सम्पर्क

(सामी)को दिप प्रज्वलन चौतारामा

सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) “आप्रवासीको योगदानको कदर र सम्मान गरौं अधिकारको योगदानको कदर र सम्मान गरौँ“ भन्ने मूल नाराका साथ सन् २०२३ डिसेम्बर १८ गते चौताराको सिन्धुपाल्चोकमा “अन्तर्राष्ट्रिय आप्रवासन दिवस“ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सोमबार चौतारामा ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम समेत गरिएको छ । नि. जिल्ला प्रमुख अधिकारी निराजन श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार महासघंका जिल्ला सचिब बिदुर आचार्य,प्रहरी कार्यलयका प्रतिनिधी हरुको उपस्थितीमा जिल्ल प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सामाजिक खर्च र कष्ट भोगिरहेका छन् । यस्तो अवस्थामा वैदेशिक रोजगारीका विषयलाई स्थानीय सञ्चारमाध्यमबाट उठाउनु नीति निर्माताहरूलाई दबाबको रूपमा र हाम्रा लक्षित समूहहरूलाई वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सचेत गराउनु अत्यन्तै महत्त्वपूर्ण छ। सिन्धुपाल्चोक जिल्ला तथा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका महिला तथा पुरुषहरुले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी उचित सूचना र सीपको प्रयोग गर्नुपर्ने तथा सुरक्षित र असुरक्षित प्रक्रियाहरू बीचको भिन्नताको बारेमा जानकारी तथा पूर्व प्रस्थान कौशल प्रशिक्षणहरूको सुरक्षाले उच्च तलबमा योगदान पु¥याउँने काम गरेको छ।सुरक्षीत आप्रवासन कार्यक्रम नेपाल र स्वीट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय पहल हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र छनोट भएका स्थानीय सरकारहरूले यसलाई कार्यान्वयन गर्दै आएका छन्। हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।