औ सभा नगर प्रमुखद्धारा आठलाख सहयोग प्रदान

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभा शनीबार डडुवामा सम्पन्न भएको छ ।        नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभाको उद्धघाटन गर्दै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालस्थानीय उत्पादनलाइ प्रोत्साहन दिएर स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सके स्थानीय पहीचानका साथै स्थानीयको आयआर्जनको मुख्य श्रोत हुने बताउँनु भएको छ । उँहालेसाधरण सभाको उद्धघाटन गर्दै सापकोटाले हरेक क्षेत्रमा उत्पादन भएका तरकारी फलफुल हरु भाउ नपाएर खेर गइरहेको अबस्थामा पनी सदुपयोग हुने गरी नगरपालिकाकाले उत्पादन भएका सामाग्री सङ्कलन गरी परिकार निर्माण गरि बितरण गर्नका लागी प्रशोधन केन्द्र समेत स्थपना गर्न लागिएको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख सापकोटाले नगरमा रहेका बाँझो जग्गालाइ खेती योग्य बनाउँन सबै मिलेर लाग्नु पर्ने बताउँदै आबश्यकताका आधारमा बिकास बजेटको कार्यक्रम...